धरानः पक्षघात (प्यारालाइसिस) भएर दुवैखुट्टा नचल्ने बसन्त आलेमगरलाई ११ हजार ९९० बराबरको जिन्सी र २८ हजार २० रुपैयाँ नगद सहयोग दिइएको छ ।
६७ वर्षको वसन्त आलेमगरलाई बराहक्षेत्र प्रकाशपुर घर भई हाल हङकङमा बस्दै आएका मिना राई (मनु) बाट सो सहयोग उपलब्ध भएको कुरा धनराज बान्तवाले जानकारी दिए । मिनाबाट प्राप्त सहयोगलाई आइतबार स्थानीय समाजसेवी मोहन राईबाट हस्तान्तरण गरिएको छ ।
आलेमगर प्यारालाइसिस भएपछि हिँडडुल गर्न नसक्ने अवस्था आएपछि सहयोगको याचना गरिएको थियो । सो खबरपछि मिनाले चासो देखाएपछि करिब ४० हजार बराबरको नगद तथा जिन्सी उपलब्ध गराइएको हो । आलेमगर आर्थिक अवस्था कमजोर भएको र श्रीमती नभएको र दुई छोरा तथा एकजना छोरी छन ।
