Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

सुनसरीका तीनसहित थपिए संक्रमित

हाम्रो कोशी आवाज
जेष्ठ २९ २०७७, बिहिबार
सुनसरीका तीनसहित थपिए संक्रमित

काठमाडौंः २४ घण्टाको अवधिमा फेरि कोरोना संक्रमित थपिएका छन् ।
घण्टामा नेपालमा २५० कोरोना संक्रमित थपिएका छन् । संक्रमितमध्ये २३० जना पुरुष रहेका छन् भने २० जना महिला छन् । योसँगै नेपालमा कोरोनाभाइरसका संक्रमितको संख्या ४६१४ पुगेको छ ।
सरकारले पछिल्लो समय पिसिआर प्रविधिबाट दैनिक झन्डै ४ हजार ५ सयका दरले परीक्षण गरिरहेको छ । अहिलेसम्म १ लाख १५ हजार ९ सय ३० जनाको पिसिआरबाट परीक्षण गरिएको छ ।
बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा देशभर गरेर २५० जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको बताए ।
स्वास्थ्य मन्त्रालयका अनुसार सुनसरीका ३, रौतहटका ४२, बाराका ७, धादिङका ७, सर्लाहीका ४, सप्तरीका ९, रौतहटका १५, महोत्तरीका ४, झापाका ३, दाङका ८, रोल्पाका १४, बाँकेका १३, दैलेखका ४८, सुर्खेतका ७, कपिलवस्तुका १, प्युठानका ४, रुपन्देहीका २९, कैलालीका ७, बाजुराका १८, बझाङका २, नवलपरासीका ६ र कपिलवस्तुका १जना संक्रमित थपिएका हुन् ।
तीमध्ये ८६१ जना डिस्चार्ज भएका छन् भने १५ जनाले ज्यान गुमाएका छन् । संक्रमितमध्ये ४ हजार २८५ पुरुष र ३२९ महिला रहेका छन् ।

प्रकाशित मिति: जेष्ठ २९ २०७७, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend