Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

नेपालमा कोरोनाः २० देखि ४० वर्ष उमेरका बढी, महिला कम, पुरुष बढी संक्रमित

हाम्रो कोशी आवाज
जेष्ठ २० २०७७, मंगलबार
नेपालमा कोरोनाः २० देखि ४० वर्ष उमेरका बढी, महिला कम, पुरुष बढी संक्रमित

काठमाडौंः नेपालमा कोरोना संक्रमितहरुको संख्या २,०९९ पुगेको छ । मङ्गलबार थपिएका २८८ सँगै संख्या २ हजार ९९ पुगेको छ । तीमध्ये पुरुष एक हजार ९४९ र महिला १५० छन् ।
सरकारी आँकडाअनुसार यो उमेर समूहका एक हजार २ सय ७४ जना संक्रमित छन् । त्यसमा पनि २० देखि ३० उमेर समूहकाको संख्या ८ सय रहेको छ । १० वर्षसम्म उमेरका ५५ र ११ देखि २० वर्ष उमेरका चार सय ८६ जना संक्रमित छन् ।
४१ देखि ५० वर्ष उमेरका एक सय ९१, ५१ देखि ६० वर्ष उमेरका ६३ जना, ६१ देखि ७० उमेर समूहका २३ जना, ७१ देखि ८० उमेर समूहका ६ जना र ८१ वर्षभन्दा माथीको उमेरका एक जना संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
सरकारको पछिल्लो तथ्यांकअनुसार नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २ हजार नाघेको छ । २ हजार ९९ जना संक्रमित भएकामध्ये २ सय ६६ जना निको भएका छन् भने ८ जनाको मृत्यु भएको छ । एक हजार ८ सय २५ जना संक्रमित उपचाररत छन् । मंगलबार मात्र नेपालमा कोरोनाका नयाँ संक्रमित २ सय ८८ जना थपिएका छन् ।
लगातार दोस्रो दिन २ सयभन्दा बढी संक्रमित थपिएका हुन् । भाइरसको सबैभन्दा बढी प्रभाव देखिएको युरोप र अमेरिकामा ६० वर्षभन्दा बढी उमेरका मानिसहरु जोखिममा रहेको पाइएपनि नेपालमा भने २० देखि ४० वर्ष उमेरबीका मानिसहरु बढी प्रभावित देखिएका छन् ।

प्रकाशित मिति: जेष्ठ २० २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend