Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

पहिलोपल्ट अन्तर्राष्ट्रिय भर्चुअल कला प्रदर्शनी

हाम्रो कोशी आवाज
असार ७ २०७७, आइतबार
पहिलोपल्ट अन्तर्राष्ट्रिय भर्चुअल कला प्रदर्शनी

धरानः नेपाली समाजमा पहिलोपल्ट अन्तर्राष्ट्रिय भर्चुअल कला प्रदर्शनी सम्पन्न भएको छ । जसमा नेपाल, इरान, नेदरलैण्ड, अरमेनिया, फिलिपिन्स, भारत, सिङ्गापुर, अमेरिका, जर्मनी, नर्वे, हंगेरी, सेनेगल, लेबनान, ईजिप्ट, पोर्चुगल, बंगलादेश, मलेसिया, बुल्गेरिया, थाईलैण्ड, टर्की र दुबईका कलाकारहरुको संयुक्त कला राखिएको छ ।
नेपालका तर्फबाट कलाकार एवम कला समीक्षक तीर्थ निरौलाको इभिल सिचुएसन चित्र राखिएको छ भने कलाकार सरिता डङ्गोल, असोकमान सिंह, राजन पन्त, रोशन प्रधान, सौरगङ्गा दर्शनधारी, प्रमिला बज्राचार्य, सङ्गी श्रेष्ठ, नर्मता सिंह, सम्झनाराज भण्डारी, सत्यशिला, पृथ्वीनारायण श्रेष्ठ लगायतका कलाकारहरूको प्रभावीला आधुनिक शैलीका सुन्दर चित्रहरू राखिएका छन् ।
सो भर्चुअल अर्थात् अनलाइन कला प्रदर्शनीको आयोजना क्लासिक ग्यालरीले गरेको हो । आजको विषम परिस्थितिका बाबजुद यस किसिमको अनलाइन कला प्रदर्शनी गर्नुपरेको ग्यालरीकी सञ्चालिका, क्युरेटर एवं कलाकार सरिता डङ्गोलले बताइन् ।
भर्चुअल कला प्रदर्शनीद्वारा विभिन्न देशका कलाकारहरूको कलाकृतिलाई एउटै प्लेटफर्ममा राखेर कलामार्फत् विविध देशको संस्कार, संस्कृति र मान्यतालाई बुझ्ने र बुझाउने पनि यो प्रदशनीको लक्ष रहेको उनी बताउँछिन् ।
यस प्रर्दशनीको सन्दर्भमा कलाकार तीर्थ निरौला भन्छन्, ‘नेपालको सन्दर्भमा कला प्रर्दशनीको यो बाटो वा माध्यम नौलो भएतापनि अन्तर्राष्ट्रिय जगतमा यो नौलो होइन । चलिआएको प्रचलनमा पर्दछ । अनलाइनबाट घरमै बसेर समाजका यावत गतिविधीमा सहभागी हुन सकिन्छ । आफूलाई बाहिरी संसारमा उपस्थित गर्न गराउन, खरिद–बिक्री गर्न गराउन, अध्ययन अध्ययपन गर्न गराउन, सिर्जनाहरू हेर्न हेराउन आदि इत्यादि हरेक सामजिक गतिविधीहरू गर्न सकिन्छ । जसलाई भर्चुअल वा अनलाइन माध्यम भनिन्छ ।’
समसायिक घटनाक्रमले होस् वा २१ औं शताव्दीको आधुनिक समाजको विकसित कारणले होस् नेपालमा पनि भर्चुअल वा अनलाइन कला प्रदर्शनी हुने क्रम शुरु भएको सह्रानीय र प्रशंसनीय छ । यधपी ग्यालरीमा पुगेर प्रत्यक्षत सिर्जना हेर्नुको आनन्दजस्तो आनन्द यस प्रक्रियाबाट मिल्न सक्दैन । तरपनि संक्रमणको जोखिमको अवस्थामा कला रसस्वादन गर्ने चहानालाई यस्तो प्रदर्शनीले केही हदसम्म पूरा गर्न भने सक्ने निरौला बताउँछन् । सो प्रदर्शनी क्लासिक ग्यालरीको आधिकारिक युटुब च्यानल वा ग्यालरीको पेजमा गएर हेर्न सकिन्छ ।
हेरौं भिडियोः

प्रकाशित मिति: असार ७ २०७७, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend