Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

नक्सा संशोधनको विषय साझाः प्रधानमन्त्री

हाम्रो कोशी आवाज
जेष्ठ २८ २०७७, बुधबार
नक्सा संशोधनको विषय साझाः प्रधानमन्त्री

धरानः प्रधानमन्त्री केपी शर्मा ओलीले छुटेको भूभाग समेटेर नक्सा संशोधन गर्ने विषय सबैको साझा जसको विषय भएको बताएका छन् ।
बुधबार प्रतिनिधिसभामा सम्बोधन गर्दै ओलीले संविधान संशोधन र अतिक्रमित भूमी फिर्ता गर्ने विषय आम नेपालीको साझा जसको विषय भएको बताएका हुन् ।
नक्सा संशोधनको विषयमा मंगलबार संसदमा देखिएको एकता राष्ट्रिय एकताका पक्षमा असाधरण भएको भन्दै ओलीले खुशी व्यक्त गरे ।
‘यस मामिलामा हाम्रो संसद एक जुट छ । साझा चुनौतीहरुको सम्बोधन गर्न एकताबद्ध भएर अघि बढ्न सक्छौं । संसदमा रहेका सबै राजनीतिक दल र मानीय ज्यूहरुप्रति हार्दिक धन्यवाद तथा आभर व्यक्त गर्दछु ।’
भौगोलिक अखण्डता कायम गर्नका लागि सबै राजनीतिक दल जनताको भावनाअनुसार अगाडि बढ्नुपर्ने आवश्यकता रहेको प्रधानमन्त्रीको भनाइ थियो । संसदीय प्रणाली र बहुदलीय व्यवस्थामा राष्ट्रिय एकता विरलै देखा पर्ने भए पनि नेपालका राजनीतिक दलहरूले भने पटकपटक यसरी राष्ट्रिय एकताको प्रदर्शन गरेका देखाएको प्रधानमन्त्रीले दाबी गरे ।
बुधबार संसदमा विनियोजन बजेटमाथि उठेका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले भौगोलिक अखण्डता र आफ्नो भूमिमा हक स्थापित गर्ने साझा प्रयास भएको बताए । ‘पूर्खाले यो देश लडेर बनाएका हुन्, बचाएका हुन् । आज हामी अडे मात्र हाम्रो भौगोलिक अखण्डता स्थापित गनर्ज सक्छौं,’ उनले भने, ‘अड्ने कुरामा राष्ट्र एक देखिएको छ र संसदले जनभावना मुखरित गरेको छ ।’

प्रकाशित मिति: जेष्ठ २८ २०७७, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend