Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानको औद्योगिक मेलाः मेलिना राईसँगै नाचे धराने, स्कुल डान्स आइडल पनि, जसले जिते ५० हजार पाउने (३५ फोटो)

हाम्रो कोशी आवाज
फाल्गुन २१ २०७६, बुधबार
धरानको औद्योगिक मेलाः मेलिना राईसँगै नाचे धराने, स्कुल डान्स आइडल पनि, जसले जिते ५० हजार पाउने (३५ फोटो)

धरानः धरानमा जारी औद्योगिक व्यापारिक मेला तथा जुत्ता–चप्पल मेलामा चर्चित राष्ट्रिय गायिका मेलिना राईको प्रस्तुतिमा धराने झुमेका छन् ।
९ बजे स्टेजमा पुगेकी उनले चर्चित गीत नै पस्किइन् । तिमीले बाटो फेरयौ अरे, चरी जस्तै, माछीले खाने खोलिको लेउ, कम्मरमाथि पटुकी, कसरी, गोजीमा दाम छैन, दार्ही फुल्यो बैंशमा र कुटुमा कुटु लगायतका आधा दर्जन बढी आफ्ना लोकप्रिय गीत पस्किइन् । मेलिनाका सबै गीतहरूमा दर्शकहरूले सँगसँगै गाएर साथै नाचेर पनि साथ दिएका थिए ।
यसअघि पनि चर्चित कलाकारले आफ्नो प्रस्तुति दिइसकेका छन् । मेलामा अहिलेसम्म दीपक लिम्बु, शिव लामिछाने, शिव परियार, गायिका तृष्णा गुरुङलगायतले प्रस्तुति दिइसकेका छन् ।
सुनसरी उद्योग वाणिज्य संघद्वारा आयोजित औद्योगिक व्यापार मेला २४ गतेसम्म चल्नेछ । दिउँसो मेला निःशुल्क गरिएको छ भने साँझ ५ बजेदेखि ५० रूपैयाँको टिकट काट्ने गरिएको छ । विद्यार्थीलाई ३० रूपैयाँमा टिकटको व्यवस्था गरिएको छ ।
मेलामा हुने कन्सर्टले जम्मा गर्ने भीडभाडले स्टलहरुका व्यापारलाई सहयोग गर्दै आएको मेलाको संयोजक शिवराज श्रेष्ठ बताउँछन् । प्रचारप्रसार संयोजक मानबहादुर विश्वकर्मा दियालीले गीत–सङ्गीतको कारण मेलामा साँझको व्यापार बढ्दो छ ।
यसअघि प्रदेश १ का सभामुख प्रदीपकुमार भण्डारी, सांसद जयकुमार राई, धरानका मेयर तिलक राई, प्रमुख जिल्ला अधिकारीलगायतले पनि मेला र मनोरञ्जनको अवलोकन गरेका थिए ।
अहिले मेलास्थलको पूर्वपट्टि जुत्ता–चप्पल मेला पनि लागिरहेको छ । सो मेलाको आकर्षणका कारण पनि औद्योगिक मेलामा चहलपहल बढेको छ ।
मेलामा धरानस्थित विद्यालयहरूबीच स्कुल डान्स आइडल आयोजना भइरहेको छ । कक्षा ५ देखि १० सम्मका विद्यार्थी प्रतिभाहरूबीच हुने स्कुल डान्स आइडल २०७६ का लागि १० जनाबीच प्रतिस्पर्धा हुनेछ । विजेताहरूलाई पुरस्कार ५० हजार, ५५१ र फष्ट रनरअपलाई २५ हजार ५५१ रुपैयाँ र सेकेण्ड रनरअपलाई १५ हजार ५५१ रुपैयाँ प्रदान गरिनेछ ।
फोटोः हाम्रो कोशी आवाज डटकम 

प्रकाशित मिति: फाल्गुन २१ २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend