दमकः झापाको दमक नगरपालिका–१ को भित्री सडक खण्डमा पिकअप गाडीले पैदल यात्रीलाई ठक्कर दिंदा पैदल यात्री दमक नगरपालिका–१ का ७८ का दुर्गाप्रसाद अधिकारीको मृत्यु भएको छ । आज दिउँसो पौने ४ बजेको समयमा प२र्वबाट पश्चिमतर्फ जाँदै गरेको मे१च ९१७ नम्बरको पिकअपले ठक्कर दिंदा घाईते भएका अधिकारीको लाईफ लाईन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ । ठक्कर दिने पिकअप र चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ ।