Hamro Koshi Aawaj

शुक्रबार, मंसिर ४ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

बराहक्षेत्रधाममा कात्तिके मेला शुरु

हाम्रो कोशी आवाज
मंसिर ४ २०८३, शुक्रबार
बराहक्षेत्रधाममा कात्तिके मेला शुरु

धरानः पूर्वको प्रसिद्ध धार्मिक तीर्थस्थल बराहक्षेत्रधाममा आजदेखि कात्तिके मेला शुरु भएको छ ।
प्रत्येक वर्ष हरिबोधनी एकादशीको अवसर पारेर आयोजना हुने मेलामा नेपालका विभिन्न जिल्लासहित भारत र भुटानबाट समेत हजारौँ श्रद्धालु भक्तजन आउने गर्दछन् ।
बृहत्तर बराहक्षेत्र विकास समितिका कार्यकारी निर्देशक अबिजाल विष्टले मंसिर ८ गतेसम्म सञ्चालन हुने मेलामा आउने दर्शनार्थीको सहज आवागमन, पूजा–आराधना तथा अन्य व्यवस्थापन गरिएको जानकारी दिए ।
बराहक्षेत्रधाममा हरेक वर्ष हरिबोधनी एकादशीदेखि कात्तिके मेला लाग्ने परम्परा छ । धार्मिक तथा सांस्कृतिक महत्व बोकेको यस मेलामा कोशी प्रदेशसहित देशका विभिन्न भागबाट श्रद्धालु आउने गरेका छन् । सीमावर्ती भारतीय क्षेत्र र भुटानबाट समेत भक्तजन आउने भएकाले मेलाले अन्तरदेशीय धार्मिक पर्यटनको महत्वसमेत बोकेको छ ।
कोशी नदी र कोकाह खोलाको संगम क्षेत्रमा अवस्थित बराहक्षेत्रधाम हिन्दू धर्मावलम्बीको महत्वपूर्ण तीर्थस्थल मानिन्छ । भगवान् विष्णुको वराह अवतारसँग जोडिएको यस धार्मिक स्थलमा हरिबोधनी एकादशीका दिन स्नान तथा पूजाआराधना गर्नाले पुण्य प्राप्त हुने धार्मिक विश्वास छ ।
कात्तिके मेलाले बराहक्षेत्रको धार्मिक तथा सांस्कृतिक पहिचानलाई प्रवर्द्धन गर्नुका साथै स्थानीय व्यापार, होटल तथा पर्यटन व्यवसायलाई समेत चलायमान बनाउने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति: मंसिर ४ २०८३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend