Hamro Koshi Aawaj

आइतबार, असोज १८ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानको उद्यमशील सहकारी नाफामा, ४ अर्ब ४२ करोड बढीको कारोबार

हाम्रो कोशी आवाज
असोज १८ २०८३, आइतबार
धरानको उद्यमशील सहकारी नाफामा, ४ अर्ब ४२ करोड बढीको कारोबार

धरानः धरान-१० स्थित उद्यमशील बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १४ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
सहकारीले आर्थिक वर्ष २०८२–०८३ मा ४ अर्ब ४२ करोड ७८ लाख ८४ हजार ७ सय २४ रुपैयाँ कुल कारोबार गरेको अध्यक्ष अनिता श्रेष्ठद्वारा प्रस्तुत प्रगति तथा आव २०८३–०८४ को प्रस्तावित लक्ष्य, कार्यक्रम तथा बजेटसहितको प्रतिवेदनमा जनाइएको छ । कार्यक्रममा उनले प्रस्तुत गरेको वार्षिक प्रतिवेदनमा सहकारीले आव २०८२–०८३ मा खुद मुनाफा १ करोड ४८ लाख रुपैयाँ गर्न सफल भएको छ ।
संस्थाले २८ प्रतिशतले शेयर पुँजी वृद्धि गर्दै २०८१–०८२ मा ५ करोड ८७ लाख ८५ हजार हजार ९ सय रहेकोमा २०८२–०८३ मा ७ करोड ४९ लाख ७४ हजार ४ सय पुराएको जनाएको छ । हाल संस्थामा ४ हजार ५ सय ६८जना महिला र ४ हजार १ सय ३० पुरुष गरी ८ हजार ७ सय २८ जना शेयर सदस्य रहेका छन् ।
संस्थाले ५८ करोड १९ लाख ९७ हजार ७ सय ७९ रुपैयाँ १६ पैसा निक्षेप संकलन गरेको जनाएको छ । गत आव २०८१–०८२ मा ४१ करोड ६८ लाख ३ हजार ९ सय रुपैयाँ निक्षेप रहेकोमा २०८२–०८३ मा ३ अर्ब ६ करोड ९४ लाख २३ हजार ६ सय रुपैयाँ निक्षेप भुक्तानी गरी सो रकम संकलन गरेको जनाएको छ ।
संस्थाकी अध्यक्ष श्रेष्ठद्वारा प्रस्तुत प्रतिवेदनमा २०८२–०८३ मा कुल ७ कराड ८७ लाख ४९ लाख १ सय ५० रुपैयाँ ३ पैसा आर्जन गर्न सफल भएको जनाइएको छ । ब्याज आम्दानी ६ करोड ५२ लाख १२ हजार ७ सय ९२ रुपैयाँ ४० पैसा, बैंकबाट ब्याज आम्दानी ४३ लाख ६० हजार २ सय ३४ रुपैयाँ ७० पैसा, रेमिटयान्सबाट १ लाख ७४ हजार ८ सय ४४ रुपैयाँ ६१ पैसा र अन्य आम्दानी ९० लाख १ हजार २ सय ७८८ रुपैयाँ ३२ पैसा आम्दानी गरेको जनाएको छ । यस्तै, संस्थाले आव २०८२–०८३ मा ६ करोड ३८ लाख ७५ हजार ९ सय २४ रुपैयाँ ८९ पैसा खर्च भएको जनाएको छ ।
सहकारीले सरकारलाई आयकर, ब्याजकर, घरबहाल कर, सामाजिक सुरक्षा करलगायत ४२ लाख ४३ हजार ७ सय रुपैया ९१ पैसा राजश्व तिरेको देखाएको छ । संस्थाले आगामी दिनमा ६ देखि ७ प्रतिशतसम्म थप सहुलियत कर्जा लगानी गर्ने वातावरण मिलाइएको र नियमित मासिक बचतलाई थप प्रभावकारी बनाउने जनाएको छ । यस्तै, सहकारी शिक्षा कार्यक्रम, पत्रकारिता सम्मान, सदस्य उत्प्रेरणा कार्यक्रम, ज्येष्ठ नागरिक सम्मान, महिला उद्यमी तथा युवा स्वरोजगार, स्वास्थ्य शिविर, कर्जा सूचना केन्द्रमा जोड दिइने संस्थाले जनाएको छ ।
साधारणसभामा व्यवस्थापकीय प्रगति प्रतिवेदन पस्किँदै सहकारीका प्रमुख कार्यकारी अधिकृत जीतबहादुर राउतले बचतमा ४० प्रतिशत, ऋण लगानीमा १२८ प्रतशत, ऋण असुलीमा ११० प्रतिशत गरी ऋण लगानीमा थप ४३ प्रतिशत वृद्धि गरेको जानकारी दिए । कोष रकममा थप ३३ प्रतिशतले वृद्धि गरी खुद मुनाफा २४९ प्रतिशतले वृद्धि गर्न सफल भई सदस्य विस्तारमा १३८ प्रतिशतले वृद्धि गरी कल सदस्य ८७२८ सम्म पुरयाउँदा शेयर रकममा २८ प्रतिशतले वृद्धि गर्न सफल भएको जानकारी दिए । उनले आगामी दिनमा शेयर, बचत, ऋण लगानी, ऋण असुली, कोष रकम र सदस्य संख्यामा वृद्धि गर्दै लैजाने जानकारी दिए ।
उनले धरान–१० सैनिक चोकमा मुख्य कार्यालय, धरान–५ देउरालीमा पहिलो सेवा केन्द्र, इटहरीमा दोस्रो सेवा केन्द्र, बराहक्षेत्रको चक्रघट्टीमा तेस्रो सेवा केन्द्र खोली वित्तीय कारोबारलाई थप प्रभावकारी बनाएको पनि जानकारी दिए ।
कार्यक्रममा लेखा तथा सुपरीवेक्षण समितिको वार्षिक प्रतिवेदन पस्किँदै संस्थाका लेखा संयोजक देवचन्द्र शिवाकोटीले कर्जा जोखिम कोषलाई नियमितरुपमा वृद्धि गर्दै लगिएको जानकारी दिए । उनले एकजना सदस्यलाई बढीमा एक करोड कर्जा लगानी गरिएको समेत जनाए । उनले संस्थाको सबल पक्ष देखाउँदै यस वर्ष पुँज तथा दायित्व ३६.३८ प्रतिशतले वृद्धि गरेको जानकारी दिए । संस्थाले राखेको वित्तीय लक्ष्य तथा कार्यक्रममा उल्लेख्य प्रगति गरेको देखाउँदै उनले गत वर्ष ५९ करोड ६५ लाख ८९३ नाफा गरेकोमा १ करोड ४८ लाख ७३ हजार २२५ रुपैयाँ नाफा गरेको देखाए ।
कार्यक्रमका प्रमुख अतिथि धरान उपमहानगरपालिकाका कार्यवाहक मेयर अइन्द्रविक्रम बेघाले धरानमा धेरै सहकारी आफ्नै कारण, नियमभन्दा बाहिर कारोबार गर्दा डुब्दै गएको बताए । उनले उद्यमशीलले देखाएको कारोबारले सहकारी मितव्ययी र नियम संगत ढंगले अघि बढेको बताए । उनले धरान उपमहानगरपालिकाले सहकारी नियमावली बनाएर सहकारीलाई व्यवस्थित बनाउन लागिएको जानकारी दिए । ‘यो कार्यपालिका बैठकमै यो नियमावली तयार हुने विषय अघि बढ्नेछ ।’ उनले भने ।
कार्यक्रममा बोल्दै सहकारी धरान नगर समन्वय समितिका अध्यक्ष नविन सुब्बाले उद्यमशील बचत अटल रहँदै धरानका सहकारीमध्ये नमूना सहकारी भनेर चिनाउँदै गएको बताए । कार्यक्रममा धरान–११ का वडाध्यक्ष लोकेन्द्र फागो, धरान–१० का वडाध्यक्ष विवेक राई, धरान–५ का वडाध्यक्ष मनप्रसाद लिम्बूलगायतले पनि बोलेका थिए ।
कार्यक्रममा विभिन्न व्यक्तित्वलाई सम्मान
कार्यक्रममा हाम्रो कोशी आवाज डटकमका सम्पादक–प्रकाशक शेखरनाथ जोगीलाई नगद १० हजार रुपैयाँसहित सम्मानपत्रले सम्मान गरेको छ । कार्यवाहक मेयर बेघाले उनलाई सम्मान गरेका थिए । असल तथा नियमित बचतकर्ता धरान–११ का बसन्त राई, धरान–१५ की कविता राई, धरान–१० का विपुल कार्की, धरान–५ की अम्विका राईलाई सम्मानपत्र र मायाको चिनोले सम्मान गरिएको थियो ।
यस्तै, असल नियमित बचत तथा ऋण सदस्य धरान–१० का हर्कबहादुर राई, धरान–१२ का रोशन कटुवाल, धरान–१५ की पूर्णदेवी श्रेष्ठ, बराहक्षेत्र–८ काराजन भण्डारी, बराहक्षेत्र–२ का महेश गुरागाईंलाई सम्मान गरिएको थियो । असल नियमित बचतकर्ता इटहरी–६ का माधवप्रसाद पाठक, इटहरी–४ की एलिना डाँगी, इटहरी–६ का धीरेन्द्र साह तेली, बेगबहादुर पराजुली, इटहरी–१७ का सुरेश चौधरी, इटहरी–६ का रामबहादुर खत्रीलाई पनि सम्मान गरियो ।
यस्तै उत्कृष्ट कर्मचारतर्फ धरान–१३ का जीवन राई, धरान–५ की वर्षा श्रेष्ठ, रामधुनी–१ का विवेक शाहलाई पनि नगदसहित सम्मान गरिएको थियो ।
तस्वीरहरुः हाम्रो कोशी आवाज

प्रकाशित मिति: असोज १८ २०८३, आइतबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend