काठमाडौंः नेपालमा शुक्रबार थप दुई सय ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या दुई हजार नौ सय १२ पुगेको छ ।
शुक्रबार थपिएका संक्रमितमा ८ महिने बालक पनि रहेका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार सुनसरीका २१, झापाका ३१, मोरङका ६, अर्घाखाँचीका १, नवलपरासीका २, पाल्पाका १, रुपन्देहीका १८, सिन्धुलीका २, बाराका ३, तनहुँका २, भोजपुरका ५, कैलालीका ४, अछामका १,बझाङका १, डढेलधुराका ५, रामेछापका १८, काभ्रेका ५, दैलेखका ९०, गोर्खाका १, सुर्खेतका १,दाङका १, धनुषाका ४, गुल्मीका १, कपिलवस्तुका ४४,कास्कीका १, महोत्तरीका १७ र रौतहटका ६ जना संक्रमित थपिएका हुन् ।
संक्रमित भएकामध्ये २६७ जना पुरुष र ११ जना महिला छन् । यस्तै संक्रमित जिल्ला पनि ६८ पुगेको छ । गोर्खा, कास्की र हुम्लामा पहिलोपटक संक्रमण पुष्टि भएको हो ।
संक्रमितमध्ये निको भएर घर फर्किनेको संख्या तीन सय ३३ पुगेको छ भने ज्यान गुमाउनेको संख्या ११ पुुगेको छ ।