Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

रास्वपाको दोहोरो चरित्रले सबै दल उस्तै हुन् भन्ने भान

रुषा थापा
कार्तिक ८ २०८१, बिहिबार
रास्वपाको दोहोरो चरित्रले सबै दल उस्तै हुन् भन्ने भान

नक्कली भुटानी शरणर्थी प्रकरणमा नेपाली काँग्रेसका नेता एंव पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई २०८० वैशाख २७ गते प्रहरीले नियन्त्रणमा लियो । सोही प्रकरणमा नेकपा एमालेका नेता एंव उपप्रधानमन्त्रीसमेत भइसकेका टोपबहादुर रायमाझी ०८० वैशाख ३१ ग्ते गिरफ्रतार भए ।
सुन तस्करी काण्डमा नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वसभामुख कृष्णबहादुर महरा ०८० चैत ५ गते पक्राउ परे । यी तीनै नेता राजनीतिक दलका उच्च पदस्थका नेता हुन् । यद्यपि, तीनै जना पक्राउ पर्दा सम्बद्ध दलहरुले आन्दोलन गरेनन् । अहिले सहकारी ठगी आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने समातिएका हुन् ।
काठमाडौंको वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयबाट उनलाई गत कात्तिक २ गते सीआईबीले पक्राउ गरेको हो । सोही दिन राति उनलाई जिल्ला प्रहरी कार्यालय कास्की पुर्याइयो । लामिछानेमाथि सहकारीको ६४ करोड बढी रकम हिनामिना गरेको आरोप छ ।
उनीमाथि अमेरिकामा कर छलिका दर्जनौं मुद्दा रहेको पाइएको छ । सहकारीमा सर्वसाधारण जनताले बचत गरेको करोडौं रकम हिनामिना गरेको आरोप लागेका उनलाई अहिले रिहा गर्नुपर्ने माग गर्दै रावस्पाका समर्थकहरु निरन्तर प्रदर्शनमा छन् । हिजो काँग्रेस, एमाले, माओवादीहरुले आफ्ना नेताहरु समातिँदा आन्दोलन गरेनन् ।
अदालतको फैसलालाई स्वीकारे । तर, अहिले लामिछानेले कानून स्वीकार्नुको साटो उल्टै आफ्ना समर्थकहरुलाई सडकमा उतारेका छन् । जबकी उनकै कारण सहकारीमा बचत गरेका लाखौं बचतकर्ताको खर्बौ रकम डुबेको छ । सहकारीमा जम्मा गरेको रकम डुब्दा कतिपयको मानसिक सन्तुलन नै गुमेको छ ।
अधिकांश पीडित सुकुम्बासी अवस्थामा पुगेका छन् । सहकारीमार्फत यत्रो सर्वसाधारणको बिल्लीकाँठ बनाउँदा रास्वपाका समर्थकहरु भने अहिले उनलाई रिहा गर्नुपर्ने माग गर्दै सडकमा ओर्लिएका छन् । लामिछानेका कारण सहकारी डुब्यो ।
सहकारी डुब्दा मुलुकको अर्थतन्त्रमा असर परेको छ । अहिले बैंकमा समेत यसको असर देखिन थालेको छ । कतिले घरजग्गालगायत आफ्नो पुख्यौली सम्पत्ति बेचेर आयआर्जन गरेको रकम सहकारीमा राखेका थिए । कतिपयले विदेश गएर कमाएको रकम राखे ।
तीन वर्षदेखि सहकारी पीडितहरु आन्दोलनमा छन् । कहिले धर्ना बस्छन् त कहिले अनशन । दिनरात आन्दोलन गरेपछि बल्ल सरकारले संसदीय छानबिन समितिले गठन गर्यो । समितिले रास्वपा सभापति लामिछानेलाई दोषी ठहर गर्दै कारबाहीका निम्ति सिफारिस गरेको छ । सोही प्रतिवेदनका आधारमा उनी पक्राउ पर्दा अहिले रास्वपा समर्थकहरु सडकमा उत्रिएका छन् ।
सहकारीमा पैसा फसेका पनि नेपाली जनता नै हुन् । लामिछानेलाई एउटा घमण्ड भयो कि आफ्ना समर्थकलाई सडकमा उतारेपछि बचिन्छ । अदालतले छुट दिन्छ । यसअघि ०७६ साउन ३० गते उनलाई प्रहरीले आत्महत्या दुत्साहन मुद्दामा समातेको थियो ।
नुवाकोट घर भई काठमाडौं बस्दै आएका पत्रकार शलिग्राम पुडासैनीले ०७६ साउन २० गते चितवनको पोखरा बसपार्कस्थित कंंगारु होटलमा आत्महत्या गरे । उनले आत्महत्या गर्नुअघि एक भिडियो रेकर्ड गरेका थिए । जसमा लामिछानेले आफुलाई आत्महत्या गर्न बाध्य बनाएको पुडासैनीले बताएका छन् ।
उक्त भिडियो फेला परेपश्चात् प्रहरीले लामिछानेलाई पक्राउ गर्यो । त्यतिबेला उनी न्यूज २४ मा कार्यरत थिए । र, मिडियो हाउसबाटै उनलाई गिरफ्रतार गरियो । लामिछानेलाई समातेपछि न्यूज २४ ले देशभरका जनतालाई सडकमा उतार्यो । लामिछानेले न्यूज २४ मा ‘सिधा कुरा जनतासँग’ नामक कार्यक्रम चलाउँथे ।
उनको उक्त कार्यक्रम निकै चर्चित थियो । लामिछाने पक्राउ परेपश्चात् आफ्नो टेलिभिजन नचल्ने भएपछि न्यूज २४ ले उनलाई रिहा गर्न भ्रमपूर्ण समाचार प्रशारण गर्यो । भनियो कि लामिछाने निर्दोष छन् । उनलाई फसाइयो । के उनी कुनै वस्तु हुन् र कसैले फसाउँदैमा फस्ने !
यतिमात्र नभई त्यसबेला लामिछाने राप्रपा समर्थक थिए । उनकी पत्नी निकिता पौडेल नेपाल चलचित्र विकास बोर्ड पूर्वअध्यक्ष पनि हुन् । आफ्नो श्रीमान पक्राउ परेपश्चात् उनले देशमा नाम चलेका सबै कलाकारलाई लामिछाने निर्दोष हुन् भन्दै चितवन लगिन् । निकिता पनि राप्रपा नेतृ नै थिइन् ।
त्यसपछि राप्रपा समर्थकहरु पनि चितवन पुगे । उनीहरुले लामिछानेलाई रिहा गर्न प्रहरी प्रशासनदेखि न्यायलयलाई समेत दबाब दिए । विडम्बना, लामिछानेका कारण आत्महत्या गर्न बाध्य भएका पत्रकार पुडासैनीको पक्षमा कोही उभिएनन् । चितवनका जनताले समेत उनलाई न्याय दिलाउन पहल गरेनन् ।
उल्टै लामिछाने निर्दोष हुन् भन्दै सडकमा ओर्लिए । चितवनमा हुलहुज्जतसँगै सडक आन्दोलनले ठुलो रुप लिएपछि अदालत उनलाई छोड्न बाध्य भयो ।
प्रहरी प्रशासनले मिसिल कमजोर बनायो । अनि अदालतले पनि दबाब सहन नसकेर उनलाई २४ दिनमै हिरासतमुक्त गराइयो । जबकी उनी जेल जानुपर्ने व्यक्ति हुन् । उनलाई जेल पुर्याउन आवश्यक सम्पूर्ण प्रमाण थियो । तर, उनका समर्थकहरुले त्यतिबेला पनि प्रहरी र अदालतलाई नै दबाब सिर्जना गर्ने गरी आन्दोलन गरेपश्चात् लामिछाने जोगिए ।
त्यतिखेर प्रधानमन्त्री एमाले अध्यक्ष केपीशर्मा ओली थिए । लामिछानेद्धारा सञ्चालित सिधा कुरा जनतासँग कार्यक्रममा उनी हरेक शनिबार अन्तवार्ता दिन स्टुडियो पुग्थे । ओलीसँग नजिक भएकै कारण पनि लामिछाने पत्रकार पुडासैनी आत्महत्या प्रकरणमा छोडिए ।
वर्तमान सरकारमा पनि ओली पनि प्रधानमन्त्री छन् । लामिछाने फेरि ओली नै प्रधानमन्त्री हुँदा समातिएका हुन् । ओलीकै पहलमा लामिछानेले ०७९ पुस ११ र ०८० फागुल्न २३ गते गरी दुई पटक गृहमन्त्री बने । प्रधानमन्त्री ओलीले यसपालि पनि रविलाई बचाउन खोजेका थिए ।
उनलाई बचाउनकै निम्ति ओली सहकारी संसदीय छानबिन समिति गठन गर्न तयार भएका थिएनन् । तत्कालिन प्रधानमन्त्री माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समेत रवि निर्दोष छन् भन्दै सदनमै उभिएर बोले । ओलीले पनि यँही दाबी गरेका थिए ।
पछि काँग्रेसले समिति गठन गर्नुपर्ने माग गर्दै निरन्तर दुई महिनाभन्दा बढी समय सदन अवरोध गरेपश्चात् सरकार समिति गठन गर्न बाध्य भयो । ०८१ जेठ १५ गते २०८१÷८२ को बजेट सदनमा ल्याउनुपर्यो । काँग्रेसले छानबिन समिति गठन नगरी बजेट भाषण सार्वजनिक गर्न नदिने भन्यो ।
अनि आफ्नो सरकार टिकाउन र बजेट भाषण सार्वजनिक गर्न तत्कालिन प्रधानमन्त्री प्रचण्ड, ओली र गृहमन्त्री लामिछाने छानबिन समिति गठन गर्न तयार भएका हुन् । एमाले नेता सूर्यबहादुर थापाको अध्यक्षतामा समिति गठन गरियो । समितिमा सबै दलका एक/एक जना नेता सदस्य बने ।
यता, समिति गठन गरेपश्चात् काँग्रेसले बजेट भाषण सार्वजनिक गर्न दियो । नक्सालस्थित बालमन्दिरको जग्गा प्रकरणमा काँग्रेस नेता प्रकाशमान सिंहकी दिदी रीतासिंह वैद्यसहित २० जनाविरुद्ध पक्राउ पूर्जी जारी भयो । काँग्रेस नेतृ एंव सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा पत्नी डा.आरजु राणा देउवालाई नक्कली भुटानी शरणार्थी प्रकरणमा समात्ने कुरा चल्यो । केपीलाई झापाको गिरिबन्धु टि स्टेटको जग्गा प्रकरणमा पक्राउ गर्ने पनि कुरा उठ्यो । पुराना भ्रष्टाचारका फाइल खोल्ने कुरा भयो ।
अनि देउवा र ओली डराए । र, गत असार १७ गते राति १७ बुँदे सहमति गरे । काँग्रेस–एमाले सहमतिलगत्तै प्रचण्ड सरकार ढल्यो । असार ३१ गते ओलीले प्रधानमन्त्रीको शपथ खाए । यहाँ कुनै पनि राजनीतिक दल चोखो छैनन् । काँग्रेस, एमाले, माओवादी, रास्वपा सबै भ्रष्टाचारी नै हुन् ।
किनकि यीनीहरु सबै आफु बच्न राजनीतिमा आएका हुन् । अझ रवि त आफ्ना विभिन्न काण्ड लुकाउनकै निम्ति राजनीतिमा लागेका छन् । अब जनताले के बुझ्नुपर्छ भन्दा कोही पनि दल शुद्ध छैन । चाँहे पुराना होस् या नयाँ । सबै दल मिलेर देश बेचिसकेका छन् ।
त्यसैले, अब जनता कुनै पनि व्यक्तिलाई बचाउनुपर्छ भनेर कार्यकर्ताको रुपमा सडकमा उत्रिने होइन । आफ्नो मातृभूमिका लागि लड्ने हो । यदि कोही निर्दोष छ भने उसले न्याय पाउँछ नै । तर, दोषीलाई जोगाउन सडकमा उत्रिनु हुन्न । किनकि एक पटक आफ्ना समर्थकलाई सडकमा उतारेर जोगिएला तर बराम्बार जोगिदैँन ।
यँही लामिछाने प्रकरणमा भएको हो । हिजो सडकमा जनता निकालेर उनी जोगिए । तर, अहिले फेरि पक्राउ परे । अब उनी दोषी हुन् कि निर्दोष हुन् भनेर छुट्याउने काम प्रहरी प्रशासन र न्यायालयको हो । यसमा कसैले पनि दबाब सिर्जना नगरौं ।

प्रकाशित मिति: कार्तिक ८ २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्

  • धरानको विजयपुरः ‘माल पाएर चाल नपाएको’ ठाउँ

    -राजकुमार दिक्पाल केही सातादेखि ऐतिहासिक विजयपुर क्षेत्रलाई लिएर विवाद चर्किएको छ। स्वस्थ बहस र समाधानतर्फ अघि बढ्नुपर्ने विवाद झन् जटिल बन्दै गएको छ। सम्बन्धित पक्षहरूले...

    • ३ घण्टा अगाडी
    • ७ मिनेट पाठ
  • सुनसरीको बसपार्कबाट प्रहरीले खोजीखोजी समात्यो

    धरानः सुनसरीको इनरुवाबाट प्रहरीले लागूऔषधसहित पक्राउ गरेको छ । इनरुवा–४ बसपार्कमा प्रहरीले खोजीखोजी युवालाई पक्राउ गरेको हो । पूर्व–पश्चिम राजमार्गमा जिल्ला प्रहरी कार्यालय सुनसरी र अस्थायी...

    • ४ दिन अगाडी
    • २ मिनेट पाठ
  • श्रमदानको ओज

    -बैकुण्ठ दाहाल नेपालको राजनीतिक इतिहासमा धेरै दलहरू स्थापना भए, धेरै नाराहरू उठे, तर आम नागरिकले चाहेको सुशासन, उत्पादनमुखी अर्थतन्त्र र श्रमको सम्मान अझै पनि पूर्णरूपमा...

    • ५ दिन अगाडी
    • ३ मिनेट पाठ
  • डिग्री पास छ तर सर्वसाधारणले पाउँदैनन् जागिर

    जताततै भूपू कर्मचारीको बिगबिगी धरानः सरकारी कार्यालयमा सरकारले प्राइभेट कम्पनीबाट गार्ड नियुक्त गरेको हुन्छ । यता, स्थानीय पालिकाले नगरप्रहरी राखेको हुन्छ । बैंक तथा वित्तिय...

    • ७ दिन अगाडी
    • ६ मिनेट पाठ
  • नजानिँदो सत्ताको अस्थिर चक्रव्यूह

    -कृष्णबहादुर तामाङ “संसदीय अङ्कगणित र जोड घटाउले विकासको गतिलाई सधैँ बन्धक बनाउन सक्दैन । नेपालको सात दशक लामो राजनीतिक अस्थिरताबाट मुक्त हुने सबैभन्दा प्रभावकारी विकल्प...

    • १ हप्ता अगाडी
    • ८ मिनेट पाठ
  • हामी १२ वर्षमा प्रवेश

    धरानः हाम्रो कोशी आवाज डटकम आफ्नो स्थापनाको ११ वर्ष पूरा गरी आज १२ औं वर्षमा प्रवेश गरेको छ । हामी छैटौं वर्ष पूरा गरी...

    • १ हप्ता अगाडी
    • ३ मिनेट पाठ

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend