Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानको युएन, नवोदय कलेजका विद्यार्थी बिजेता, उपविजेता घोषित, ५०-५० हजार पुरस्कार जिते

हाम्रो कोशी आवाज
बैशाख २४ २०८२, बुधबार
धरानको युएन, नवोदय कलेजका विद्यार्थी बिजेता, उपविजेता घोषित, ५०-५० हजार पुरस्कार जिते

धरानः धरानमा एउटै कलेजबाट प्रतियोगितामा भाग लिएर विद्यार्थी बिजेता, उपबिजेता घोषित छन् । यति मात्रै होइन प्रतियोगितामा बिजेता, उपविजेता साथै फस्ट रनरअप साथै टाइटल बिजेता समेत एकै कलेजबाट भएका छन् ।
धरान–१६ स्थित युएन, नवोदय कलेजमा पढ्ने छात्राछात्राले एउटै प्रतियोगितामा भाग लिएर बिजेता, उपबिजेता, फस्ट रनरअप साथै अन्य टाइटल जितेका हुन् । धरानस्थित ड्रिम्स एम प्रोडक्सनद्वारा आयोजित प्रदेशस्तरीय मिस्टर एण्ड मिस प्रोभिन्स आइडल २०२५ र मिस्टर एण्ड मिस सुनसरी आइडल २०२५ मा भिडेर उनीहरु बिजेता, उपबिजेता र फस्ट रनरअप साथै अधिकांश टाइटल पनि कलेजकै विद्यार्थीले जितेका हुन् ।
यस्तै, प्रदेशस्तरीय मिस प्रोभिन्सतर्फ युएन कलेजमा अध्ययनरत् रेखा लुम्फुङ्वा लिम्बू बिजेता बन्दै उनले ५० हजार नगद हात पारिन् । यस्तै, मिस्टर एण्ड मिस सुनसरीअन्तर्गत मिस्टरतर्फ सुजल लिम्बू बिजेता घोषित हुँदै उनले पनि नगद ५० हजार हात पारेका छन् ।
यस्तै, मिस प्रोभिन्स सुनसरीतर्फ कलेजकी रेखा गुरुङ बिजेता घोषित भइन् । यस्तै, कलेजकै अंकिता लामा फस्ट रनरअप, नुमा चेम्जोङ सेकेण्ड रनरअप, सुनिता विश्वकर्मा थर्ड रनरअप बने । मिस्टर प्रोभिन्स सुनसरीतर्फ कलेजकै सामदेन तामाङ, सुजलजंग बस्नेत फस्ट रनरअप, रिन्छेन तामाङ सेकेण्ड रनरअप र थर्ड रनरअप बबिन तामाङ बनेका छन् ।
क्याम्पस प्रमुख डम्बरकुमार तुम्बापोले पहिलोपल्ट विद्यार्थी बिजेता, उपबिजेता साथै टाइटल समेत जित्दा आफूहरुलाई गौरवको महसुस भइरहेको बताए । ‘यसले हाम्रा विद्यार्थी पढाइका साथै अतिरिक्त क्रियाकलापअन्तर्गत मोडलिङ विधामा पनि अब्बल छन् भन्ने देखाउँछ ।’ उनी थप्छन् ।
त्रिभुवन विश्वविद्यालयको स्नातक होटल म्यानेजमेन्टमा प्रदेश प्रथम, द्वितीय र तृतीय एउटै कलेजबाट तेस्रो पटकसम्म सफल कलेजका विद्यार्थीहरु प्रदेशस्तरीय प्रतियोगितामा पनि भाग लिएर पुरस्कार जितेको उनले जानकारी दिए । पिआरओ राम लिम्बूका अनुसार कलेजका विद्यार्थीले यति धेरै पुरस्कार पाएको चर्चा अहिले कलेजमा पनि छ । उनका अनुसार बिजेता, उपबिजेता लगायतका विद्यार्थीलाई कलेजले सम्मान पनि गरेको छ ।
कार्यक्रमका प्रमुख अतिथि धरान उपमहानगरपालिकाका उपमेयर अइन्द्रविक्रम बेघाले बिजेता विद्यार्थीलाई पुरस्कृत गरेका थिए । कार्यक्रममा नेतृत्व विकास, बोल्ने कला साथै अन्य विभिन्न चरणको तालिम प्रदान गरिएको ड्रिम्सका सिइओ कैलाश मोक्तानले जानकारी दिएका छन् ।
किशोरकिशोरीको मनोविज्ञान वृद्धिसँगै किशोर किशोरीमा लुकेर रहेका प्रतिभालाई प्रस्फुटन गर्न अवसर प्रदान गरिएको कार्यक्रम संयोजक मेरिना तुम्साले जानकारी दिइन् ।

प्रकाशित मिति: बैशाख २४ २०८२, बुधबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend