Hamro Koshi Aawaj

सोमबार, असोज ५ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

घरमा कोही नभएको मौका पारी ताला फोडेर सुन चोरी, समातिए युवा

हाम्रो कोशी आवाज
असोज ४ २०८३, आइतबार
घरमा कोही नभएको मौका पारी ताला फोडेर सुन चोरी, समातिए युवा

धरानः घरको ताला फोडेर सुनका गहना तथा नगद चोरी गरेको आरोपमा युवा पक्राउ परेका छन् ।
झापाको दमक नगरपालिका–२ की ३१ वर्षीया मनिषा तामाङको घरमा कोही नभएको मौका पारेर घरको ताला फोडेर सुनलगायतका गहना लुटपाट मच्चाएको आरोपमा पाँचथर मिक्लाजुङ गाउँपालिका–४ रवि घर भई हाल दमक–५ मा डेरा गरी बस्दै आएका १९ वर्षीय दीपक राई पक्राउ परेको प्रहरीले जनाएको छ ।
राईले कोठामा रहेको दराज फुटाएर सुनको सिक्री, बालिकाका तीन तोलाका दुई थान सुनका चुरा, दुई थान सुनको पिंजडा, एक थान सुनको तिलहरी र नगद २० हजार रुपैयाँ चोरी गरेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । प्रहरीले घटनास्थल तथा आसपासका क्षेत्रमा जडान गरिएका सीसीटीभी फुटेजको सहयोगमा चोरीमा संलग्न व्यक्तिको पहिचान तथा खोजतलास थालेको थियो ।
प्रहरीका अनुसार राईको साथबाट नगद ७९ हजार रुपैयाँ, चाँदीको एक थान पाउजु, दुई थान सुनको पिंजडा र एक थान सुनको श्रीबन्दी बरामद भएको छ । पक्राउ परेका राईलाई इलाका प्रहरी कार्यालय दमकमा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: असोज ४ २०८३, आइतबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend