Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

‘जिन्दगी तिमी हौ’ सार्वजनिक

हाम्रो कोशी आवाज
साउन ७ २०८१, सोमबार
‘जिन्दगी तिमी हौ’ सार्वजनिक

धरानः प्रवासमा रहेर पनि नेपाली गीत संगीतको सिर्जनामा क्रियाशील गीतकार रोज लामा योञ्जनको शब्दमा रहेको आधुनिक गीत ‘जिन्दगी तिमी हौ’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
सार्वजनिक गीतमा गायक सुनिल राई र गायिका लिला राईले स्वर दिएका छन् । रोज लामा योञ्जनको शब्दमा सार्वजनिक सो गीतको भिडियो सुनिल राईको संगीतमा तयार पारिएको हो । पूर्वेली लोकलयमा आधारित सो गीतमा मायाका सुनौला पलहरूलाई समेटिएको छ ।
गीतमा माया गर्ने मायालुलाई आफ्नो साथमा राख्नका लागि निकै प्रयत्न गरिएको छ । मौलिक भावमा प्रेमलाई आकर्षक ढङ्गमा समेटिएको छ । ज्ञानु राईले गीतमा छायाङ्कन, सम्पादन र निर्देशन गरेका छन् ।

प्रकाशित मिति: साउन ७ २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend