Hamro Koshi Aawaj

सोमबार, असोज ५ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

क्षतिपूर्तिस्वरुप दलितलाई राष्ट्रपति बनाउँछौंः सुदन किराती

हाम्रो कोशी आवाज
असोज ४ २०८३, आइतबार
क्षतिपूर्तिस्वरुप दलितलाई राष्ट्रपति बनाउँछौंः सुदन किराती

धरानः श्रम संस्कृति पार्टीका वरिष्ठ नेता सुदन किराँतीले पार्टीको केचनकवलदेखि सगरमाथासम्म हातेमालो अभियानलाई एकता र सद्भावको मूलबाटो बनाउने बताएका छन्।
श्रम संस्कृति पार्टी कोशीको आयोजनामा आयोजित उक्त अभियान उद्घाटन सभालाई सम्बोधन गर्दे वरिष्ठ नेता किराँतीले नेपालको होचो भूभाग केचनकवलदेखि विश्व शिखर सगरमाथासम्म अभियान चल्ने जानकारी दिए।
उनले भने, ‘यो अभिमानमा हाम्रो पार्टीले श्रम गर्छ, संगठन गर्छ, संस्कृतिलाई साझेदारी बनाउँदै र रमाउँदै सामाजिक सद्भाव र राष्ट्रिय एकताको मूलबाटो यो अभियानलाई बनाउनेछौँ।’
जनताले आगामी दिनमा श्रम संस्कृति पार्टीलाई देशको प्रथम पार्टी जनताले बनाइदिने उनले दाबी गरे । ‘अर्थात् देशको चाबी हाम्रो पार्टीलाई जनताले हस्तान्तरण गर्ने विश्वास छ, हाम्रो पार्टीले समाजमा रहेको विद्यमान असमानता र विभेदको अन्त्य गर्नेछ’, उनले भने, ‘प्रतीकात्मकरुपमा केचनाकवल जस्तै होचो भएर युगौँ युगदेखि समाजको पिँधमा राज्यले पारेको दलित समुदायसँग माफी माग्दै क्षतिपुर्तिस्वरूप राष्ट्रपति बनाउनेछौँ ।’

प्रकाशित मिति: असोज ४ २०८३, आइतबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend