Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

लकडाउन र अनलाइन शिक्षा

हाम्रो कोशी आवाज
जेष्ठ ३१ २०७७, शनिबार
लकडाउन र अनलाइन शिक्षा

अहिलेको लकडाउनको समयमा भने विश्वभरी नै सम्भव भएका स्कुल तथा क्याम्पसहरुले अनलाईन कक्षा सञ्चालन गर्दै आइरहेका छन् जसले कम्प्युटर र इन्टरनेटको महत्वलाई व्यापकता प्रदान गरेको छ । यसको प्रत्यक्ष रुपमा दुईवटा फाईदा रहेका छन्:
(१) यसबाट विद्यार्थी वर्गको समयको सदुपयोग
(२) यसको माध्यमबाट उपयोगी ज्ञानमा अभिबृद्धि
अहिलेको विषम परिस्थितिमा विद्यार्थीहरु घरमा थुनिएर बस्नुपर्ने अवस्थामा विभिन्न खालको मानसिक तनाव पैदा हुने सम्भावना रहन्छ तर अनलाइन कक्षाले गर्दा विद्यार्थीवर्गलाई व्यस्त राख्न मद्दत पुर्याउनुका साथै नकारात्मक समस्याको अन्त हुन्छ । अनलाईन कक्षाबाट समयको पनि सदुपयोग हुने र नयाँ नयाँ कुरा सिक्ने अवसर पनि पैदा हुन गई विद्यार्थी तथा अभिभावक वर्ग लाभान्वित पनि हुन गएको देखिन्छ ।
हामीले माथि नै थाहा पाइसकेका छौ कि अनलाइन कक्षा भन्ने वित्तिकै कम्प्युटर र इन्टरनेटको कुरा रहेछ जसको कारण धेरै विरोधको कुरा पनि सुन्नमा आउँछ । इन्टरनेटको अभाव, कम्प्युटरको अभाव जस्ता कुराहरुले गर्दा सबैको पहुँच पुग्न नसकेको तर हामीले के बुझ्नुपर्छ भने सुरुमा केही गाहे भने पक्कै हुन्छ तर यसले हामीलाई विस्तारै धेरै कुरा सिकाउँछ अनि अर्को कुरा समस्या छ भनेर हामी कम्प्युटरबाट भाग्न सक्ने स्थिति कदापी छैन । यदि ढिलो चाँडो प्रविधिमा आउनु नै छ भने अहिले नै आवश्यकता परेको बेलामा किन नआउने ? अनलाईन कक्षाको लागि धेरै सफ्टवेयरहरु बजारमा उपलब्ध छन्, केही सफ्टवेयरहरु निम्नानुसार छन् : (१) जुम (२) गुगल मिट (३) सिस्को (४) माइक्रोसफ्ट टीम (५) एडोब कनेक्ट (६) जोहो मिटीड (७) हाइ फाइभ (८) मिट फक्स (९) स्टार लिफ (१०) इजी मिटीड (११) इभेन्ट सेन्टर लगायत धेरै नै सफ्टवेयर रहेका छन् ।
नेपालमा विशेषगरी जुम, माइक्रोसफ्ट टीम, गुगल क्लासरुम अत्याधिक मात्रामा प्रयोग भएको पाइएको छ । अनलाईन कक्षामा विभिन्न समस्या देखिएको भएता पनि हामीले समस्या पन्छाउँदै अगाडी बढ्नुपर्ने अहिलेको आवश्यकता हो ।

प्रकाशित मिति: जेष्ठ ३१ २०७७, शनिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend