Hamro Koshi Aawaj

बिहिबार, असोज १ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

शिक्षाको नाममा ठगी धन्दा, बालेन सरकारले पनि गर्न सकेन बन्द !

अनुषा थापा
जेष्ठ १२ २०८३, मंगलबार
शिक्षाको नाममा ठगी धन्दा, बालेन सरकारले पनि गर्न सकेन बन्द !

धरानः पछिल्लो समय वैदेशिक रोजगारीमा जानेहरु ह्वात्तै बढेका छन् । मुलुकमा पर्याप्त रोजगारी नहुँदा वैदेशिक रोजगारी नै नेपालीको भर बनेको छ । तर, वैदेशिक रोजगारीको नाममा ठगीधन्दा मौलाएको छ । विदेश उडाइदिने भन्दै पैसा असुल्ने र अलपत्र पार्ने गिरोह सक्रिय भएको छ ।
तर, नियामक निकाय भने यसबारे अनविज्ञझैं छ । म्यानपावर र कन्सल्टेन्सीले विदेश पठाउने भनेर ठगीधन्दा चलाइरहेको छ । मलेसियासहित खाडी मुलुक पठाइदिने भन्दै म्यानपावरले तीनदेखि ६ लाख रुपैयाँ उठाएको छ । तर, विदेश पठाउने कहिले हो ? टुंगो छैन । आज र भोलि भन्दाभन्दै वर्षौ बितिसकेको पीडितहरुको गुनासो छ ।
पैसा र डकुमेन्ट्स लिएका छन्, फिर्ता माग्दा पनि दिँदैनन् । अन्तैबाट अप्लाई गर्छु, पैसा फिर्ता दिनु भन्दापनि मान्दैनन् । यता, कन्सल्टेन्सीहरुले जापान, अष्ट्रेलिया, क्यानडा, युरोपलगायतका मुलुक पठाउने भन्दै १० देखि ४० लाख रुपैयाँसम्म असुलेको सुनिन्छ । तर, कन्सल्टेन्सीले पनि अलपत्र पार्ने काम मात्रै गरिरहेको छ ।
पैसा लिइसकेका छन् तर पठाउने सुरसार छैन । म्यानपावर र कन्सल्टेन्सीमा जाँदा कर्मचारीचाँहि कोही भेटिँदैनन् । विभिन्न बहाना बनाउँछन् र फिर्ता पठाउँछन् । यता, ऋण लिएर पैसा बुझाएकाहरु तनावमा परेका छन् । एकातिर ऋण बढेको बढ्यै छ, अर्कोतिर जान पाउने –नपाउने थाहा छैन ।
मासिक एक लाखको पाँच देखि ३० हजार रुपैयाँमा पैसा ऋण ल्याएर कन्सल्टेन्सी र म्यानपावरलाई बुझाइएको छ । म्यानपावर र कन्सल्टेन्सीको यो ठगीधन्दा हिजो पनि थियो र आज पनि चलिरहेको छ । जुन बन्द गर्न सरोकारवाला निकाय असमर्थ भएको छ । अधिकांश कन्सल्टेन्सी र म्यानपावरको दर्ता नै छैन ।
दर्ताबेगर कन्सल्टेन्सी र म्यानपावर सञ्चालन हुँदा सरकारले बन्द गर्न सकेको छैन । एउटा कोठा लिने, कन्सल्टेन्सी र म्यानपावर खोल्ने, ठगीधन्दा चलाउने । एउटै घरमा दर्जनौंजस्तो कन्सल्टेन्सी र म्यानपावर सञ्चालनमा छ । तिनले गाउँ–गाउँमा एजेण्ट खटाएर सोझासोझीलाई आकर्षक तलबको प्रलोभनमा पैसा उठाइरहेका छन् ।
म्यानपावर र कन्सल्टेन्सीले तिनलाई २०–३० प्रतिशतसम्म कमिशन दिन्छ । कमिशनको लोभमा सर्वसाधारणलाई ऋणको चंगुलमा फसाउने र दुःख दिने काम भइरहेको छ । देशमा बेरोजगारी भएको फाइदा म्यानपावरलाई भएको छ । कन्सल्टेन्सीले मुलुकको शैक्षिक स्तर गुणस्तरीय छैन भन्ने भ्रम छरेर आफ्नो दोकान चलाइरहेको छ ।
काठमाडौं उपत्यकाभित्र होस् या बाहिर यहीँ क्रम चलिरहेको छ । सर्वसाधारण र विद्यार्थीलाई ठग्दा न शिक्षा तथा खेलकुद मन्त्रालयले अनुगमन र कारबाही गर्छ न श्रम मन्त्रालयले । नागरिक ठगिइरहेका छन्, सरकार रमिता हेरिरहेको छ । लाखौं मान्छेको अर्बौं रुपैयाँ म्यानपावर र कन्सल्टेन्सीले होल्ड गरिरहेको छ ।
तीन महिनादेखि वर्षदिन बितिसक्दा कन्सल्टेन्सी र म्यानपावरले विदेश उडाएको छैन । कन्सल्टेन्सी र म्यानपावर दिनैपिच्छे धाउने र निराश भएर फर्किने क्रम चलिरहेको छ । ब्याज पाकेको पाक्यै छ, विदेश जाने टुंगो लाग्दैन । उनीहरुलाई कति पीडा भएको होला ? कोठाभाडा तिर्नुपर्यो, कन्सल्टेन्सी र म्यानपावरको कार्यालय दिनकै धाउनुपर्यो, खानुपर्यो ।
कसरी गुजारा गरिरहेका होलान् उनीहरुले ? बालेन्द्र साह नेतृत्वको सरकार गठन भएको दुई महिना भयो । सरकारले चुनावअघि नेपालीलाई स्वदेशमै रोजगारीको व्यवस्था गर्ने वाचा गरेको थियो । के भयो वाचाको ? अहिलेपनि दिनहुँ हजारौं नागरिक एअरपोर्टबाट वैदेशिक रोजगारीका लागि बाहिरिरहेका छन् ।
कोही वैध माध्यमबाट बाहिरिएका छन् त कोही अवैध । अर्कोतिर, विदेश जानका लागि बुझाएको पैसा फसेकाहरु यत्तिकै छन् । उनीहरुलाई न्याय कसले दिने ? न सरकार देशमै रोजगारीको सिर्जना गरेर विदेश जानबाट रोक्न सक्छ न त विदेश जानेलाई सहज वातावरण नै बनाउन ।
देशमै गुणस्तरीय शिक्षा छ भनि सरकारले जनतालाई विश्वास पनि दिलाउन सकेको छैन । कन्सल्टेन्सीले भ्रम छरिरहेको छ, सरकार मौन छ । सरकार भन्छ,‘फ्रि टिकट, फ्रि भिसा ।’ तर, म्यानपावरहरुले खाडी जानलाई तीनदेखि ६ लाख रुपैयाँ असुलिरहेको छ । अनि सरकार कहाँ छ ? सरकार छ र ?
पैसा तिरेर पनि सहज रुपमा जान पाए त हुन्थ्यो नि । म्यानपावर र कन्सल्टेन्सी सञ्चालकले पैसा लिन्छन्, घरजग्गा र सेयरमा लगानी गर्छन् । उनीहरु गाडी चढेर हिँड्छन्, हातभर सुन लगाउँछन् । पैसा दिनेचाँहि आफ्नो पैसाका लागि म्यानपावर र कन्सल्टेन्सी धाइरहेको छ ।
वाणिज्य विभागको महानिर्देशक कुमार दाहाल हुँदा कन्सल्टेन्सीमाथि अनुमान बढाइएको थियो । त्यतिबेला अधिकांश कन्सल्टेन्सीको दर्ता भेटिएन । उनले कडाइ गरेपछि सरकारले सरुवा गरिहाल्यो । अरुले अनुगमन गर्ने आँट गर्दैनन् । म्यानपावरले मेडिकलबापत पनि श्रमिकबाट ठग्दै आएको छ ।
सरकार अस्पतालमा पाँच सयमा हुने मेडिकल निजी अस्पतालमा गर्न लगाउँछन् । श्रमिकहरु चार–पाँच हजार रुपैया ँतिरेर मेडिकल गरिरहेका छन् । त्यहाँबाट कन्सल्टेन्सी सञ्चालकले कमिशन खान्छन् । अनि कहाँ आयो सुशासन ? बालेन सरकारको सुशासन यहीँ हो ?
कानुनले दर्ता नगरिकन कुनै व्यवसाय सञ्चालन गर्न नपाउने व्यवस्था गरेको छ । घरधनीले पनि वडामा सम्झौता नगरिकन घर भाडामा दिन मिल्दैन । तर, दर्ता र सम्झौताबेगर नै व्यवसाय सञ्चालन गरिएको छ । यहाँ त तैँ चुप मै चुपको अवस्था छ । कर छल्नका लागि घरधनी र व्यवसायीको मिलेमतोमा यो धन्दा चलिरहेको छ ।
सरकारले त्यस्ता घरधनीलाई पनि पक्रिनुपर्छ । अनि मात्र चेत खुल्छ । सरकार घरधनी र म्यानपावर र कन्सल्टेन्सी व्यवसायीको सामुन्ने निरीह छ । तिनको ठगिधन्दा चलिरहँदा सरकार मौन छ ।

प्रकाशित मिति: जेष्ठ १२ २०८३, मंगलबार

प्रतिक्रिया दिनुहोस्

  • लोभ, अहंकार र प्रतिशोध: सामाजिक तथा संस्थागत विनाशका कारण

    -तोमनाथ उप्रेती मानव समाजको विकासलाई स्थिर, न्यायपूर्ण र विश्वसनीय बनाउने आधार नैतिक मूल्य, सामाजिक विश्वास र जिम्मेवार व्यवहार हुन्। जब व्यक्तिको सोच र व्यवहारमा लोभ,...

    • ३ दिन अगाडी
    • ७ मिनेट पाठ
  • धरानलाई नठगिने बजार बनाउन सकिन्छ !

    बेदप्रसाद सापकोटा, धरान उपमहानगरपालिका बजारलाई गुणस्तरीय, स्वच्छ, पारदर्शी र उपभोक्तामुखी बनाउन व्यवस्थित बजार अनुगमन अपरिहार्य छ । व्यवसायीलाई व्यावसायिक मर्यादा र कानुनको परिधिभित्र राख्न तथा...

    • ४ दिन अगाडी
    • ६ मिनेट पाठ
  • ग्याँस नपाउँदा कोठाभाडामा बस्ने भोकै !

    अहिले सबै नागरिकको गुनासो एउटै छ–ग्याँस पाइएन । ग्याँस नपाउँदा डेरामा बस्ने झनै समस्यामा परेका छन् । सरकारले २१ सय ६५ रुपैयाँ तोकेको ग्याँस...

    • ५ दिन अगाडी
    • ७ मिनेट पाठ
  • लोककल्याणकारी विज्ञापन कटौटीः छापा पत्रकारिता संकटमा

    सरकारले लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने निर्णय गरेपछि नेपाली छापा पत्रकारिता फेरि एकपटक गम्भीर संकटको मोडमा पुगेको छ । सरकारका लागि यो बजेट व्यवस्थापन,...

    • ५ दिन अगाडी
    • १२ मिनेट पाठ
  • झापातर्फ: जहाँ धरतीले हरियालीमा इतिहास लेख्छ

    -तोमनाथ उप्रेती पूर्वको क्षितिजतर्फ जाने यात्राहरूमा एउटा अनौठो आकर्षण हुन्छ। सूर्य त्यतैबाट उदाउँछ। उज्यालो पनि त्यतैबाट आउँछ। त्यसैले पूर्वको यात्रा सम्भावनातर्फको यात्रा पनि हुन्छ। यही...

    • ७ दिन अगाडी
    • १८ मिनेट पाठ
  • भोटेकोशी महाप्रलय बित्यासः अब पाठ सिकौं

    पछिल्लो समय बजारमा व्यापक चर्चा छ–काठमाडौं उपत्यका छिट्टै भासिन्छ । चिया पसलदेखि सार्वजनिक स्थलसम्म यही कुरा भइरहेको सुनिन्छ । यद्यपि, यो सत्य हो या...

    • १ हप्ता अगाडी
    • ६ मिनेट पाठ

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend