Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

कोरोनाको खोपले अपेक्षा बढी काम गर्न थालेको दावी

हाम्रो कोशी आवाज
जेष्ठ ६ २०७७, मंगलबार
कोरोनाको खोपले अपेक्षा बढी काम गर्न थालेको दावी

धरानः कोरोनाको खोपले काम गर्न थालेको दावी गरिएको छ ।
नेसनल इन्स्टिच्युट अफ हेल्थको साझेदार बायोटेक कम्पनी ‘मोडेर्ना’ ले बनाएको यो खोपले अपेक्षा गरिएभन्दा बढी काम गरेको वैज्ञानिकले बताएका छन् । यो खोप अमेरिकामा कोरोना भाइरसविरुद्ध मानिसमा गरिएको पहिलो चरणको परीक्षण खोप हो ।
‘एमआरएनए १२७३’ नामक खोपले शरीरमा असर पनि कम गरेको पाइएको मोडेर्नाले जनाएको छ । उसका अनुसार खोप लगाइएका मानिसमा कोरोना भाइरससँग लड्ने प्रतिरोधी क्षमता निको भइसकेका बिरामीको बराबर वा त्यसभन्दा ज्यादा पाइएको छ ।
पहिलो चरणमा ८ स्वस्थ व्यक्तिमा गरिएको परीक्षण नतिजा सार्वजनिक गर्दै मोडर्नाले भनेको छ, ‘८ स्वस्थ स्वयंसेवीमा गरिएको परीक्षणबाट यो खोप सुरक्षित देखिनाका साथै रोग प्रतिरोधक क्षमता बढाउन सफल भएको छ ।’ मोडेर्नाका प्रमुख कार्यकारी अधिकृत स्टिफन बैसेलले तत्काल अब योभन्दा उत्तम नतिजाको आशा गर्न नसकिने दाबी गरेका छन् ।
तर यो खोप थप परीक्षणपछि मात्र बजारमा आउन सक्ने कम्पनीका प्रमुख मेडिकल अफिसर डा. ताल ज्याक्सले बताएका छन् । आगामी परीक्षण पनि सफल भए सन् २०२१ को जनवरीसम्ममा खोप सर्वसाधारणका लागि उपलब्ध हुने उनले जानकरी दिएका छन् ।
दोस्रो चरणको परीक्षण खोप कम्पनीले छिट्टै गरिने कम्पनीले जानकारी दिएको छ । दोस्रो चरणमा ६ सय जनालाई खोप लगाइनेछ । त्यसपछि जुलाइमा तेस्रो चरणको परीक्षण खोप हजार जना स्वस्थ व्यक्तिलाई लगाइने उत्पादक कम्पनीले जनाएको छ । यो खोप परीक्षणमा सहभागी विज्ञले पनि ठूलो उपलब्धि मान्दै आएका छन् ।
-एजेन्सीको सहयोगमा

प्रकाशित मिति: जेष्ठ ६ २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend