Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

प्रतिबन्धित औषधी, विष र एसिड अझैपनि खुलेआम बेचबिखन !

रुषा थापा
चैत्र २४ २०८१, आइतबार
प्रतिबन्धित औषधी, विष र एसिड अझैपनि खुलेआम बेचबिखन !

प्रेममा असफल हुँदा, ऋण तिर्न नसक्दा, घर झैझगडा वा अत्याधिक मानसिक तनावका कारण मानिसहरुले आत्महत्याको बाटो रोज्छन् । कोही घरको छतबाट हामफालेर मर्छन् त कोही शरीरमा पेट्रोल खन्याई आगो सल्काएर वा विष सेवन गरेर । अहिले पनि अधिकांश पेट्रोल पम्पले खुला रुपमा पेट्रोल बेचबिखन गरिरहेका छन् ।
बोतललगायत विभिन्न भाडामा पेट्रोल किनबेच हुने गरेको छ । जबकी सरकारले पेट्रोलियम पदार्थ खुला रुपमा बेचबिखन गर्न रोक लगाएको छ । यता, औषधी पसलले पनि सोचविचार नै नगरी ग्राहकले भनेको जुनसुकै औषधीसमेत दिन्छ । मुसा मार्ने विष तथा एसिड अझै पनि खुलेआम बेचबिखन भइरहेको छ ।
विष सेवन गरेर मानिसले आफ्नो ज्यान त लिन्छ नै सँगै अरुलाई समेत मार्छ । अनि रिस, आवेगमा एसिड छ्यापेर अरुको भविष्य नै सिध्याइन्छ । दैनिक दुई दर्जन बढीले आत्महत्या गर्छन् । आत्महत्या गर्नेको संख्या दिनानु दिन बढिरहेको छ । पछिल्लो समय काठमाडौं उपत्यकाभित्र तथा बाहिरी जिल्लामा घरको छतबाट हामफालेर आत्महत्या गर्नेको संख्या पनि बढ्दो छ ।
आत्महत्या गर्ने सोच बनाएकाहरुका लागि अग्ला घर तथा भवनले थप सहज बनाएको छ । उपत्यकाभित्र तथा बाहिरी जिल्लामा अग्ला घर तथा भवन छ्यापछ्याप्ती देखिन्छ । भाडामा लगाउने उद्देश्यले ठुल्ठुल्ला घर ठड्याइएको छ । र, त्यही घरबाट हामफालेर मानिसले आफ्नो ज्यान पनि लिइरहेका छन् । घरदेखि सरकारी कार्यालय, अस्पताल तथा निजी संघसंस्था सञ्चालित भवन अग्ला छन् ।
केही वर्षयता सुनिन्छ, उपचार खर्च तिर्न नसकेर अस्पतालको छतबाट हामफालेर बिरामीले आत्महत्या गर्यो । श्रीमान–श्रीमतीबीच झगडा हुँदा पति वा पत्नीले घरको छतबाट हामफालेर आत्महत्या गर्यो । यस्ता खबरहरु जताततै सुनिने गरेको छ । अग्ला घर तथा भवन मानिसको ज्यान लिने एउटा माध्यम बनेको छ ।
सानो तनाव हुँदा पनि छतबाट हामफालेर आत्महत्या गर्ने क्रम बढिरहेको छ । अर्कोतर्फ, घरको झयालमा गिरिल राखिएको छैन । जसका कारण साना बालबच्चाको त झयालबाटै खसेर पनि ज्यान जाने गरेको छ । अग्ला भवनले मजदुरहरुको पनि त्यत्तिकै ज्यान लिएको छ । यस्ता घर तथा भवन बनाउने क्रममा खसेर कयौं मजदुरले अकालमै ज्यान गुमाउनु परेको छ ।
सरकारले ऐन, कानून बनाउन सक्छ । संविधान परिवर्तन गर्न सक्छ । राजस्व उठाउन सक्छ । तर, बच्चा उत्पादन गर्न सक्दैन । बच्चा नागरिकले जन्माउने हो । महिलाको पेटमा गर्भ आउनासाथ त्यो बच्चामा जति अभिभावकको भूमिका रहन्छ, त्यति नै सरकारको पनि । किनकि सरकार नागरिकको दोस्रो अभिभावक हो । नागरिक र उसको सम्पत्तिको संरक्षण तथा सुरक्षा गर्नु सरकारको दायित्व हो । विडम्बना, हामी कहाँ भने सरकारले यो दायित्व निर्वाह गर्नबाट चुकेको छ ।
नागरिकको सुरक्षा गर्न वा उनीहरुलाई आत्महत्याको बाटोबाट जोगाउन सरकार असफल बनेको छ । गाउँमा भीडबाट लडेर मर्ने त्रास हुन्छ त शहरमा अग्ला घर । गाउँमा पुल नहुँदा खोलाले मान्छे बगाउँछ । शहरमा सवारी साधनको ठक्करबाट मानिसको ज्यान गइरहेको छ । तराईमा सर्पले टोक्छ, शहरमा प्रदूषणले मानिसलाई रोगी बनाउँदैछ ।
अहिले जताततै अग्ला घर देखिन्छन् । ती घरका झयालमा न गिरिल राखिएको हुन्छ न छतमा सुरक्षाका निम्ति अग्ला पखाल । कोही चिप्लिएमा पनि त्यहाँबाट खसेर ज्यान जान्छ । तैपनि यस्ता जोखिमपूर्ण घरलाई सरकारले भने घर सम्पन्नताको प्रमाणपत्र दिएको छ । यसबाट के बुझ्ने ? कमिशनको खेल कि सरकारको लापरबाही ?
जनता तनावमा छन् । रोजगारी छैन । काम गरेको ठाउँबाट समेत तलब दिइएको छैन । बैंक, वित्तिय संस्थाले धितो लिलाम गरिदिँदा सुकुम्बासी अवस्थामा पुगेका छन् । सहकारीले पैसा खाइदिँदा रुवाबासी चलेको छ । हरेक नागरिक तनावमा छन् । फरक यही छ कि कोहीलाई बढी टेन्सन छ त कसैलाई कम । अनि तनावको बेला सानो कुराले समेत आत्महत्यातिर प्रोत्साहन गर्छ ।
उदाहरणका निम्ति तनाव भइरहँदै उसले चकु देखेमा नसा काटेर आफ्नो ज्यानै लिन सक्छ । कोही पनि व्यक्ति मर्न अस्पताल जाँदैन । अस्पताल जानुको एउटै उद्देश्य हुन्छ, त्यो हो ज्यान बचाउनु । तर, अस्पतालकै छतबाट हामफालेर किन बिरामीहरु आत्महत्या गरिरहेका छन् ? यसको कारण पनि तनाव नै हो । उपचार खर्च नभएपछि मानिसमा मानसिक तनाव हुन्छ । अनि त्यही तनावले उसलाई मृत्युको मुखमा पुर्याउँछ ।
यसलाई प्रोत्साहन गर्ने चाँहि अस्पतालकै खुला झयाल र छत हो । अस्पतालका छतहरुमा बिरामीलाई जान रोक लगाइँदैन । जसका कारण तनावमा रहेका बिरामीहरु छतबाटै हामफालेर मर्ने क्रम बढ्दो छ । जनताले कर मात्र तिर्दैनन् । देश विकासमा पनि उसको महत्त्वपूर्ण योगदान रहन्छ । एउटा नागरिकमा जति परिवारको लगानी हुन्छ, त्यति नै राज्यको पनि । यसरी नागरिकले आत्महत्या गर्दा उसको परिवारलाई मात्र क्षति हुँदैन, राज्यलाई समेत त्यसको असर पर्छ । राज्यले दक्ष, योग्य नागरिक गुमाउँछ भने अभिभावकले आफ्नो सन्तान ।
त्यसैले, नागरिक जोगाउन सरकार अब लाग्नुपर्छ । नागरिकको ज्यानलाई ख्यालठट्टामा लिनुहुँदैन । नागरिक देशको संरक्षक पनि हो । सरकारले जनतासँग कर र भोट लिन मात्र जान्यो, जनताको सुरक्षा गर्न चाँहि जानेन । खान नपाएर जनता आत्महत्या गरिरहेका छन् । प्रधानमन्त्री केपी शर्मा ओली चाँहि करोडौंको घडी हातमै बाँध्छन् ।
उनको मिर्गौला मात्र दुई चोटी फेरिसक्यो । त्यो पनि जनताले नै तिरेको करबाट । दुर्भाग्य यहाँ त मिर्गौला फेल नभएका सर्वसाधारण चाँहि खान नपाएर वा ऋण तिर्न नसकेर अकालमै ज्यान गुमाइरहेका छन् । देशमा लोकतन्त्र गणतन्त्र आएर सामान्ती, शोषकहरुको दिन अन्त्य भएको भनिन्छ ।
तर, यो भन्न मात्र ठिक्क भएको छ, व्यवहारमा अहिले पनि कायमै छ । अहिले त गणतन्त्रका नेताहरु नै सामान्ती, शोषकको अर्को रुप बनेका छन् । हिजो चप्पल समेत लगाउन नसक्नेहरु अहिले गणतन्त्रको नेता बनेर घडी मात्र करोडौंको बाध्छन् । रोपनीको रोपनी महलमा बस्छन् । अनि विगतमा विगाहका बिगाह वा रोपनीका रोपनी जग्गा भएकाहरु अहिले सुकुम्बासी भएका छन् । अनि कसरी भयो सामान्त, शोषकहरुको अन्त्य ?
राजनीतिक दल र सरकारको विरोधमा उत्रिएमा गोली हानेर मारिन्छ । उसको परिवारलाई सरकारले दश लाख रुपैयाँ क्षतिपूर्ति तोक्छ । अनि नेताहरुलाई गोली हानेर मारेमा तिनका परिवारलाई कति क्षतिपूर्ति दिने ? यो पनि तोकियोस् । सरकार आफ्नै नागरिकको ज्यानको मूल्य तोकिरहेको छ । योभन्दा लज्जास्पद कुरा अरु के होला ।

प्रकाशित मिति: चैत्र २४ २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्

  • धरानको विजयपुरः ‘माल पाएर चाल नपाएको’ ठाउँ

    -राजकुमार दिक्पाल केही सातादेखि ऐतिहासिक विजयपुर क्षेत्रलाई लिएर विवाद चर्किएको छ। स्वस्थ बहस र समाधानतर्फ अघि बढ्नुपर्ने विवाद झन् जटिल बन्दै गएको छ। सम्बन्धित पक्षहरूले...

    • ७ घण्टा अगाडी
    • ७ मिनेट पाठ
  • मेस्सीका छोरा खेल्दैछन् फुटबल

    धरानः लियोनल मेस्सीका जेठा छोरा थियागो हाल १३ वर्षका भए । मेस्सीले खेल्ने अमेरिकी क्लब इन्टर मियामीको एकेडेमीमा मिडफिल्डरको रूपमा खेल्ने थियागोले बुबाकै प्रतिष्ठित...

    • ३ दिन अगाडी
    • ८ मिनेट पाठ
  • रास्वपाकी सांसद नै आएर बाँडिन् सुकुम्बासीलाई धनीपुर्जा

    धरानः अर्जुनधारा नगरपालिका-११ लक्ष्मीधापका १७ जना अव्यवस्थित बसोबासीले जग्गाधनी दर्ता प्रमाण पुर्जा (लालपुर्जा) प्राप्त गरेका छन् । जिल्ला भूमि समस्या समाधान समिति झापाले अर्जुनधारा नगरपालिकाको...

    • ४ दिन अगाडी
    • २ मिनेट पाठ
  • श्रमदानको ओज

    -बैकुण्ठ दाहाल नेपालको राजनीतिक इतिहासमा धेरै दलहरू स्थापना भए, धेरै नाराहरू उठे, तर आम नागरिकले चाहेको सुशासन, उत्पादनमुखी अर्थतन्त्र र श्रमको सम्मान अझै पनि पूर्णरूपमा...

    • ५ दिन अगाडी
    • ३ मिनेट पाठ
  • धरानको पिण्डेश्वरमा लोकल बम

    धरानः धरानमा पहिलाकै जस्तै गरी पहेंलो बस्त्रधारण गरी ‘बम’ (बोलबम) देखिएका छन् । पहिलो सोमबार लोकल (स्थानीय) भक्तजन त्यहाँ पुगेका हुन् । प्रत्येक वर्ष...

    • ७ दिन अगाडी
    • २ मिनेट पाठ
  • शिक्षकले छात्रालाई अश्लील म्यासेज पठाएपछि खैलाबैला

    धरानः मोरङको सुन्दरहरैंचामा विद्यार्थीलाई दुव्र्यवहार गरेको आरोपमा तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा मोरङ सुन्दरहरैंचा नगरपालिका १० का ४० वर्षीय प्रदीप भट्टराई, सुन्दरहरैंचा...

    • १ हप्ता अगाडी
    • २ मिनेट पाठ

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend