Hamro Koshi Aawaj

बुधबार, मंसिर २ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानको बराहका अध्यक्षसँगै कर्मचारी पनि समातिइन्

हाम्रो कोशी आवाज
मंसिर २ २०८३, बुधबार
धरानको बराहका अध्यक्षसँगै कर्मचारी पनि समातिइन्

धरानः धरानस्थित बराह बचत तथा ऋण सहकारी संस्था तथा बराह ग्रुपका अध्यक्ष शिवकुमार लामिछाने (शिवकुमार विश्वकर्मा) पक्राउ परेसँगै कर्मचारी पनि पक्राउ परेकी छिन् ।
धरान–१५ बस्ने बराह बचत तथा ऋण सहकारी संस्था धरान सुनसरीका ऋण उप समिति सदस्य, ग्राहक सेवाकी कर्मचारी, बराह ग्रुप १ नं. प्रदेश सचिवालयकी सदस्य ३३ वर्षीय अस्मिता भण्डारी पनि पक्राउ परेकी हुन् ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी डिएसपी चन्द्रबहादुर खड्काका अनुसार १७ हजार १० पीडित रहेको बताउँदै शंकर थापा समेत जम्मा ४ हजार २४३ जनाले जाहेरी दिएका थिए । थापा समेतले २०८१ फागुनमा दर्ता भएको अभियोग पत्रमा सहकारी संस्थाको १० अर्ब ७३ करोड ४३ लाख ४७ हजार ९१३ रुपैयाँ हिनामिना र अपचलन भएको दाबी गरिएको छ ।
सहकारीका अध्यक्ष लामिछानेले मात्रै ५ अर्ब ८८ करोड ४० लाख ८४ हजार ७३३ रुपैयाँ हिनामिना भएको अभियोग पत्रमा उल्लेख छ । शिवकुमारले २ अर्ब ७१ करोड ३१ लाख ६० हजार २४ रुपैयाँ, उनका बुबा इन्द्रकुमार विश्वकर्माबाट २ अर्ब ४५ करोड ७७ लाख १७ हजार ५७६ रुपैयाँ, उनकी आमा स्व.विष्णुमाया विश्वकर्माबाट ७१ करोडभन्दा बढी रकम असुल गर्नुपर्ने अभियोग पत्रमा उल्लेख छ ।
यस्तै अभियुक्त मन्दिरा लामिछानेको हकमा १ अर्ब २३ करोड ११ लाख ९१ हजार १ सय रुपैयाँ, मानबहादुर विश्वकर्माको हकमा १ अर्ब ११ करोड ८१ लाख ८१ हजार २१७ रुपैयाँ, हरिकुमार धमाल (विश्वकर्मा)को हकमा ३७ करोड ६१ लाख २४ हजार ३२८ रुपैयाँ, प्रकाश लामगादेको हकमा ४८ करोड १८ लाख ८९ हजार ८९ रुपैयाँ, शुभराज खातीबाट ४३ करोड ७१ लाख ८१ हजार ८२७ रुपैयाँ असुल गर्नुपर्ने अभियोग पत्रमा उल्लेख छ ।
२०६६ सालमा बराह बचत तथा ऋण सहकारी संस्था स्थापना भएको थियो । बराह सहकारी २०७८ सालदेखि नै आर्थिक संकटमा परेको थियो । धरान उपमहानगरपालिकाको कार्यपालिका बैठकले २०७९ भदौ २२ गते नै उक्त सहकारीलाई ‘संकटग्रस्त’ घोषणा गरिसकेको छ । उता अध्यक्षले लामिछानेले फेसबुकमा लेखेका छन्– ‘म गिरफ्तार भैसकेको छु, काम मा हिडिरहेको समयमा लगानी कर्ताहरुले बुझिदिनु होला मैले सबैको हितको निम्ति काम गर्न खोजेको थिये। कसैले पनि फँसाउन र कर्तुत लुकाएर लगानिकर्ता हरुला डुबाउन खोजेमा न्याय हुनेछैन । मैले आन्तरिक लेखा गराउन मात्र खोजेको थिएँ तर मलाई फँसाएर कर्तुत लुकाउन खोजिएको छ ।

प्रकाशित मिति: मंसिर २ २०८३, बुधबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend