Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

संक्रमित आमाको दूधबाट बच्चामा कोरोना सर्दैन

हाम्रो कोशी आवाज
जेष्ठ ३१ २०७७, शनिबार
संक्रमित आमाको दूधबाट बच्चामा कोरोना सर्दैन

विश्व स्वास्थ्य संगठन डब्लूएचओका प्रमुख डाक्टर टेड्रोस एडह्यानम गिब्रिएसुसले कोरोना पोजिटिभ आमाको दूधबाट नवजात शिशुमा कोरोना नसर्ने बताएका छन्।
टेड्रोसले आमाहरुलाई ढुक्क भएर आफ्ना बच्चालाई स्तनपान गराउन आग्रह गरेको बीबीसीले जनाएको छ।
जेनेभास्थित डब्लूएचओको मुख्यालयमा अयोजित पात्रकार सम्मेलनमा पत्रकारको प्रश्नको उत्तर दिँदै टेड्रोसले अध्ययनअनुसार स्तनपान बच्चाका लागि हानिकारक नभएर फाइदाजनक भएको स्पष्ट पारे।
उनले भनेका छन्,‘ठला मानिसलाई भन्दा बच्चालाई कोभिड–१९ को खतरा कम हुन्छ। तर यस्ता कयौं रोग छन् जसले बच्चालाई हानी पुर्याउँछ तर स्तनपान त्यस्ता बिमारलाई रोक्नसक्छ। अध्ययनअनुसार पाइएका प्रमाणबाट हामी यो भन्न सक्छौ कि स्तनपानको फाइदा धेरै छ।’
डब्लूएचओका रिप्रोडक्डिभ हेल्थका सल्लाहकार डाक्टर अंशु बनर्जीले हालसम्म आमको दूधमा सक्रिय भाइरस नदेखिएको जानकारी दिए।

प्रकाशित मिति: जेष्ठ ३१ २०७७, शनिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend