Hamro Koshi Aawaj

मंगलबार, असोज ६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानको सुनाखरी एकेडेमीद्वारा विद्यार्थीलाई सम्मान

हाम्रो कोशी आवाज
असोज ६ २०८३, मंगलबार
धरानको सुनाखरी एकेडेमीद्वारा विद्यार्थीलाई सम्मान

धरान: धरान-१२ स्थित सुनाखरी एकेडेमीले विभिन्न खेलकुद तथा सिर्जनात्मक प्रतियोगितामा सफलता हासिल गर्ने आफ्ना विद्यार्थीहरूलाई सम्मान गरेको छ ।
विद्यालयको प्राङ्गणमा मंगलबार आयोजित कार्यक्रममा विद्यालयका प्रिन्सिपल मिलन कुमार राई, प्लस टु संयोजक तप कुमार राई र निर्देशक प्रदीप कुमार राईले प्रतियोगितामा सफलता हासिल गर्ने विद्यार्थीहरूलाई अबिर तथा खदा लगाएर सम्मान गरेका हुन्।
विद्यालयका विद्यार्थीहरूले जीवन तामाङद्वारा आयोजित अन्डर-18 बास्केटबल टुर्नामेन्ट-२०८३ मा दोस्रो स्थान हासिल गरेका छन्। उक्त प्रतियोगितामा विक्रम श्रेष्ठ, आदेश पोदार, एनिस राई र सेन्ट्रोज लिम्बू सहभागी थिए।
त्यसैगरी धरान आदर्शद्वारा आयोजित इन्टर हाई स्कुल बास्केटबल टुर्नामेन्ट -२०८३ मा पनि सुनाखरीका विद्यार्थीले दोस्रो स्थान प्राप्त गरेका छन्।
धरान आदर्शद्वारा आयोजित इन्टर हाई स्कुल फुट्सल टुर्नामेन्ट-२०८३ मा सुनाखरीका विद्यार्थीले दोस्रो स्थान हासिल गरेका छन्। प्रतियोगितामा अन्स गुप्ता, आयुष लिम्बू, आयुष भट्टराई, कौशल थापा, प्रज्वल तामाङ, सुजित प्रधान, रोजित लिम्बू, आभास तामाङ र एलिन थापा मगर सहभागी थिए।
त्यस्तै, स्कोन नेपाल, धरान-१६ द्वारा आयोजित अन्तरविद्यालयस्तरीय स्तरीय चित्रकला प्रतियोगिता-२०८३ मा सुनाखरीका विद्यार्थीले दोस्रो स्थानमा जेसिका राई र प्रथम स्थानमा छेन्बिया राईले सफलता हासिल गरेका छन्।
यसैगरी नेपाल पुलिस स्कुल, धरानद्वारा आयोजित तेक्वान्दो प्रतियोगिता-२०८३ मा सुनाखरी एकेडेमीका इयोन हाङ राईले दोस्रो स्थान हासिल गरेका छन्।
प्रिन्सिपल मिलन कुमार राईका अनुसार विद्यार्थीहरूले अध्ययनसँगै खेलकुद तथा अन्य अतिरिक्त क्रियाकलापमा हासिल गरेको उपलब्धिको सम्मान गर्दै उनीहरूलाई आगामी दिनमा अझ राम्रो गर्न हौसला प्रदान गर्ने उद्देश्यले सम्मान गरिएको हो। उनले विद्यार्थीको प्रतिभा र क्षमता विकासका लागि विद्यालयले यस्ता गतिविधिलाई निरन्तर प्रोत्साहन गर्दै आएको बताए।

प्रकाशित मिति: असोज ६ २०८३, मंगलबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend