Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

सुनसरीकी प्रतिभा: जसले भारतमा जितिन्

हाम्रो कोशी आवाज
जेष्ठ १० २०७७, शनिबार
सुनसरीकी प्रतिभा: जसले भारतमा जितिन्

धरानः सुनसरी इनरुवाकी प्रतिभा राठीद्वारा लिखित छोटो चलचित्र ‘स्पेसल डे’ ले अन्तर्राष्ट्रिय अवार्ड हात पारेको छ ।
दिल्लीमा मास कम्युनिकेसनमा मास्टर गरेकी राठीद्वारा लिखित छोटो चलचित्र ‘स्पेसल डे’ ले दशौ दादा सहाब फालके फिल्म फेस्टिबल २०२० को अवार्ड हात पारेकी हुन् ।
उनले टैगोर इन्टरनेशनल फिल्म फेस्टिभल २०२० मा बेस्ट फिल्म अन वुम्यान र डेब्यु फिल्ममेकर अवार्ड हात पारेकी हुन् । चलचित्र कल्चर क्रिटिक अवार्ड २०२० को विनर बनिसकेको छ भने न्युयोर्क मुभि अवार्ड २०२०को फाइनालिस्ट, कोच फिल्म फेस्टिभल २०२० को सेमि फाइनालिस्ट, बेस्ट फिल्म अफ दि इयर इन सर्टेड फिल्म फेस्टिभलहरुमा सहभागी भइसकेको छ ।
आमा छोराको सम्बन्धमा आधारित रहेको यस चलचित्रमा कलर टिभी बाट प्रशारण हुने खतरो के खिलाडि सिजन ८ को बिजेता सान्तनु महेश्वरी र बलिवुडकी चरित्र अभिनेत्री शिबा चंडाको मुख्य भूमिका रहेको छ भने यस छोटो चलचित्रको निर्माता प्रशान्त सिंह र निर्देशन अजय शिवानी ले गरेका हुन् ।
चलचित्रकी लेखिका प्रतिभा इनरुवाका पुराना ब्यापारी प्रकाश राठिका छोरी हुन । सानैदेखि लेख, रचनामा रुचि राख्ने प्रतिभाले इपिएस स्कुल काठमाडौबाट एसएलसी उत्तीर्ण गरेकी हुन् भने भारतको सिलिगुडी बाट इन्टर अध्ययन गर्दै उनले कलकत्ता बाट इङ्लिसमा ब्याचलर गरेकी हुन् ।
मास कम्युनिकेसनमा मास्टर सकेर उनले इन्डिया टुडे र द हिन्दु मा काम गर्दै उनी द हिन्दु को ब्रान्च अफिस मुम्बई पुगेकी थिइन् । मुम्बइमा रहँदा लेखेको ‘स्पेसल डे’ को कथा साथिहरुले मन पराएपछि छोटो चलचित्र बनेको थियो ।

प्रकाशित मिति: जेष्ठ १० २०७७, शनिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend