Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

चुनाव प्रचार-प्रसारको आज अन्तिम दिन, रातिदेखि मौन अवधि शुरू हुने

हाम्रो कोशी आवाज
फाल्गुन १८ २०८२, सोमबार
चुनाव प्रचार-प्रसारको आज अन्तिम दिन, रातिदेखि मौन अवधि शुरू हुने

धरानः प्रतिनिधि सभा निर्वाचनअन्तर्गत आज प्रचार-प्रसार गर्ने अन्तिम दिन हो । फागुन २१ गते हुने निर्वाचनका लागि आज राति १२ बजेदेखि मौन अवधि शुरू हुनेछ ।
मौन अविध शुरू हुनुअघि आज दिनभर र साँझसम्म दल तथा उम्मेदवारहरूले अन्तिम प्रचार-प्रसारलाई तीव्रता दिनेछन् ।
आचारसंहिताअनुसार निर्वाचन हुने ४८ घण्टाअघिदेखि उम्मेदवार वा राजनीतिक दलबारे प्रचारप्रसार गर्न पाइँदैन ।
मौन अवधिमा निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा सम्मेलन, कार्यशाला, गोष्ठी आदि गर्न पाइँदैन ।
मौन अवधिमा निर्वाचन प्रचारप्रसार तथा यससँग सम्बन्धित कुनै पनि गतिविधि गर्न पाइँदैन । मतदानको दिन मतदान केन्द्र बन्द नहुन्जेलसम्म मौन अवधि पालना गर्नुपर्ने निर्वाचन आयोगले जनाएको छ ।
फागुन ४ गतेदेखि औपचारिक रूपमा प्रचार–प्रसार शुरू भएको थियो । गत माघ ६ गते उम्मेदवारी मनोनयन दर्ता गरिएको थियो ।
मौन अवधिमा निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा सम्मेलन, कार्यशाला, गोष्ठी आदि गर्न नपाइने कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले जानकारी दिए । उनका अनुसार सामाजिक सन्जालमार्फत् पनि कसैको पक्ष वा विपक्षमा प्रचार गर्न वा भोट माग्न पाइँदैन ।
मौन अवधिमा राजनीतिक दलका पदाधिकारी, उम्मेदवार, दलका भ्रातृ सङ्‍गठन तथा आचारसंहिता पालना गर्नुपर्ने अन्य व्यक्ति, संस्था वा निकायले निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा सम्मेलन, कार्यशाला गोष्ठी आदि गर्न पाइने छैन ।
यस्तै, कुनै पनि विधि, प्रक्रिया वा माध्यमबाट मत माग्न र निर्वाचन प्रचारप्रसार गर्न नहुने, सामाजिक सञ्‍जाल, अनलाइन, छापा वा अन्य कुनै माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना वा प्रचारप्रसारका सामग्री पोष्ट वा शेयर गर्न वा गराउन नहुने आयोगले बताएको छ ।

प्रकाशित मिति: फाल्गुन १८ २०८२, सोमबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend