धरानः झापाको बिर्तामोड नगरपालिका–५ सुब्बाचोककी ४० वर्षीया मनिला राई नौ दिनदेखि बेपत्ता भएकी छन् । भदौ २३ गते घरबाट निस्किएकी राई त्यसयता परिवारको सम्पर्कमा नआएको उनका दाजु सोमबहादुर राईले बताएका छन्।
मनिलाको खोजीका लागि परिवारले आफन्त तथा सम्भावित स्थानमा खोजी गर्नुका साथै इलाका प्रहरी कार्यालयमा समेत जानकारी गराएको छ । मानसिक अवस्था कमजोर रहेकी मनिला घरबाट निस्किएपछि बिर्तामोड पश्चिम स्टेन्ड आसपासमा देखिएको जानकारी पाए पनि त्यसपछि उनको अवस्था अज्ञात रहेको दाजु सोमबहादुरले बताए ।
“नौ दिन भयो, घरबाट हिँडेको अहिलेसम्म पत्ता लागेको छैन । सबैतिर खोजी गरिसक्यौँ”, उनले भने, “बहिनी सम्पर्कविहीन भएपछि परिवारमा ठूलो चिन्ता थपिएको छ ।”
मनिला घरबाट निस्कँदा मेहेन्दी रङको कुर्ता–सुरुवाल लगाएकी थिइन् । उनको उचाइ करिब ५ फिट रहेको परिवारले जनाएको छ । परिवारले मनिलालाई देख्ने वा उनको अवस्थाबारे कुनै जानकारी पाउने व्यक्तिलाई नजिकैको प्रहरी कार्यालय वा उनका दाजु सोमबहादुर राईको मोबाइल नम्बर ९८१४०२८५६७ मा सम्पर्क गरिदिन आग्रह गरेको छ ।