Hamro Koshi Aawaj

बिहिबार, असोज १ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

युवा लक्षित कृषि उद्यमशीलता कार्यक्रम ल्याऔं

हाम्रो कोशी आवाज
असार ९ २०७७, मंगलबार
युवा लक्षित कृषि उद्यमशीलता कार्यक्रम ल्याऔं

कोरोना भाइरसबाट सर्ने कोभिड–१९ को बढ्दो संक्रमणका कारण विगत पाँच महिना देखि पुरै विश्व आक्रान्त छ । यसको संक्रमणले विश्वभर महामारीको रुप लिएको र लाखौंको ज्यान गइसकेको छ ।
नेपाल कृषि प्रधान देश हो भनिन्छ तर खाद्यान्नमा दिन प्रतिदिन परनिर्भरता बढदो छ । तर विडम्बना त के पनि छ भने उत्पादन गरिए पनि किसानहरुले बजार नपाएका घटनाहरु पनि दिनहुँ दोहोरिइरहेका छन् । किसानहरुले बारीमा उत्पादन गरेका तरकारी, फलफूल तथा अन्य उपभोग्य सामानहरुले बजार नपाउदा बारीमा नै कुहिएका समाचारहरु दिनदिनै आइरहेका छन् । त्यस्तै किसानहरुले उत्पादन लागत पनि नउठ्ने मूल्य र समयमै बजार पु¥याउन नसक्दा बारीमा नै कुहिने अवस्था त रहेको छ । यसका साथै कतिपय किसानहरुले डोजर लगाएको र मल बनाउने गरेका छन् । जबकि अर्को तर्फ उपभोक्ताहरुले यिनै वस्तुहरु सुपथ मूल्य र सहज रुपमा पाइरहेका छैनन् । यस्तो परिस्थितिमा सरकारको ध्यान जानु नितान्त आवश्यक देखिन्छ नै तर ध्यानसँगै किसानले बजार कसरी पाउन सक्छन्, त्यसको प्रबन्ध पनि गर्नु पर्नेछ ।
कतिपयका लागि कृषिबाट भाग्न चाहँदा चाहँदै पनि पनि नसकिने पेशा बन्न पुगेको छ । कतिपयका लागि कृषिकर्ममा चाहना र लगाव हुँदाहुँदै पनि निर्वाहमुखी खेतीले जीविका धान्न असहज भएपछि कामको सिलसिलामा विदेशिनु परेको छ । कतिपय मानिसहरु विदेशबाट नेपाल फर्किएपछि व्यवस्थित कृषिमा लागेका उदाहरणहरु पनि छन् । कोरोनाका कारण अहिले पनि कतिपय विदेशिएका युवाहरु गाउँ फर्केका छन् कतिपय फकर्ने तरखरमा छन् । त्यस्तै रोजगारी खोसिएका र फर्किएका युवाहरुलाई कृषि क्षेत्रमा नै काम गर्ने वातावरण बनाउन सक्दा, एक हदसम्म वैकल्पिक र भरपर्दो रोजगारी सिर्जना गर्न सकिने छ । वैकल्पिक रोजगारीका उपाय अवलम्बन नगरिँदा राज्यका सामु कहालीलाग्दो अवस्था उत्पन्न हुन सक्छ ।
कतिपय विदेशबाट युवा फर्किरहेका छन् । यसरी लामो समयपछि गाउँ फर्केका यी युवा यतिखेर भने आफ्ना खेताबारीमा रमाउँदैछन् ।
अध्ययन, रोजगारी, व्यवसाय वा अन्य अवसरको खोजीमा गाउँ छोडेर शहर वा परदेश पुगेका उनीहरु अहिले गाउँ पुगेर आफ्ना बाँझिएका जमिन र खोरियाखर्कमा परिश्रम गरिरहेका भेटिन्छन् । उनीहरुले अहिले मौलिक कृषि प्रणालीबाटै खेती सुरु गरिरहेका छन् ।
खोरिया र बाँझो रहेका जमिनमा अहिले शहर तथा विदेशबाट गाउँ आएका युवाले धमाधम केरा, फलफूल र तरकारी लगाएका छन् । कतिपय ठाउँमा वर्षौंदेखि बाँझिएर रहेका खोतीयोग्य जमिनमा अहिले मकै रोपेर लहलाउँदो भएका छन् । कृषि कर्ममा लागेका अधिकांश युवाले मौलिक कृषि प्रणालीलाई अवलम्बन गरेका छन् । मिनिटेलरलगायतका आधुनिक कृषि उपकरणको पहुँच भएका ठाउँहरुमा पनि गोरु नारेर हलो जोत्ने गरेको देखिन्छ । रैथाने सीप र प्रविधिको प्रयोग गरी कृषिकार्यमा मानिस लागेको देखिन्छ । यसरी कृषि कर्ममा लागेका युवाले अवसरलाई चिन्नसकेमा अहिले भइरहेको हाम्रो खाद्यान्नको परनिर्भरतालाई न्यूनीकरण गर्न सकिन्छ ।
नेपाल सरकारको तथ्यांकले चालू आर्थिक वर्षको आठ महिनामै २० अर्ब भन्दामाथिको खाद्यान्न आयात गरेको देखाउँछ । गत १० वर्षको तथ्यांकलाई हेर्दा यो पाँचगुणाले बढेको छ । हरेक वर्ष खाद्यवस्तुको आयात बढ्दो छ । आयातलाई कम गर्न र कृषिमा आत्मनिर्भर बन्न लाखौँको संख्यामा विदेशिएको युवा जनशक्तिलाई कृषिमा लगाउन आवश्यक भएको कृषि विज्ञको भनाइ छ ।
हाम्रा कृषि अनुसन्धान केन्द्र, विश्वविद्यालय र स्थानीय ज्ञान र प्रविधिबीच कार्यगत एकता हुनु आवश्यक छ । सरकारले खेतीयोग्य जमीनलाई बस्ती विस्तारका लागि खण्डीकरणमा रोक लगाउनुपर्छ र कोभिड–१९ का कारण विदेश जान नपाएका युवालाई प्रधानमन्त्री रोजगार कार्यक्रममा संलग्न गराउनेभन्दा कृषिसँग जोड्न आवश्यक छ । किसानलाई आफू किसान भएकामा गर्व गर्नसक्ने सामाजिक वातावरण सरकारले बनाउन सक्नुपर्ने र यसो गर्नसके विश्व महामारीका रुपमा रहेको कोभिड–१९ का कारण खाद्य आपूर्तिमा आउनसक्ने संकट देशका लागि नयाँ अवसर हुन सक्नेछ । अहिले युवा अर्धसीपमूलक र सीपविनाको काममा छन् । विनासीप विदेशमा काममा रहेकाको कमाइ पनि त्यति राम्रो छैन । त्यसैले यतिखेर घरैमा आएका र अब आउने सम्भावनासमेत रहेका युवालाई लक्षित गरेर सरकारले कृषि उद्यमशीलताको विकासका कार्यक्रम ल्याउनु उचित हुनेछ ।

प्रकाशित मिति: असार ९ २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्

  • लोभ, अहंकार र प्रतिशोध: सामाजिक तथा संस्थागत विनाशका कारण

    -तोमनाथ उप्रेती मानव समाजको विकासलाई स्थिर, न्यायपूर्ण र विश्वसनीय बनाउने आधार नैतिक मूल्य, सामाजिक विश्वास र जिम्मेवार व्यवहार हुन्। जब व्यक्तिको सोच र व्यवहारमा लोभ,...

    • ३ दिन अगाडी
    • ७ मिनेट पाठ
  • धरानलाई नठगिने बजार बनाउन सकिन्छ !

    बेदप्रसाद सापकोटा, धरान उपमहानगरपालिका बजारलाई गुणस्तरीय, स्वच्छ, पारदर्शी र उपभोक्तामुखी बनाउन व्यवस्थित बजार अनुगमन अपरिहार्य छ । व्यवसायीलाई व्यावसायिक मर्यादा र कानुनको परिधिभित्र राख्न तथा...

    • ४ दिन अगाडी
    • ६ मिनेट पाठ
  • ग्याँस नपाउँदा कोठाभाडामा बस्ने भोकै !

    अहिले सबै नागरिकको गुनासो एउटै छ–ग्याँस पाइएन । ग्याँस नपाउँदा डेरामा बस्ने झनै समस्यामा परेका छन् । सरकारले २१ सय ६५ रुपैयाँ तोकेको ग्याँस...

    • ५ दिन अगाडी
    • ७ मिनेट पाठ
  • लोककल्याणकारी विज्ञापन कटौटीः छापा पत्रकारिता संकटमा

    सरकारले लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने निर्णय गरेपछि नेपाली छापा पत्रकारिता फेरि एकपटक गम्भीर संकटको मोडमा पुगेको छ । सरकारका लागि यो बजेट व्यवस्थापन,...

    • ५ दिन अगाडी
    • १२ मिनेट पाठ
  • झापातर्फ: जहाँ धरतीले हरियालीमा इतिहास लेख्छ

    -तोमनाथ उप्रेती पूर्वको क्षितिजतर्फ जाने यात्राहरूमा एउटा अनौठो आकर्षण हुन्छ। सूर्य त्यतैबाट उदाउँछ। उज्यालो पनि त्यतैबाट आउँछ। त्यसैले पूर्वको यात्रा सम्भावनातर्फको यात्रा पनि हुन्छ। यही...

    • ७ दिन अगाडी
    • १८ मिनेट पाठ
  • भोटेकोशी महाप्रलय बित्यासः अब पाठ सिकौं

    पछिल्लो समय बजारमा व्यापक चर्चा छ–काठमाडौं उपत्यका छिट्टै भासिन्छ । चिया पसलदेखि सार्वजनिक स्थलसम्म यही कुरा भइरहेको सुनिन्छ । यद्यपि, यो सत्य हो या...

    • १ हप्ता अगाडी
    • ६ मिनेट पाठ

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend