Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

विद्यार्थीले बनाए चालक आफैले खाएको रक्सी चेक गर्ने मेसिन

हाम्रो कोशी आवाज
मंसिर १९ २०८१, बुधबार
विद्यार्थीले बनाए चालक आफैले खाएको रक्सी चेक गर्ने मेसिन

धरानः कोशी प्रदेश सरकारको मनमोहन प्राविधिक विश्वविद्यालयको आंगिक शिक्षालय मनमोहन पोलिटेक्निकका विद्यार्थीहरुले आफैले चलाउने सवारीमा चालक आफैले आफनो अल्कोहल टेष्ट गर्नसक्ने उपकरण निर्माण गरेका छन् ।
पोलिटेक्निकको डिप्लोमा मेकानिकल तर्फका तेस्रो वर्षका विद्यार्थीले ६ महिना लगाएर कुनैपनि सवाारीमा जडान गरेर चालकले कति प्रतिशत अल्कोहल (रक्सी) खाएको छ र चलाउन सकने अवस्थामा छ छैन भन्ने पत्ता लगाउन सक्ने उपकरण बनाएका हुन् ।
विद्यार्थीहरुका अनुसार अल्कोहल उपकरणलाई स्तरोन्नति गरेर कार, वाइक, बस, ट्रक जुनसुकै सवारीको इन्जिनमा जडान गर्न सकिन्छ । यदि चालकले ४० प्रतिशत भन्दा बढी रक्सी सेवन गरेको रहेछ भने उक्त उपकरणले तत्काल सिग्नल दिन सक्छ । जसले ‘तिमीले धेरै रक्सी खाएका छौ यसैले सवारी चलाउन योग्य छैनौ’ भन्ने सन्देश दिन्छ । यसैले यो उपकरणले दुर्घटना न्युनीकरण गर्न सहयोग पुरयाउने पोलिटेक्निकका इन्जिनियर तथा शिक्षक दीपेन्द्र यादवले बताए । उनका अनुसार चालु शैक्षिक सत्र मेकानिकल इन्जिनियरिङ तेस्रो वर्षका विद्यार्थीहरूले विभिन्न पाँचवटा अविष्कारहरु गरेका छन् ।
गियरवाला विद्युतीय मोटरसाइकल पनि बनाए
यसैगरी पोलिटेक्निककै इन्जिनियरिङतर्फका विद्यार्थीहरुले गियरवाला विद्युतीय मोटरसाइकल पनि निर्माण गरेका छन् । विद्यार्थीहरूका अनुसार हाल बजारमा सञ्चालन भइरहेका इलेक्ट्रिक मोटरसाइकलहरूमा गियरको प्रबन्ध छैन । यो प्रविधिलाई स्तरोनोन्तरी गरेर बजारमा गियरवाला मोटरसाइकल सञ्चालन गर्न सकिने शिक्षक तथा इन्जिनियर रामकुमार यादवले जानकारी दिए । इन्जिनियर रामकुमार यादवका अनुसार चालु वर्ष इन्जिनियरिङतर्फका विद्यार्थीले ५ वटा र इलेक्ट्रिक इन्जिनियरिङतर्फका विद्यार्थीले विभिन्न ३ वटा आविष्कारहरू प्रदर्शन गरेका छन् ।
विद्यार्थीहरूले सोमबार पोलिटेक्निक परिसरमा बेट्रीबाट चल्ने ह्रिव्यल चेयर, हाइड्रो पावर, ट्रान्सफरमर इलेक्ट्रिक कन्ट्रोलर र स्वचालित कार , अल्कोहल टेष्ट डिभाइस, गियरवाला इलेक्ट्रिक मोटरसाइकल आदि विभिन्न अविष्कारहरू प्रर्दशन गरेका छन् ।
विद्यार्थीहरुले गरेको अविष्कारको प्रदर्शन विश्वविद्यालयका उपकुलपति डा. सुवासश्री पोखरेल रजिष्टार डा. दिलनाथ फुयाँल, उद्योगी सोम घिमिरे, सामाजिक विकास मन्त्रालयका उपसचिव फणिन्द्र खत्री लगायतले अवलोकन गरेका थिए ।

 

प्रकाशित मिति: मंसिर १९ २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend