Hamro Koshi Aawaj

सोमबार, असोज ५ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरान आउँदै गरेको सुमो जीप दुर्घटनामा, एकजनाको मृत्यु (मृतक र घाइतेको नामावलीसहित)

हाम्रो कोशी आवाज
असोज ४ २०८३, आइतबार
धरान आउँदै गरेको सुमो जीप दुर्घटनामा, एकजनाको मृत्यु (मृतक र घाइतेको नामावलीसहित)

धरानः धरान आउँदै गरेको सुमो जीप दुर्घटनामा एकजनाको मृत्यु भएको छ ।
धनकुटाको ताङखुवाबाट धरान आउँदै गरेको को१ज २४९४ नम्बरको जीप धनकुटाको छथर जोरपाटी गाउँपालिका–३ बञ्चरेमा अनियन्त्रित भई आइतबार बिहान दुर्घटना भएको हो ।
धनकुटाका प्रहरी नायव उपरीक्षक हेमन्त भण्डारी क्षेत्रीका अनुसार दुर्घटनामा परी एकजनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा छथर जोरपाटी–३ की ६० वर्षीया शोकमाया लिम्बूको मृत्यु भएको उनले जानकारी दिए । दुर्घटनामा घाइतेमध्ये सुमो चालक धनकुटा नगरपालिका–९ गुठीटारका ३१ वर्षीय खगेन्द्र खत्री पनि घाइते बनेका छन् । धनकुटा नगरपालिका–४ का ३३ वर्षीया पुनम लिम्बू, उनकी २ वर्षीया छोरी आरध्या लिम्बू घाइते बनेका छन् । सोही स्थानका २६ वर्षीय आइन्द्र लिम्बू, धनकुटा नगरपालिका–४ की ४० वर्षीया धनमाया राई उनका ७ वर्षीय छोरा न्युहाङ सुब्बा पनि घाइते बनेका छन् ।
त्यस्तै, धनकुटा नगरपालिका–३ का २७ वर्षीय भवानी लिम्बू र ४७ वर्षीय हेमबहादुर लिम्बू, धनकुटा नगरपालिका–४ का ३० वर्षीय अबिन लिम्बू तथा छथर जोरपाटी गाउँपालिका–३ का २१ वर्षीय आशिष लिम्बू घाइते छन् । आशिषको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
घाइते सबैलाई उपचारका लागि जिल्ला अस्पताल धनकुटातर्फ पठाइएको प्रहरीले जनाएको छ । दुर्घटनापछि जिल्ला प्रहरी कार्यालय धनकुटाबाट प्रहरी निरीक्षक रामप्रसाद खनालको कमाण्डमा १८ जनाको प्रहरी टोली घटनास्थलमा खटिएको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । -अपडेट

प्रकाशित मिति: असोज ४ २०८३, आइतबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend