धरानः सरकारले लकडाउन खोल्दै जाने निर्णय सार्वजनिक गरेको छ ।
कोरोना संक्रमण कायमै रहेको भन्दै सरकारले चरणबद्ध रुपमा विभिन्न क्षेत्रहरुलाई खुला गर्ने निर्णय गरेको सरकारका प्रवक्ता, अर्थ तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए ।
सरकारी कार्यालय, निजी सवारी साधान, उद्योग व्यापार व्यवसाय, डिर्पाटमेण्ट स्टोर, सबै प्रकारका ढुवानी, पैदल आवागनमन गर्न खुला गर्ने निर्णय गरेको छ ।
त्यस्तै, सरकारले साइकल र मोटर साइकल चल्न दिने, बैंक, वित्तिय संस्था, बिमाका कार्यालय खोल्न पाइने, विकास आयोजनाहरु सञ्चालन गर्न पाइने र रेस्टुरेन्ट प्याकिङ दिने गरी खोल्न दिने निर्णय गरेको प्रवक्ता खतिवडाले जानकारी दिए । सरकारले झण्डै तीन महिनादेखि जारी लकडाउनलाई खुकुलो बनाउने निर्णय गरेको छ ।
बिहीबार सञ्चार मन्त्रालययमा मन्त्रिपरिषद्का निर्णयाबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा मन्त्री खतिवडाले लकडाउनलाई केही खुकुलो बनाइएको बताए ।
मन्त्रिपरिषद बैठकले उद्योग, व्यवसाय, पसल र डिपार्टमेन्ट स्टोर्सहरु खुल्ला गर्ने निर्णग गरेको छ । यसअघि अनावश्यक कामका लागि बाहेक पैदल यात्रामा रोक लगाएको सरकारले पैदल यात्रा खुला गरेको छ भने मोटरसाइकल र साइकल चलाउन दिने निर्णय गरेको छ ।
यी क्षेत्र सञ्चालनमा आउने
स्वास्थ्यसँग सम्बन्धित सबै सेवा (निजी क्लिनिकसमेत)
कृषि क्षेत्रः उत्पादनदेखि वितरणसम्म
उद्योग व्यापार, व्यसाय, पसल, डिपार्टमन्ट स्टोर्स खुल्ला गर्ने
सबै प्रकारका ढुवानीहरु सञ्चालनमा ल्याउने
व्यक्तिको पैदल आवागमन खुला
साइकल र मोटरसाइकल (मोटरसाइकलमा १ जना) सवारी गर्न पाइने
उपत्यकाभित्रको हकमा उपत्यकाका तीन जिल्ला र अन्य जिल्लामा सम्बन्धित जिल्लाभित्रका निजी सवारी साधनमा जोरबिजोर प्रणाली लागू हुने
फोहारमैला व्यवस्थापन काम यथावत रुपमा अगाडि बढ्ने
बैंक तथा वित्तीय संस्था
नर्सरी र वनजन्य उद्यमहरु
विकास आयोजनाहरु
रेस्टुरेन्टबाट खानेकुरा लैजान पाइने (टेक अवे सर्भिस)
क्वारेन्टिनका लागि तोकिएका होटल र यातायात सञ्चालन गरिने
सरकारी कार्यालयहरु सञ्चालन गरिने
शिक्षण संस्थाका कार्यालय सञ्चालन गरिने
गैरसरकारी संस्थाका कार्यालयहरु सञ्चालन गरिने
सार्वजनिक तथा जोरबिजोर प्रणालीमा लागू हुनेगरी निजी सेवा प्रदायक कार्यालयहरुका गाडी सञ्चालन गर्न पाइने
तर सरकारले १३ वटा क्षेत्रलाई भने तत्कालन नखोल्ने निर्णय गरेको छ ।
ती निम्नअनुसार छन्ः
शैक्षिक संस्था, विद्यालय, विश्वविद्यालय, ट्युसन सेन्टर र तालिम केन्द्र,
अनुमति प्राप्तबाहेक आन्तरिक र अन्तर्राष्ट्रिय उडान,
तोकिए बाहेकका अन्तराष्ट्रिय सीमा नाकाबाट हुने आवतजावत,
सबै प्रकारका तालिम, गोष्ठी, सभा र सेमिनार,
सबै प्रकारका प्रदर्शन भेला र सम्मेलन,
सिनेमाहल, पार्टी प्यालेस, डान्स बार लगायतका मनोरञ्जनस्थल,
सार्वजनिक पुस्तकालय, संग्रहालय, चिडियाखाना, सैलुन र ब्युटीपार्लर,
स्विमिङ पुल, जिमखानालगायत हेल्थ क्लब,
सपिङ महल,
समूहमा खेलिने खेलकुद र खेलमैदानमा हुने प्रस्तुति,
सबै धार्मिक तथा सार्वजनिक स्थलहरु