Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

नेपालमा कोरोना संक्रमितको संख्या ३५७

हाम्रो कोशी आवाज
जेष्ठ ५ २०७७, सोमबार
नेपालमा कोरोना संक्रमितको संख्या ३५७

धरानः नेपालमा कोरोना भाइरस (कोभिड–१९) का संक्रमित अहिलेसम्मकै उच्च संख्यामा देखिएका छन् ।
संक्रमित थपिएर अहिलेसम्मकै उच्च संक्रमण संख्या रेकर्ड कायम भएको छ । भेरी अस्पतालस्थित प्रयोगशालामा १९० जनाको परीक्षण गर्दा ४७ जनाको रिपोर्ट पोजेटिभ आएको छ । सोमबार बाँकेमा थप ४७ सहित थप ५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले जानकारी दिए ।
यसैगरी अन्य विभिन्न जिल्लामा ६ जना थपिएका छन् । यो सँगै नेपालमा संक्रमितको संख्या ३५७ पुगेको छ। उनीहरु बाँकेका नै रहेको उल्लेख छ ।

प्रकाशित मिति: जेष्ठ ५ २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend