Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

बैंकको कर्मचारीले राति पनि फोन गर्छन् !

अनुषा थापा
असार १७ २०८३, बुधबार
बैंकको कर्मचारीले राति पनि फोन गर्छन् !

सार्वजनिक बिदाको दिन बैंक तथा वित्तिय संस्था पनि बन्द रहने व्यवस्था छ । बैंक तथा वित्तिय संस्थाको कार्यालय समय १० देखि ५ बजेसम्म हो । त्यो अवधिमा मात्र ऋणीलाई फोन गर्न, पत्र पठाउन मिल्छ । तर, बैंकले राति पनि फोन गर्ने गरेको गुनासो व्यापक छ । बैंकबाट लिएको ऋण सबै चुक्ता गर्न भनि राति फोन गरेर तनाव दिने चर्चा सुनिन्छ ।
यता, उज्यालो हुनेबित्तिकै बैंकका कर्मचारी ऋणीको घरमा पुग्छन् । उनीहरुको दुईटै कुरा हुन्छ, कि थप धितो दिनु कि पुरानो लोनमा ब्याज जोडेर नयाँ ऋण बनाउनु । नयाँ खाता खोल्न लगाउने, अर्को सेवाशुल्क लिनेलगायतका काम गर्न दबाब दिइन्छ । यो पनि कमिशन खुवाउन सक्नेको हकमा मात्र लागू हुन्छ ।
कमिशन खाएर पुरानो ऋण चुक्ता गरेको र नयाँ ऋण लिएको देखाइन्छ । बैंक तथा वित्तिय संस्थाले ऋणीलाई मर्न न बाँच्नु बनाइरहेको छ । तर, सरोकारवाला निकाय आँखा चिम्लेर बसेको छ । बैंक तथा विीत्तय संस्थाले यतिसम्म गलत काम गरिरहेका छन् कि त्यहीँ पुरानो धितोमा नयाँ ऋणको कागजात बनाइरहेका छन् ।
यद्यपि, राष्ट्र बैंकले यो गलत धन्दा देखिइरहेको छैन । राष्ट्र बैंकले बस् ऋण चुक्ता भयो कि भएन ? यति मात्र हेर्छ । तर, ऋण चुक्ता कुन माध्यमबाट र कसरी गरियो ? हेरिँदैन । ऋणीहरु अहिले एकदमै समस्यामा छन् । किन कि, धितो बिक्री गर्न खोज्दा बिक्री हुँदैन । उनीहरुले धितो बेच्न खोज्दापनि सकिरहेका छैनन् ।
जसका कारण बैंकको ऋण तिर्न सकेको अवस्था छैन । पैसा नभएपछि उनीहरु बैंकको अगाडि आत्मसमर्पण गर्न बाध्य छन् । बैंकले जे जे भन्यो, त्यहीँ त्यहीँ गरिरहेका छन् । बैंकले बचतकर्तालाई दुई दशमलव ७५ प्रतिशतमा ब्याज दिन्छ । ऋणीलाई ६ प्रतिशत ब्याजमा ऋण दिने बैंकहरुले बताउँदै आएको छ ।
तर, पुराना ऋणीहरु भन्छन्,‘ब्याज घटाएको छैन । अहिलेपनि १२ देखि १८ प्रतिशत ब्याज लिन्छ । पेनाल्टी, हर्जाना गर्दा ४८ देखि ८० प्रतिशत पर्छ ।’ नयाँ ऋणीलाई देखाउने ६ प्रतिशत हो । यद्यपि, असुल्दाखेरि ४८ देखि ८० प्रतिशत ब्याज असुल्छन् । बैंकले विभिन्न बहानामा ऋणीबाट पैसा असुल्ने गरेको छ ।
बैंकले विगतदेखि चलाउँदै आएको धन्दा नै हो यो । पहिले सस्तो ब्याजमा पैसा दिन्छौं भन्छन् अनि ऋण लिएपछि थाहा नपाईकन ब्याज बढाउँछन् । बिजनेस, ब्यापारमा कमाइएला भन्ने आशामा सर्वसाधारणले सुन, घरजग्गा, गाडी र सेयर राखेर ऋण लिए । आर्थिक मन्दीका कारण व्यापार ब्यवसाय डामाडोल बनेपछि उनीहरु समस्यामा छन् ।
उनीहरुले ऋण तिर्न सकिरहेका छैनन् । उनीहरुले धितो बेच्न नखोजेका होइनन्, तर बिक्री हुँदैन । एकातिर ऋण बढेको बढ्यै छ, अर्कोतिर धितो कसैले खरिद गर्दैन । त्यसैले उनीहरु बैंकले जे भनेपनि चुपचाप मान्न तयार छन् । सरकारी कर्मचारी र अन्य निजी संघसंगठनमा काम गर्ने कर्मचारीले १२ महिनाको तलब खान्छन् ।
चाडपर्व पेश्की र उपचार खर्च गरेर सरकारी कर्मचारीले १४ महिना बराबरको तलब पाउँछन् । तर, बैंकका कर्मचारीले १८ महिनाको तलब खान्छन् । बचतकर्ता र ऋणीलाई लुटेर बैंकका कर्मचारीले एक वर्षमा डेढ वर्षको तलब बुझिरहेका छन् । बचतकर्तालाई कम ब्याज दिन्छन्, ऋणीबाट विभिन्न बहानामा असुली गर्छन् ।
अनि त्यहीँ पैसामा आफूहरु बढीबढी तलब लिन्छन् । सरकारले बेलैमा बैंकमाथि नियमन गरेन, यो गतिविधि रोकेन भने अवस्था जटिल बन्न सक्छ । त्यसैले राष्ट्र बैंक सचेत होस् । बैंकबाट पीडितहरुले केसम्म गरे ? यो सबैको आँखाअगाडि प्रष्ट छ । पीडितहरु बैंकको ज्यादतीविरुद्ध सडकमा आए ।
कतिपय ठाउँमा बैंकमा तोडफोड भयो । कर्मचारीलाई कालोमोसो दलियो । यस्तो अवस्था आउन नदिन सरकारले अहिले नै लाग्नुपर्छ । नत्र ‘मरता क्या न करता’ भनेझैं अवस्था निम्ति सक्छ । बैंकको वास्तविक धन्दा के हो ? सर्वसाधारणले थाहा पाइसकेका छन् । पाँच वर्षअगाडि तीन करोडको धितो राखेर बैंकले एक करोड रुपैयाँ दियो ।
त्यसमा २० प्रतिशत कमिशन खायो, तीन प्रतिशत सेवाशुल्क लियो । अहिले तीन करोडको धितोको मूल्य घटेर एक करोडमा आयो, ऋण तीन करोड पुग्यो । त्यसैले बैंक फस्यो । बैंकले धितोको मूल्य घट्न सक्छ भनेर कहिल्यै सोचेन । बजार भाउ सँधै उही अवस्थामा रहिरहन्छ भन्ने भ्रम बैंकमा थियो ।
तर, कोरोना कालपछि विश्वभर आएको आर्थिक मन्दीले घरजग्गा, सेयर, गाडीलाई निकै प्रभावित पार्यो । व्यापार व्यवसाय डामाडोल भयो । सर्वसाधारणसँग घरजग्गा, सेयर, गाडी किन्ने पैसा भएन । किन्ने मान्छे नभएपछि बजार भाउ घट्यो । जसको सबैभन्दा ठूलो असर बैंक तथा वित्तिय संस्थालाई पर्यो ।
राष्ट्र बैंकले अहिले नै एक्सन नलिने हो भने अन्य बैंकको अवस्था पनि कर्णाली विकास बैंकको जस्तै हुनसक्छ । अहिले बैंकमा ऋण लिन जाने मान्छे छैनन् । जसका कारण राष्ट्र बैंकले दिनैपिच्छेजस्तो बजारबाट तरलता तानिरहेको छ । पहिले सातामा तीन पटक तरलता तान्ने गरिएकोमा अहिले दिनैपिच्छे तान्नुपरेको छ ।
राष्ट्र बैंकले पैसा लगेर थुपार्ने हो । जटिल अवस्था बन्दा पनि बैंकले बचत लिन छोडेको छैन । यता बचतकर्ताबाट पैसा लिने, उता राष्ट्र बैंकमा लगेर थुपार्ने । राष्ट्र बैंकले दुई प्रतिशत ब्याज दिन्छ । पछाडिको प्वाइन्ट ७५ प्रतिशत बैंकले कहाँबाट भर्पाइ गर्छ ? न नयाँ ऋण लिने मान्छे छन् न पुरानाले तिर्छन् ।
बैंक कुन अवस्थामा छ ? सर्वसाधारणले थाहा पाइसकेका छन् । अझैपनि सर्वसाधारणलाई मुर्गा बनाउँछु भनेर सोच्नु बेकार हो । बैंकले दिनहुँ राष्ट्रिय पत्रिकामा ऋण तिर्न आउने सूचना जारी गरिरहेको हुन्छ । कालोसूचीमा पर्नेको संख्या थपिएको थपियै छ । बैंक कतिसम्म ठग छन् ? भन्ने उदाहरण केही महिनाअगाडि छर्लङ्ग भयो ।
१० वर्षभन्दा बढी निष्क्रिय रहेको खाताको पैसा खोजियो । बैंकमा पैसा राख्ने कोही मरिसकेका हुन्छन्, कोही विदेश पुगेका हुन्छन् । कसैले बिर्सिएको हुन सक्छन् । तिनलाई त फोन गरेर जानकारी गराउनुपर्थ्यो । बैंकसँग बचतकर्ताको सबै विवरण हुन्छ । तैपनि, उनीहरुलाई जानकारी गराइएन ।
बैंकको नियत कस्तो छ ? योबाट पुष्टि हुन्छ । आफ्नो ऋण उठाउन राति पनि ऋणीको घरमा जाने अनि खातामा पैसा भएकोचाँहि जानकारी नगराउने ? यत्रो वर्षदेखि बैंकले त्यो पैसा चलाइरहेको छ । न त्यसको साँवा दिनुपरेको छ न ब्याज । यदि कोही पैसा लिन आएनन् भने सार्वजनिक सूचना जारी गर्न सक्थें ।
ऋण तिर्न आएनन् भने त पत्रिकामा निकाल्छन् त । सुकिलामुकिला बनेर बैंकले लुटिरहेको छ । ८३ लाख ६७ हजारले सेयर धितो राखेर बैंकबाट कर्जा लिएका छन् । सेयरमा बैंकको एक खर्ब ६७ अर्ब रुपैयाँ लगानी छ । घरजग्गा, गाडी धितो राखेर सहकारीबाट ६३ लाखले ऋण लिएका छन् ।
लघुवित्तबाट २७ लाख र बैंकबाट २२ लाखले ऋण निकालेका छन् । घरजग्गामा बैंकले आठ खर्बभन्दा बढी कर्जा दिएको छ । सवारी साधन र सुनमा पनि उत्तिकै बैंकको कर्जा लगानी छ । कानुनले यी चारै चीजलाई विलासी वस्तु मानेको छ । तर, यिनै क्षेत्रमा बैंकको लगानी छ । यी क्षेत्रमा संकट आउनेबित्तिकै बचतकर्ता जोखिममा परेका छन् ।

प्रकाशित मिति: असार १७ २०८३, बुधबार

प्रतिक्रिया दिनुहोस्

  • धरानको विजयपुरः ‘माल पाएर चाल नपाएको’ ठाउँ

    -राजकुमार दिक्पाल केही सातादेखि ऐतिहासिक विजयपुर क्षेत्रलाई लिएर विवाद चर्किएको छ। स्वस्थ बहस र समाधानतर्फ अघि बढ्नुपर्ने विवाद झन् जटिल बन्दै गएको छ। सम्बन्धित पक्षहरूले...

    • ३ घण्टा अगाडी
    • ७ मिनेट पाठ
  • सुनसरीको बसपार्कबाट प्रहरीले खोजीखोजी समात्यो

    धरानः सुनसरीको इनरुवाबाट प्रहरीले लागूऔषधसहित पक्राउ गरेको छ । इनरुवा–४ बसपार्कमा प्रहरीले खोजीखोजी युवालाई पक्राउ गरेको हो । पूर्व–पश्चिम राजमार्गमा जिल्ला प्रहरी कार्यालय सुनसरी र अस्थायी...

    • ४ दिन अगाडी
    • २ मिनेट पाठ
  • श्रमदानको ओज

    -बैकुण्ठ दाहाल नेपालको राजनीतिक इतिहासमा धेरै दलहरू स्थापना भए, धेरै नाराहरू उठे, तर आम नागरिकले चाहेको सुशासन, उत्पादनमुखी अर्थतन्त्र र श्रमको सम्मान अझै पनि पूर्णरूपमा...

    • ५ दिन अगाडी
    • ३ मिनेट पाठ
  • डिग्री पास छ तर सर्वसाधारणले पाउँदैनन् जागिर

    जताततै भूपू कर्मचारीको बिगबिगी धरानः सरकारी कार्यालयमा सरकारले प्राइभेट कम्पनीबाट गार्ड नियुक्त गरेको हुन्छ । यता, स्थानीय पालिकाले नगरप्रहरी राखेको हुन्छ । बैंक तथा वित्तिय...

    • ७ दिन अगाडी
    • ६ मिनेट पाठ
  • नजानिँदो सत्ताको अस्थिर चक्रव्यूह

    -कृष्णबहादुर तामाङ “संसदीय अङ्कगणित र जोड घटाउले विकासको गतिलाई सधैँ बन्धक बनाउन सक्दैन । नेपालको सात दशक लामो राजनीतिक अस्थिरताबाट मुक्त हुने सबैभन्दा प्रभावकारी विकल्प...

    • १ हप्ता अगाडी
    • ८ मिनेट पाठ
  • हामी १२ वर्षमा प्रवेश

    धरानः हाम्रो कोशी आवाज डटकम आफ्नो स्थापनाको ११ वर्ष पूरा गरी आज १२ औं वर्षमा प्रवेश गरेको छ । हामी छैटौं वर्ष पूरा गरी...

    • १ हप्ता अगाडी
    • ३ मिनेट पाठ

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend