Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानका कलेजभरि ‘नयाँ मिस नेपाल २०२०’ खोजिने, आइन् पूर्व मिस नेपाल निकिता

हाम्रो कोशी आवाज
चैत्र २ २०७६, आइतबार
धरानका कलेजभरि ‘नयाँ मिस नेपाल २०२०’ खोजिने, आइन् पूर्व मिस नेपाल निकिता

धरानः हिडन ट्रेजरले आयोजना गरेको मिस नेपाल २०२० को खोजी धरानमा पनि हुने भएको छ ।
पूर्वको अडिसनअन्तर्गत धरानमा पनि अडिसन हुने भएको छ । अडिसनपूर्व आयोजकले धरानका कलेजभरी विभिन्न कार्यक्रम पनि आयोजना गर्नेछ । धरानका विभिन्न कलेज पुग्दै अडिसनबारे जानकारी गराइने भएको छ ।
आइतबार धरानमा आयोजित पत्रकार सम्मेलनमा धरानका युएन कलेज, हात्तिसार क्याम्पस, धरान सिटी, धरान मोडल कलेजमा अन्तक्र्रिया गर्ने आयोजकले जनाएको छ ।
मिस नेपाल २०१७ की विजेता निकिता चन्दक र मिस नेपाल अर्थ २०२० विजेता रिया बस्नेतलगायत टोलीले कलेज पुगेर अन्तरक्रिया साथै अडिसनबारे जानकारी गराउने कार्यक्रम छ । अडिसन भने मङ्गलबार नै धरानस्थित गोर्खा डिपार्टमेन्ट स्टोरको हलमा हुने आयोजकले जनाएको छ । ‘हाम्रो खोजी मिस नेपालकै हो, हार जीत भनेको भइहाल्छ तर पनि अनुभव लिन साथै व्यक्तित्व बनाउन भएपनि अडिसनमा भाग लिन जरुरी छ’, चन्दकले भनिन् । यो नेपालकै ठूलो सौन्दर्य प्रतियोगिता हो ।

प्रकाशित मिति: चैत्र २ २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend