Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा पानीको बिल ५० लाख आयो

हाम्रो कोशी आवाज
साउन २४ २०८१, बिहिबार
धरानमा पानीको बिल ५० लाख आयो

धरानः धरानमा खानेपानी बोर्डले खानेपानीको महसुल वृद्धि गरेको विरोधमा १० दलले आन्दोलन चर्काइरहेका बेला एक ग्राहकको घरमा भने खाने पानीको बिल नै एक महिनाको ४९ लाख ९९ हजार २ सय रुपैयाँ आएको छ ।
धरान-१५ का उपभोक्ता सितादेवी डाँगीको निजी धाराको बिल झन्डै ५० लाख आएको हो । खानेपानी बोर्डले गत साउन १२ गते डाँगीको घरमा बिल पठाएको थियो । उक्त बिलमा खानेपानीको खपत युनिट ९९ हजार ९ सय ९९ सय रहेको छ । यस्तो हुनुमा मिटर उल्टो घुमेको खानेपानी बोर्डका प्रमुख राजु पोखरेलले बताए । ‘यो केही होइन मिटर उल्टो घुमेको हो । हामीले यो समस्या सर्ट आउट गरिसकेका छौँ,’ पोखरेलले भने । यता, उक्त बिल भने सामाजिक सञ्जाल फेसबुकमा भाइरल बनेको छ । सामाजिक सञ्जालमा एउटै बिलबाट एडिबीको ऋण तिर्ने गरी खानेपानी बोर्डले बिल काटेको हुनसक्ने भन्दै विरोध गरिएको छ ।

प्रकाशित मिति: साउन २४ २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend