Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

बिहे गर्न २० वर्ष, विदेश जान चाहिँ १८ वर्ष किन सरकार ?

रुषा थापा
भाद्र ५ २०८२, बिहिबार
बिहे गर्न २० वर्ष, विदेश जान चाहिँ १८ वर्ष किन सरकार ?

धरानः सरकारले पाँच वर्षअघि अर्थात् २०७८ सालमा जनगणना ग¥यो । दुई करोड ९१ लख ६४ हजार ५७८ जनसंख्या रहेको विवरण सार्वजनिक गरियो । यो जनसंख्यामा अहिले थपघट भइसक्यो । किनकि कतिपयको मृत्यु भइसक्यो भने कतिपयले नेपाली नागरिकता नै त्यागेका छन् । गाउँदेखि शहरसम्म मृत्युदर बढ्दा जन्मदर भने घट्दो क्रममा छ ।
मुलुकको कानूनअनुसार २० वर्ष पूरा पुगेपछि मात्र विवाह गर्न पाइन्छ । बिहे गर्न २० वर्ष कट्नु पर्दा विदेशिन भने १८ वर्षमै सरकारले राहदानी दिने गरेको छ । अहिले देशका युवा १८ वर्ष पुग्नेबित्तिकै वैदेशिक रोजगारी तथा शिक्षाका निम्ति विदेशिने क्रम ह्वात्तै बढेको छ । विकसित मुलुक अमेरिका, अस्ट्रेलिया, क्यनाडा गएकाहरु फर्किदैँनन् ।
यहाँबाट शिक्षाका लागि भन्दै गएका उनीहरु केही वर्षमा उतै सेटल हुन्छन् । जन्मभूमिको नागरिकता त्यागेर ग्रिनकार्ड, पिआर लिन्छन् अनि यहाँ भएको सम्पत्तिसमेत बेचेर उतै लैजान्छन् । नेपाली नागरिकता त्याग्नेको क्रम वर्षेनी बढिरहेको छ । खाडी मुलुक तथा युरोपमा कामका निम्ति गएकाहरु तीनदेखि पाँच वर्षसम्म बस्छन् ।
विदेशमा रगतपसिना बगाएर धन कमाएर त उनीहरु नेपाल फर्किन्छन् । तर, बिहे गर्दा खोज्दा केटाले केटी र केटीले केटा पाउँदैनन् । खाडी देशबाट फर्किएकालाई मानिसहरुले हत्तपत्त आफ्नो छोराछोरी दिँदैनन् । उनीहरुमाथि अनेकौं शंका गर्छन् । यता, बिहे हुन नसक्दा वा काम नपाएपछि उनीहरु फेरि विदेश नै जान्छन् । कतिपय पहिला गएकै देश जान्छन् त कतिपय अन्य मुलुक । विदेशमा दशक बिताउँछन् । उनीहरुको बिहे गर्ने उमेर नै कट्छ । अर्कोतर्फ, धेरैलाई रोगले च्यापछ । त्यो पनि गम्भीर । रोग लागेपछि त झन् बिहे गर्न कोही नै पाइँदैनन् अनि उनीहरुको वंश नै नासिन्छ । विदेश गएर मानिसहरुले धनसम्पत्ति त कमाउँछन् तर आफ्नो वंश सिद्धाउँछन्, रोगको भारी बोकेर आउँछन् ।
विदेशमा कमाएको पैसा उनीहरुलाई उपचार गर्दागर्दै पनि पुग्दैन । यता, बिहे गरेर विदेश गएकाहरुको पनि घरपरिवार लथालिंग देखिन्छ । श्रीमान विदेश भएमा यता श्रीमती अर्कैसँग लाग्ने, श्रीमती उता भएमा श्रीमान यता अर्कैसँग सम्बन्ध राख्ने अथवा विदेशमै पनि अवैध सम्बन्धमा बस्ने । धेरै मानिसहरुको यसरी घरपरिवार बिग्रिएको छ ।
विदेश गएका धेरैजसोको विवाहको केही महिना हुन नपाउँदै डिभोर्स भएका घटना पनि थुप्रै छन् । नेपालीहरुले विदेश गएर धनसम्पत्ति त कमाए, देशको अर्थतन्त्रमा योगदान पुर्याए तर उनीहरुको पारिवारिक जीवन भने तहसनहस बनेको छ । यद्यपि, सरकारको भने यसतर्फ चासो पनि देखिँदैन । पहिलेपहिले विदेश जाने चलन थिएन ।
स्वदेशमै दुःख, सुख गरेर कमाइन्थ्यो । खाइन्थ्यो । अर्कोतर्फ, बिहे पनि छिट्टै गरिदिइन्थ्यो । १६ वर्ष पुग्न नपाउँदै आमाबुबाले आफ्ना छोराछोरीको बिहे गरिदिन्थे । बिहेको केही वर्षमा बालबच्चा हुन्थे । एउटै व्यक्तिको दश(१२ वटासम्म सन्तान हुन्थ्यो । यसो हुँदा कुनै सन्तान अकालमै बितेपनि उसको वंश नासिदैँन्थ्यो ।
ती सन्तानले देशभित्रै काम गरेर अर्थतन्त्रमा योगदान पुर्याउँन्थे । तर, पछिल्लो समय त बिहे नै नगर्ने चलन बढेको छ । अहिले त मानिसहरु बिहेलाई बोझका रुपमा हेर्छन् । बिहे गरेमा जीवन नै बर्बाद हुन्छ भन्ने मानसिकता बढ्दै गएको छ । शुरु बिहे गर्दैनन् । अनि बल्लतल्ल बिहे गरेपनि बच्चा जन्माइदैँन ।
बच्चा जन्माएमा पाल्न सकिँदैन, जिम्मेवारी बढ्छ भन्ने सोचाई मानिसहरुमा आएको छ । केही गरी बच्चा जन्माइहाले पनि एउटादेखि बढीमा दुईटा । ती सन्तानको पालनपोषणमा अभिभावकले भरपुर खर्च गर्छन् । एउटा मात्र सन्तान भएपछि उसले जे भन्छ, अभिभावकले त्यही गरिदिन्छन् ।
अनि धेरैजसोको सन्तान गलत बाटोमा हिँड्छन् त कतिपयको अकालमै विभिन्न कारणले मृत्यु हुन पुग्छ । र, उनीहरुको वंश नै नासिन्छ । अहिले त बिहे गर्ने बेला अभिभावकले आफ्नो छोराछोरीलाई विदेश पठाउने गरेका छन् भने सरकार उनीहरुलाई विदेश जाऊ भनेर राहदानी दिन्छ । यता, देशभित्रै सरकारी सेवा, राजनीति, व्यापार व्यवसाय वा विभिन्न काम गर्नेहरु पनि बिहे नै गर्दैनन् । गाउँ र शहर पूरै खाली भइसक्यो । पहिला गाउँ मात्र खाली थियो, अहिले त शहर पनि रित्तिएको छ । करोडौं नेपाली विदेशमा छन् । मुलुकमा नेपालीभन्दा पनि भारतीय र विदेशी बढी देखिन्छन् । तर, उनीहरु रमाउन होइन, कमाउन नेपाल छिरेका छन् । देशभित्र दक्ष जनशक्तिको अभाव हुँदा विदेशबाट मान्छे ल्याएर काम गराउनुपरेको छ । यता, भारतीयहरुको हरेक क्षेत्रमा सहभागिता देखिन्छन् । चटपट बेच्नेदेखि अन्य व्यापार व्यवसाय र बैंक, वित्तिय संस्थामा समेत भारतीयहरुको उपस्थिति बढ्दो क्रममा छ । नेपालीहरु कमाउनका निम्ति विदेश गइरहँदा भारतीयहरुले यहीबाट वार्षिक खर्बौ रेमिट्यान्स आफ्नो देश लगिरहेका छन् ।
अहिले दैनिक साढे दुई हजारदेखि तीन हजारसम्म युवाहरु विदेश पलायन भइरहेका छन् । वर्तमान सरकारमा केपी शर्मा ओली प्रधानमनत्री छन् । उनी विवाहित हुन् तर उनका एउटै सन्तान छैनन् । दशौं रोपनी जग्गामा भक्तपुरको बालकोटमा उनको दरबारजस्तो घर छ ।
तीन करोडको घडी हातमा बाँध्छन्, सात लाखको कोट अनि डेढ लाखको जुत्ता । दिनमै ७० हजारको विदेशी पानी त उनी पिउँछन् । काँग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको पनि एउटै पुत्र छन् । उनको पनि दशौं रोपनी जग्गामा बनेको महलजसतै घर छ ।
आफूलाई त्यागी नेता देखाउन राजनीतिमा लागेका धेरैजसो बिहे नै गर्दैनन् । यसका उदाहरण हुन् काँग्रेस सांसद रामहरि खतिवडा । चुनावका बेला आफूले देश र जनतालाई नै आफ्नो जीवन समर्पण गरेको भन्दै भोट माग्छन् । अनि एउटा स्वास्नी पाल्न नसक्नेले देश कसरी बनाउन सक्छ ? केही दिनअघि माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादीका नेता(कार्यकर्ताले आफ्ना सन्तानलाई सरकारी विद्यालयमै पढाउनुपर्ने र शिक्षाका निम्ति विदेश पठाउन नमिल्ने बताए । यद्यपि, उनी देशमा युवा घटे, सन्तान बढाउनुपर्छ भनेर चाँहि बोलेनन् । त्यसो त प्रचण्डको हातमा ७८ लाखको घडी छ । चर्चामा आउन माओवादीका नेता(कार्यकर्ताले आफ्ना सन्तानलाई स्वदेशमै सरकारी स्कुलमा पढाउनुपर्ने भनेपनि उनले हरेकको सम्पत्ति छानबिन गर्छु भनेर चाँहि भनेन् । किनकि सम्पत्ति छानबिन गर्नेबित्तिकै शुरमा प्रचण्ड नै भ्रष्टाचारी ठहरिनेछन् ।
नेताहरु जनताको कर र रेमिट्यान्समा मोजमस्ती गर्ने । आफ्नो स्वार्थ परिपूर्तिका निम्ति देशै जोखिममा राखिदिने । अनि जनताका छोराछोरी चाँहि बिहे गर्ने बेला विदेश पलायन हुनुपर्ने । विदेश गएका कोही बाकसमा फर्किन्छन् त जीउँदै फर्किएकाहरुको बिहे नभएर वंश नासिन्छ । जनता साह्रै सोझा भए । राज्यको ढुकुटीमा जनताले जम्मा गरेको पैसाले मात्र नपुगी देशै धितो राखेर नेताहरुले मोजमस्ती गरिरहँदा जनता चुपचाप छन् । उल्टै आफ्ना छोराछोरीलाई कमाऊ, रेमिट्यान्स पठाऊ भनेर विदेश पठाइरहेका छन् । त्यो रेमिट्यान्समा पनि त यिनीहरुले नै मोजमस्ती गर्ने हो ।

प्रकाशित मिति: भाद्र ५ २०८२, बिहिबार

प्रतिक्रिया दिनुहोस्

  • धरानको विजयपुरः ‘माल पाएर चाल नपाएको’ ठाउँ

    -राजकुमार दिक्पाल केही सातादेखि ऐतिहासिक विजयपुर क्षेत्रलाई लिएर विवाद चर्किएको छ। स्वस्थ बहस र समाधानतर्फ अघि बढ्नुपर्ने विवाद झन् जटिल बन्दै गएको छ। सम्बन्धित पक्षहरूले...

    • ६ घण्टा अगाडी
    • ७ मिनेट पाठ
  • सुनसरीको बसपार्कबाट प्रहरीले खोजीखोजी समात्यो

    धरानः सुनसरीको इनरुवाबाट प्रहरीले लागूऔषधसहित पक्राउ गरेको छ । इनरुवा–४ बसपार्कमा प्रहरीले खोजीखोजी युवालाई पक्राउ गरेको हो । पूर्व–पश्चिम राजमार्गमा जिल्ला प्रहरी कार्यालय सुनसरी र अस्थायी...

    • ४ दिन अगाडी
    • २ मिनेट पाठ
  • श्रमदानको ओज

    -बैकुण्ठ दाहाल नेपालको राजनीतिक इतिहासमा धेरै दलहरू स्थापना भए, धेरै नाराहरू उठे, तर आम नागरिकले चाहेको सुशासन, उत्पादनमुखी अर्थतन्त्र र श्रमको सम्मान अझै पनि पूर्णरूपमा...

    • ५ दिन अगाडी
    • ३ मिनेट पाठ
  • डिग्री पास छ तर सर्वसाधारणले पाउँदैनन् जागिर

    जताततै भूपू कर्मचारीको बिगबिगी धरानः सरकारी कार्यालयमा सरकारले प्राइभेट कम्पनीबाट गार्ड नियुक्त गरेको हुन्छ । यता, स्थानीय पालिकाले नगरप्रहरी राखेको हुन्छ । बैंक तथा वित्तिय...

    • १ हप्ता अगाडी
    • ६ मिनेट पाठ
  • नजानिँदो सत्ताको अस्थिर चक्रव्यूह

    -कृष्णबहादुर तामाङ “संसदीय अङ्कगणित र जोड घटाउले विकासको गतिलाई सधैँ बन्धक बनाउन सक्दैन । नेपालको सात दशक लामो राजनीतिक अस्थिरताबाट मुक्त हुने सबैभन्दा प्रभावकारी विकल्प...

    • १ हप्ता अगाडी
    • ८ मिनेट पाठ
  • हामी १२ वर्षमा प्रवेश

    धरानः हाम्रो कोशी आवाज डटकम आफ्नो स्थापनाको ११ वर्ष पूरा गरी आज १२ औं वर्षमा प्रवेश गरेको छ । हामी छैटौं वर्ष पूरा गरी...

    • १ हप्ता अगाडी
    • ३ मिनेट पाठ

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend