धरानः धरानको औद्योगिक व्यापार मेला तथा जुत्ता–चप्पल मेलामा धराने दर्शक शिवर परियारसँगै झुमेका छन् ।
शनिबार साँझ आयोजित साङ्गीतिक कार्यक्रममा स्टेजमा ८ बजे प्रवेश गरेका उनले राति १० बजेसम्म माहौल तताए । कन्सर्टमा युवापुस्ता, वृद्धवृद्धा सबैले भरपुर मनोरञ्जन लिएका छन् । उनले आफ्ना चर्चित गीत पिलायो साथीले, क्या दामी भोलगायत दर्जन गीत पस्के ।
मेलाको आकर्षणका रूपमा स्थानीय तथा चर्चित राष्ट्रियस्तरका कलाकार ल्याउँदै आएको प्रचारप्रसार संयोजक मानबहादुर विश्वकर्मा दियालीले जानकारी दिए । मेलामा औद्योगिक उत्पादन, खाद्य सामग्री, मनोरञ्जन, किड्स जोनमा बालबालिकाहरु ट्राम्पोलिन र गो कार्ट जस्ता खेलहरुमा मजा लिने व्यवस्था गरिएको मेला संयोजक शिवराज श्रेष्ठले जानकारी दिए ।
