Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा लाउरे अर्थात् चर्चित रयापर आशिष रानाको कन्सर्ट (भिडियोसहित)

हाम्रो कोशी आवाज
फाल्गुन २३ २०७६, शुक्रबार
धरानमा लाउरे अर्थात् चर्चित रयापर आशिष रानाको कन्सर्ट (भिडियोसहित)

धरानः धरानमा लाउरेको कन्सर्ट आयोजना भएको छ ।
धरानमा जारी औद्योगिक व्यापार मेला तथा जुत्ता–चप्पल मेलामा चर्चित रयापर आशिष राना (लाउरे) को कन्सर्ट आयोजना भएको हो । कन्सर्टमा धरानका युवायुवतीको निकै भिड लागेको थियो ।
कन्सर्टमा ८ हजार बढी युवायुवतीको उपस्थिति रहेको मेला संयोजक शिवराज श्रेष्ठले जानकारी दिए । ९ बजेतिर मात्र लाउरे स्टेज उक्लेका थिए । धराने दर्शकको हुटिङ र जोश देखेर लाउरे पनि मख्ख थिए । ‘धरान र पोखरा जोशिलो लाग्छ’, स्टेजमै उनले भने, ‘धेरै माया र सपोर्ट पाउँदा धेरै खुशी लागेको छ ।’
उनले आधा दर्जन बढी गीत गाएर धरानेलाई उचाले । धराने पनि धूलो उडाउँदै नाचेका थिए । आज मेलामा राजेशपायल राई आउने भएका छन् । मेला भोलि शनिबारसम्म चल्नेछ । 

प्रकाशित मिति: फाल्गुन २३ २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend