धरानः लायन्स क्लब अफ धरान क्यापेबलले धरान–४ बसन्तटारमा रहेको लर्डस होम नेपालमा खाद्यान्न वितरण गरेको छ ।
क्लबका प्रेजिडेन्ट नईन्द्र राईको अध्यक्षतामा, उनका दुई सन्तान जोय राई र जुन राईको जन्मदिनको उपलक्ष्यमा सो कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथिका रूपमा टंककुमारी गुरुङ, एरिया को–अर्डिनेटर; अम्बिका श्रेष्ठ लाइन्स क्लब अफ क्यापेबलको चार्टर प्रेजिडेन्ट तथा सल्लाहकार, किरण देवान, असाइन क्षेत्रीय प्रमुख, एकता श्रेष्ठ, क्षेत्रीय प्रमुख, सृष्टि राई, लाइन्स क्लब अफ क्यालिबरकी अध्यक्ष र सम्राट श्रेष्ठ, लाइन्स क्लब अफ ग्लोरीका सदस्य उपस्थित थिए ।
रिजन चियर पर्सन एकता श्रेष्ठले आश्रममा रहेको सम्पूर्ण बालबालिकाहरू अत्यन्तै सफा, सुग्घर र अनुशासित रहेको बताए । उनले बाल आश्रमको सबै भौतिक संरचनाहरुको स्थलगत भ्रमन गर्दै यति ब्यवस्थित र सुसज्जित अहिलेसम्म धरानमा कहीँ नदेखेको बताइन् । आश्रमका सञ्चालक कुशलजङ घलेलाई धराने लाइन्स क्लबले क्लबले गर्ने अन्य सहयोगहरुमा प्राथमिकतामा राख्ने पनि बताए ।
खाद्यान्न वितरण कार्यक्रमका क्रममा क्लबका अध्यक्ष नइन्द्र राईले स्वयं सबै सामग्री वितरण गरेका थिए । अनाथ बालबालिकाहरूलाई खाद्यान्न उपलब्ध गराउनुका साथै जोय राई र जुन राईलाई आशिर्वाद दिँदै लर्डस होम नेपालका सञ्चालक तथा संस्थापक अध्यक्ष घलेले आयोजक टिम तथा दाता नइन्द्रलाई धन्यवाद व्यक्त गरे ।
लायन्स क्लब अफ धरान क्यापेबलले विगतका वर्षहरूमा पनि सामाजिक कार्यहरू गर्दै आएको र आगामी दिनहरूमा पनि यस्ता सामाजिक कार्यमा सधैं संलग्न रहने प्रतिज्ञा क्लबकी सल्लाहकार अम्बिका श्रेष्ठ बताइन् । क्यापेबल क्लबको प्रेजिडेन्ट नइन्द्रले आफूले आफ्नो नानीहरुलाई भविस्यमा गरिब, असहाय र अनाथ मानिसहरुको निम्ति आफूलाई समर्पण गर्ने उत्प्रेरणा मिलोस् र सामाजिक सेवामा आफूलाई अगाडि बढाउन उनीहरुले अहिलेदेखि नै अग्रसर बनोस् भन्ने उद्देश्यले यस्तो प्रकारको कार्यक्रम आयोजना गरिदिएको बताए ।
कार्यक्रममा उपस्थित अतिथिहरूले पनि क्लबको यस प्रयासको प्रशंसा गर्दै आगामी दिनहरूमा यस्ता कार्यहरूलाई निरन्तरता दिनुपर्नेमा जोड दिए । लायन्स क्लब अफ धरान क्यापेबलले भविष्यमा अझ धेरै यस्ता समाजसेवाका कार्यक्रमहरू आयोजना गर्ने योजना बनाएको छ । कार्यक्रमको सञ्चालन लायन्स क्लब धरान क्यापेबलकी सचिव सुम्निमा लिम्बूले गरे ।

