लामखुट्टेलाई मलेरिया गराउने प्लाज्मोडियम परजीविबाट पूर्ण रुपमा जोगाउन सकिने जीवाणु पत्ता लागेको वैज्ञानिकले बताएका हुन् ।
केन्या र बेलायतका वैज्ञानिकको समूहले यो उपलब्धीले मानिसमा मलेरियाको संक्रमण रोक्ने पक्षमा अति ठूलो सम्भावना प्रसस्त गरेको बताएको छ ।
प्लाज्मोडियम परजीविबाट संक्रमित भएको लामखुट्टेको टोकाइबाट मानिसमा मलेरिया सर्छ । यसले गर्दा लामखुट्टेलाई नै मलेरियाबाट जोगाउँदा मानिससम्म सो रोग आउन नसक्ने वैज्ञानिकको भनाई छ।
वैज्ञानिकहरुले अहिले संक्रमित लामखुट्टे जंगलमा छोड्ने वा रोग नियन्त्रणमा लिनका लागि जीवाणुको बिस्तार गर्ने भन्ने बारे अनुसन्धान गरिरहेका छन् । सो जीवाणु किटाणूहरुको मलद्वार तथा गुप्ताङ्गमा पाइन्छ ।
वैज्ञानिकहरुले माइक्रोस्पोरिडिया एमबी नामको मलेरिया–ब्लकिङ्ग बग विकास गरेका हुन् । केन्याको भिक्टोरिया तालको किनारमा रहेका लामखुट्टेको अध्ययन गरेर उनीहरुले सो जीवाणुको विकास गरेका हुन् ।
माइक्रोस्पोरिडिया एमबी जीवाणु युक्त कुनै पनि लामखुट्टेमा मलेरिया गराउने प्लाज्मोडियम परजीविले आश्रय लिन नपाएको वैज्ञानिकले बताएका छन् ।