Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

कोरोना संक्रमण: खराब मुलुकको सूचीमा नेपाल ८५ औं स्थानमा उक्लियो

हाम्रो कोशी आवाज
जेष्ठ २३ २०७७, शुक्रबार
कोरोना संक्रमण: खराब मुलुकको सूचीमा नेपाल ८५ औं स्थानमा उक्लियो

काठमाडौंः कोरोना संक्रमणको खराब मुलुकको सूचीमा नेपाल ८५ औँ स्थानमा उक्लिएको छ। बिहीवार ३ सय ३४ नयाँ संक्रमित थपिएसँगै खराब मुलुकको सूचीमा नेपाल ८५ औँ स्थानमा पुगेको हो । तीन दिन अघिसम्म नेपाल एक सयभन्दा पछाडि नै थियो।
विश्वभर २ सय १५ मुलुक कोरोना संक्रमणबाट गुज्रिरहेका छन्। त्यसमध्ये ९७ मुलुकमा १ हजारभन्दा कम संक्रमित छन्। कोरोना संक्रमितको संख्यालाई हेर्ने हो भने ग्रिस, एल साल्भाडोर, हैटीभन्दा नेपाल पछिपछि रहेको छ।
नेपालमा हालसम्म २६ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १० जनाको मृत्यु भइसकेको छ ।

प्रकाशित मिति: जेष्ठ २३ २०७७, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend