Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

‘नयाँ नक्साको स्वागत गर्दछौं तर एमसिसी पारित नहोस्’

हाम्रो कोशी आवाज
असार ४ २०७७, बिहिबार
‘नयाँ नक्साको स्वागत गर्दछौं तर एमसिसी पारित नहोस्’

धरानः राष्ट्रिय जनमुक्ति पार्टीले एमसिसी पारित नगर्न माग गरेको छ ।
अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) संसदबाट पारित नगर्न दलहरूलाई खबरदारी पनि गरेको हो ।
‘नेपालको राष्ट्रिय हित र सार्वभौमसत्तालाई चुनौति दिने किसिमको शर्त एवं प्रावधान सहित आएको एमसीसी सार्वभौम संसद्ले अनुमोदन गर्नुहुँदैन’ जनमुक्ति अध्यक्ष केपी पालुङ्वाद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘यसबारेमा संसदमा भएका सबै दलहरूलाई खबरदारी र ध्यानकर्षण गर्न चाहन्छौं ।’
लिम्पियाधुरा सहितको नक्सा संसदबाट पारित हुनुलाई आफ्नो पार्टीले स्वागत गरेको पालुङ्वाले उल्लेख गरेका छन् ।

प्रकाशित मिति: असार ४ २०७७, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend