Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

दशैं नजिकिँदै, दाउ खोज्दै व्यवसायी

अनुषा थापा
भाद्र ५ २०८२, बिहिबार
दशैं नजिकिँदै, दाउ खोज्दै व्यवसायी

हिन्दूहरुको महान चाड दशैं आउन अब केही समय मात्र बाँकी छ । हरेक वर्ष दशैंमा काठमाडौं उपत्यका बसिरहेकाहरु आफ्नो थातथलो फर्किन्छन् । अध्ययन, रोजगारीलगायत विभिन्न कारणले काठमाडौं आएकाहरु दशैंमा घर जान्छन् नै । यता, जिल्लाको सदरमुकाममा डेरा लिएर बसेकाहरु पनि घर फर्किन्छन् । दशैंमा काठमाडौं उपत्यकाबाट झण्डै २५ देखि २८ लाख सर्वसाधारण आफ्नो घर जान्छन् । तर, चाडपर्व आउनेबित्तिकै यातायात व्यवसायी र हवाई व्यवसायीको ठगीधन्दा मौलाउँछ । यी व्यवसायीलाई दशैं कमाउने अवसर बन्छ । दशैं आउनेबित्तिकै भाडादर ह्वात्तै बढाइन्छ । अघिपछि एक हजार रुपैयाँमा यात्रा गरिरहेको बाटोमा पाँच हजार रुपैयाँ भाडा तिर्न बाध्य बनाइन्छ ।
हवाई व्यवसायीको त झन् लुट मच्चिन्छ । दशैंमा गाडी र हवाई जहाजको टिकट पाउन हम्मेहम्मे हुन्छ । मँहगो भाडा तिर्दा पनि टिकट नपाउँदा कतिपय घर जान पाउँदैनन् । अर्कोतर्फ, कतिपयसँग यत्रो मँहगो भाडा तिर्न पैसा नै हुँदैन, कसरी घर फर्किनु ? उनीहरुले वर्षदिनमा एक पटक चाडपर्व आफ्नो परिवार, आफन्तसँग मान्न पाउँदैनन् । ७४ जिल्लाका जनता काठमाडौं उपत्यकामा बसेका छन् । तर, मँहगो भाडा र सवारी साधनको अभावका कारण उनीहरु आफ्नो प्रमुख चाडपर्वमा समेत घर जानबाट वञ्चित छन् । दशैं नजिकिनेबित्तिकै यातायात व्यवसायीको मनोमानी शुरु हुन्छ । बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएकाहरुलाई छुट दिँदैनन् ।
सुटकेश, झोलाको पनि मनलाग्दी पैसा असुल्छन् । यातायात व्यवसायी र हवाई व्यवसायी हरेक वर्ष दशैंमा दाउ थापेर बस्छन् । अग्रिम टिकट खोल्नुपर्ने बेला भएपछि व्यवसायीहरु निहुँ खोज्न थाल्छन् । भाडा नबढाएमा अग्रिम टिकट नखोल्ने भन्दै सरकारलाई घुँडा टेकाइन्छ र भाडा बढाइन्छ । यो रीत नै बनिसकेको छ । विगत पाँच दशकदेखि यहीँ क्रम चलिरहेको छ । यातायात व्यवसायीको दबाबमा परेर सरकारले भाडा बढाउँछ । त्यसपछि अग्रिम टिकट खोलिन्छ । तर, तीन दिनमै टिकट सिद्धिन्छ । र, शुरु हुन्छ कालोबजारी । सरकारले घटस्थापनादेखि पूर्नेको दिनसम्म रुट परमिट खुल्ला गरिदिन्छ । उपत्यकाभित्र सञ्चालित गाडीहरु पनि त्यतिबेला यात्रु बोकेर बाहिरी जिल्ला जान्छन् । विभिन्न रुटमा चल्ने माइक्रोबस, बस, ट्याक्सीहरु रिजर्भमा यात्रु लिएर जान्छन् । जसका कारण उपत्यकामा सवारी साधनको हाहाकार हुन्छ । त्यसपछि शुरु हुन्छ, ट्याक्सीको ठगीधन्दा । ट्याक्सीले एक किलोमिटरमै एक हजार रुपैयाँ असुल्छन् । गाडी कम भएको फाइदा ट्याक्सीले उठाउँछ । पैसा हुने त ट्याक्सी चढ्लान्, नहुनेको हकमा के ? पैसा नहुनेहरु बिरामी भएपनि पैदलयात्रा गर्नुपर्छ । नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, निजामती कर्मचारी बोक्ने बसहरु प्रशस्तै छन् । तर, सरकारले त्यो बस चलाउनमा चासो देखाउँदैन ।
जनता दुःख खेप्छन्, बस भने थन्काएर राखिएको हुन्छ । हुन त सरकारलाई कहिले नै जनताको चासो थियो र ? जनता ठगिएपनि, लुटिएपनि, गाडी नपाएर हिँड्नुपरेपनि सरकारले वास्ता गर्दैन । दशैंमा लाखौं घर गएपनि, लाखौं उपत्यकामै हुन्छ । उनीहरु पनि गाडी चाहिन्छ । दशैंमा सुपर डिलक्स(डिलक्सको नाममा बढीबढी भाडा उठाउँछन् । यता, जम्बो हायस, माइक्रोबस, टाटासुमोले पनि सुपर डिलक्स(डिलक्सको नाममा बढी भाडा असुल्छन् । जबकि, यी गाडी सुपर डिलक्स(डिलक्सको मापदण्डभित्र पर्दैन । अर्कोतिर, बसहरुले पनि दर्ता भएको मितिले तीन वर्ष पुगेपछि सुपर डिलक्स(डिलक्सको नाममा ४० प्रतिशत भाडा उठाउन पाउँदैन । तर, १६–१७ वर्ष पुराना सवारी साधनहरुले पनि सुपर डिलक्स–डिलक्सको नाममा बढी भाडा असुलिरहेका छन् । रात्रिकालीन बसको हकमा दर्ता भएको ६ वर्षपछि राति चलाउन पाइँदैन । ती गाडी दिँउसो मात्र चलाउन मिल्छ । तर, दशकौं चलिसकेको गाडीहरु पनि रात्रिकालीन बसको रुपमा सञ्चालन भइरहेको छ ।
यातायात व्यवसायी र हवाई व्यवसायीले वर्षदिनभरीको कमाइ दशैंमै उठाउँछन् । यातायात व्यवसायीले सीट क्षमताको चोब्बर यात्रु खाँदछन् । जसका कारण गाडी दुर्घटना भएर धेरैको ज्यान जान्छ । पछिल्लो समय दशैं ठग्ने र दुर्घटनामा परेर मर्ने चाडजस्तै बनेको छ । दशैं मनाउन यहाँबाट हाँसिखुशी गएकाहरुको घरमा कतिबेला रुवाबासी चल्ने हो ? ठेगान हुँदेन । प्रत्येक दशैंमा अप्रिय घटना हुन्छ । तर, सरकारले कहिलेपनि त्यसलाई गम्भीर रुपमा लिँदैन । सर्वसाधारणलाई कसरी ठगिनबाट जोगाउने र कसरी ज्यान बचाउने ? सरकारले होमवर्क नै गरेको हुँदैन । जसको परिणाम हरेक दशैंमा देखिन्छ । कतै भीरबाट गाडी खस्छ, कतै के हुन्छ । सरकारले त घर जानेहरुलाई सहज वातावरण बनाइदिनुपर्ने हो । यद्यपि, सरकारलाई कुनै मतलब नै छैन । दशै आउन अब डेढ महिना मात्र बाँकी छ । तर, सरोकारवाला निकायले गृहकार्य गरेका छैनन् । भनिन्छ नि,‘जब पर्यो राति, तब बुढी ताति ।’ सरकारको पारा पनि त्यस्तै छ । दशैं आउने एक(डेढ साता बाँकी हुँदा गृह र यातायात मन्त्रालयले बल्ल विभिन्न निकायसँग छलफल शुरु गर्छ । त्यसपछि फेरि यातायात व्यवसायीको भाडा बढाउने नाटक शुरु हुन्छ । जसका कारण हरेक वर्ष अग्रिम टिकट खुलाउने बेलामा ढिलाइ हुन्छ । टिकट काउण्टरहरुले टिकट बेच्छन् ।
सर्वसाधारणले मँहगो शुल्क तिरेर टिकट काट्छन् । तर, घर जाने दिन गाडी देखेर यात्रु छाँगाबाट खसेझैं हुन्छन् । एसी भएको लक्जरियस् गाडी भनिएकोमा थोत्रा गाडी हुन्छ । सीसा फुटेको, सीट भाँच्चिएको गाडीमा यात्रा गर्नुपर्ने बाध्यता छ । हुन त सरकार यातायात व्यवसायीको अगाडि निरीह छ । २० वर्षे पुराना ट्याक्सीको नम्बर प्लेट लाखौंमा बिक्री भइरहेको छ । पाँच दशकदेखि कालो र हरियो प्लेटको ट्याक्सी, फो(स्ट्रक टेम्पो, कालीमाटीमा चल्ने ढुवानी गाडीको दर्ता बन्द छ । सरकार नयाँ दर्ता खोल्न डराएको छ । सरकारले यातायात व्यवसायीबाट लिनुपर्ने ३२ वटा चीजमा ३५ वर्षदेखि राजश्व बढेको छैन ।
तर, भाडा भने पटकपटक बढेको छैन । अर्कोतर्फ, यातायात व्यवसायीको लुटको धन्दाबारे सबै जानकार नै छन् । सरकारले तोकेकोभन्दा बढी भाडा असुलेर दिनमा १८ करोड रुपैयाँ ठग्छ । यातायात व्यवसायीहरु नयाँ गाडी हाल्ने धनीसँग बाटो हेरेर दुई लाखदेखि १५ लाख रुपैयाँ असुल्छन् । राज्यले चाँहि परमिटबापत जम्मा पाँच सय रुपैयाँ पाउँछ । विगतमा केही नभएका उनीहरुले रोड खरिदबिक्री गरे । बीमाबापतको रकम खाइदिए । महासंघको सदस्य बनाएबापत पनि प्रालिबाट पैसा असुल्ने, मासिक लेबी पनि उठाउने । जीप चलाउने, ग्याँस टेम्पो चलाउने, कलंकीमा टिकट काट्नेहरु मालामाल बनेका छन् । गुण्डा पाल्न, ठग्न, राजनीतिक दलको झोला बोक्न सक्नेहरुलाई यहाँ कमाउने अवसर नै अवसर छ ।

प्रकाशित मिति: भाद्र ५ २०८२, बिहिबार

प्रतिक्रिया दिनुहोस्

  • धरानको विजयपुरः ‘माल पाएर चाल नपाएको’ ठाउँ

    -राजकुमार दिक्पाल केही सातादेखि ऐतिहासिक विजयपुर क्षेत्रलाई लिएर विवाद चर्किएको छ। स्वस्थ बहस र समाधानतर्फ अघि बढ्नुपर्ने विवाद झन् जटिल बन्दै गएको छ। सम्बन्धित पक्षहरूले...

    • ३ घण्टा अगाडी
    • ७ मिनेट पाठ
  • श्रमदानको ओज

    -बैकुण्ठ दाहाल नेपालको राजनीतिक इतिहासमा धेरै दलहरू स्थापना भए, धेरै नाराहरू उठे, तर आम नागरिकले चाहेको सुशासन, उत्पादनमुखी अर्थतन्त्र र श्रमको सम्मान अझै पनि पूर्णरूपमा...

    • ५ दिन अगाडी
    • ३ मिनेट पाठ
  • डिग्री पास छ तर सर्वसाधारणले पाउँदैनन् जागिर

    जताततै भूपू कर्मचारीको बिगबिगी धरानः सरकारी कार्यालयमा सरकारले प्राइभेट कम्पनीबाट गार्ड नियुक्त गरेको हुन्छ । यता, स्थानीय पालिकाले नगरप्रहरी राखेको हुन्छ । बैंक तथा वित्तिय...

    • ७ दिन अगाडी
    • ६ मिनेट पाठ
  • नजानिँदो सत्ताको अस्थिर चक्रव्यूह

    -कृष्णबहादुर तामाङ “संसदीय अङ्कगणित र जोड घटाउले विकासको गतिलाई सधैँ बन्धक बनाउन सक्दैन । नेपालको सात दशक लामो राजनीतिक अस्थिरताबाट मुक्त हुने सबैभन्दा प्रभावकारी विकल्प...

    • १ हप्ता अगाडी
    • ८ मिनेट पाठ
  • हामी १२ वर्षमा प्रवेश

    धरानः हाम्रो कोशी आवाज डटकम आफ्नो स्थापनाको ११ वर्ष पूरा गरी आज १२ औं वर्षमा प्रवेश गरेको छ । हामी छैटौं वर्ष पूरा गरी...

    • १ हप्ता अगाडी
    • ३ मिनेट पाठ
  • कथा: धुवाँले निलेको सपना

    -तोमनाथ उप्रेती मोरङको दक्षिणी भेग, रतुवामाई नगरपालिका महादेवाको बिहानको आफ्नै सुगन्ध थियो। असारको वर्षापछि धानका बोटहरूमा टल्किने शीतका थोपा मोतीझैँ देखिन्थे। पूर्वबाट उठेको घामको सुनौलो...

    • १ हप्ता अगाडी
    • ६ मिनेट पाठ

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend