Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

नेपालमा संक्रमित ४०८५, सुनसरीका एकसहित थपिए ३२३, इलाममा पहिलोपटक देखियो

हाम्रो कोशी आवाज
जेष्ठ २७ २०७७, मंगलबार
नेपालमा संक्रमित ४०८५, सुनसरीका एकसहित थपिए ३२३, इलाममा पहिलोपटक देखियो

काठमाडौंः नेपालमा मंगलबार ३२३ जना कोरोना संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले ३२३ जना संक्रमित थपिएको नियमित प्रेस बिफ्रिङका क्रममा मंगलबार जानकारी दिए । उनीहरु मध्ये २९२ जना पुरुष र ३१ जना महिला रहका छन् । यो सँगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या ४०८५ पुगेको छ ।
डा. गौतमका अनुसार अस्पतालबाट डिस्चार्ज हुनेको संख्या ५८४ रहेको छ । उनीहरु मध्ये ५०७ जना पुरुष र ७७ जना महिला रहेका छन् ।
थपिएका संक्रमित कहाँका ?
संक्रमित हुनेमा प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा ३ जना, इलामका १ जना, सुनसरीका १ जना, सप्तरीका ७ जना, चितवनका २४ जना, नवलपुरका १५ जना, धादिङका १ जना, कपिलवस्तुका १० जना, म्याग्दीका १ जना, बागलुङ ११ जना र धनुषाका ४५ जना रहेका छन् । इलाम जिल्लामा पहिलो पटक संक्रमण देखिएको हो ।
त्यसैगरी महोत्तरीका ५० जना, सर्लाहीका १ जना, दाङका ६ जना, बाँकेका ९ जना, जुम्लाका २ जना, सल्यानका १२ जना, सुर्खेतका ४ जना, दार्चुलाका १० जना, कन्चनपुरका १९ जना, डडेलधुराका ७ जना, कैलालीका १ जना, रुपन्देहीका २० जना, नुवाकोटका २ जना, रौटहटका २१ जना, सर्लाही १६ जना र सिरहाका १२ जनामा संक्रमण देखिएको छ ।
संक्रमित भएका जिल्ला कति ?
हाल संक्रमित भएका जिल्लाको संख्या ७२ पुगेको छ ।
कोरोना जित्ने कति ?
कोरानालाई जितेर पछिल्लो २४ घण्टामा ८ महिला ८८ पुरुष गरी ९६ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या ५८४ पुगेको छ ।

प्रकाशित मिति: जेष्ठ २७ २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend