Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

नेपालमा संक्रमित ३२३५

हाम्रो कोशी आवाज
जेष्ठ २४ २०७७, शनिबार
नेपालमा संक्रमित ३२३५

धरानः कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट नेपालमा थप दुईजनाको मृत्यु भएको भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मन्त्रालयका प्रवक्ता विकास देवकोटाले दुईजनाको मृत्यु भएको पुष्टि गरेका छन् । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १३ जना पुगेको छ । मृत्यु पुष्टि भएका एकजना कैलाली धनगढीकी एक महिला र डोल्पाका एक पुरुष हुन् ।
यस्तै, पछिल्लो २४ घण्टामा नेपालमा थप ३२३ जनामा कोरोना पुष्टि भएको छ । जसमध्ये २ सय ८६ जना पुरुष र ३७ जना महिला रहेका छन् ।
शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालया प्रवक्ता डा. विकास देवकोटाले देशभरका परीक्षण केन्द्रमा गरिएको परीक्षणमा थप ३२३ जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको बताए ।
संक्रमितमध्ये २८६ पुरुष र ३७ जना महिला रहेका छन् । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या ३ हजार २ सय ३५ पुगेको छ भने डिस्चार्ज हुनको संख्या ३६५ जान पुगेको छ । पछिल्लो तथ्यांकअनुसार ३२ जना डिस्चार्ज भएका छन् ।
प्रवक्ता देवकोटाका अनुसार पछिल्लो २४ घण्टामा ३२ जना निको भएर घर फर्किएका छन् । उनीहरुमध्ये ५ जना महिला र २७ जना पुरुष रहेका छन् । यससँगै कुल निको हुनेको संख्या ३ सय ६५ पुगेको छ ।
अहिलेसम्म कोरोना भाइरसको आशंकामा कुल ९२ हजार ४ सय ७७ पीसीआर परीक्षण भएको छ । त्यस्तै, १ लाख ३७ हजार ४ सय ३५ आरडिटी परीक्षण भएको छ । पछिल्लो २४ घण्टामा ४ हजार १ सय ११ पीसीआर परीक्षण भएको छ भने ५ हजार ५ सय ७० आरडिटी परीक्षण भएको छ ।
देशभर १ लाख ६८ हजार ३१ जना क्वारेन्टाइनमा रहेका छन् । यस्तै, देशभर २ हजार ८ सय ५७ जना संक्रमितको आइसोलेसनमा उपचार भइराखेको मन्त्रालयले जनाएको छ ।
संकटकाल घोषणाको तयारी
नेपालमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि नेपालमा स्वास्थ्य संकटकाल घोषणा गर्ने सरकारले तयारी गरेको छ ।२ हजारभन्दा बढी कोभिड १९ को एक्टिभ केस भएपछि गत बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा बसेको बैठकले जनस्वास्थ्य संकटकाल घोषणा गर्नका लागि मन्त्रीपरिषदमा प्रस्ताव गर्ने निर्णय गरेको थियो ।
स्वास्थ्य क्षेत्र विपद् व्यवस्थापन योजनामा २ हजारभन्दा बढी संक्रमित भेटिए जनस्वास्थ्य सेवा ऐन २०७५ को दफा ४८ को उपदफा ४ बमोजिम जनस्वास्थ्य विपद् अवस्था घोषणा गर्न सकिन्छ । स्वास्थ्य मन्त्रालयले कोभिड १९ संक्रमितको संख्या बढ्दै गएपछि उपचार पहिचान नियन्त्रण गर्न जनशक्ति, अस्पतालमा बेड, क्वारेन्टाइनको क्षमता नपुग्ने भएपछि स्वास्थ्य संकटकाल घोषणा गर्ने तयारी थालेको हो ।
कोरोना संक्रमितको संख्या बढ्दै गएर स्वास्थ्यकर्मीको अभाव, अस्पतालमा भेन्टिलेटर, आइसोलेसन, बेड र क्वारेन्टाइनको अपुग भएपछि स्वास्थ्य संकटकालको घोषणा गरिन्छ ।
तीव्र रुपमा रोग फैलिएर पहिचान उपचार तथा नियन्त्रण गर्न स्वास्थ्य पूर्वाधारको नपुगसँगै धनजनको क्षति भई जोखिम बढेपछि स्वास्थ्य संकटकालको घोषणा गरिने जनस्वास्थ्यविद् एवं इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डाक्टर बाबुराम मरासिनीले बताए ।

प्रकाशित मिति: जेष्ठ २४ २०७७, शनिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend