Hamro Koshi Aawaj

बुधबार, मंसिर २ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानकी २१ वर्षीया युवती कोठाबाटै समातिइन्

हाम्रो कोशी आवाज
मंसिर २ २०८३, बुधबार
धरानकी २१ वर्षीया युवती कोठाबाटै समातिइन्

धरानः धरानमा लागूऔषध खैरो हिरोइन (ब्राउन सुगर) सहित एक युवती पक्राउ परेकी छिन् ।
पक्राउ पर्नेमा धरान धरान उपमहानगरपालिका–१९ की २१ वर्षीया सलिना परियार रहेकी छिन् । इलाका प्रहरी कार्यालय धरानका डिएसपी भीषणबाबु राईका अनुसार उनकै डेरा कोठाबाट ३२० मिलिग्राम ब्राउन सुगर भेटेपछि उनलाई पक्राउ गरिएको हो । पक्राउ परेकी उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यस्तै, उदयपुरको त्रियुवा नगरपालिका–८ राजावास साहीखोला स्थितबाट स ५ प ५२७९ नम्बरको मोटरसाइकलमा सवार सोही स्थानका ३० वर्षीय रुपेश दनुवारको साथबाट लागूऔषध ब्राउन सुगर २६ ग्राम ९०० मिलिग्राम र प्रतिबन्धित औषधी ५२ ट्याब्लेटसहित नियन्त्रणमा लिएको हो ।

प्रकाशित मिति: मंसिर २ २०८३, बुधबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend