धरानः नेपालमा आइतबार ५३५ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आइतबार ५३५ जना संक्रमित थपिएका नियमित प्रेस ब्रिफिङका क्रममा जानकारी दिए । उनीहरु मध्ये ४६१ जना पुरुष र ७४जना महिला छन् । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ९५६१ पुगेको छ ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले २२ वटा प्रयोगशालामा पछिल्लो २४ घण्टामा पीसीआर ६ हजार १ सय ९८ परीक्षण भएको बताए । उनले क्वारेन्टिनमा ९० हजार ७ सय ३०, आइसोलेसनमा ७ हजार ७ सय ८९ र डिस्चार्ज हुनेमा ३ सय ७० जनासहित आजसम्म २ हजार १ सय ४२ जना डिस्चार्ज भएको बताए ।
नेपालमा सोमबार थप ५३५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । तीमध्ये ७४ जना महिला र ४६१ जना पुरुष छन् ।
मन्त्रालयका अनुसार मोरङमा १२, झापामा ३, सप्तरीमा १५, दाङमा १३, धनुषामा १०, महोत्तरीमा १, अछाममा २, अर्घाखाँचीमा ९, बैतडीमा १४, डढेल्धुरामा १५, डोटीमा ७, गुल्मीमा १५, जाजरकोटमा १ जना संक्रमित थपिएका छन् ।
यस्तै कैलालीमा ५८, नवलपरासीमा २९, सर्लाहीमा ४७, सिन्धुपाल्चोकमा २, सिराहामा २३, स्याङजामा ३२, पाल्पामा ९०, प्युठानमा ३०, रौतहटमा ३४, रुपन्देहीमा १२, चितवनमा ५, ओखलढुङगामा १, गुल्मीमा ४१, स्याङजामा १ र तनहुँमा ११ जना संक्रमित थपिएका हुन् ।
विश्व स्वास्थ्य संगठन भन्छ–नियम पालना गरौं
उता विश्व स्वास्थ्य संगठनको नेपालस्थित कार्यालयले कोभिड १९ को महामारी कायमै रहेकाले पर्याप्त सर्तकता अपनाउन सार्वजनिक रुपमा अपिल गरेको छ ।
विश्व स्वास्थ्य संगठनका प्रमुख डाक्टर जोस भ्यान्डेलरले नेपाल सरकारले लडकडाउन खुकुलो बनाएपनि कोभिड १९ को महामारी टरिनसकेकाले आवश्यक सर्तकता अपनाउन सबैलाई अपिल गरेका हुन् ।
लकडाउन खुकुलो बनाएसँगै सर्वसाधरणको क्रियाकलाप बढ्दै गएको, कार्यालय सञ्चालन भएको तथा एक आपसमा भेटघाट लगायत बढेको भन्दै उनले त्यस क्रममा सबैले आ–आफ्नो तर्फबाट थप सर्तक हुनु जरुरी रहेको बताए । उनले मानिसहरुको भीडभाडमा नजाने, जानै परे दूरी कायम गर्ने, मास्क लगाउने तथा बेला बेलामा साबुन पानीले हात धुन पनि आग्रह गरे ।