Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

फैलिँदै कोरोना

हाम्रो कोशी आवाज
असार ९ २०७७, मंगलबार
फैलिँदै कोरोना

काठमाडौंः मंगलवार थप ५ सय ३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले ५ सय ३८ लाई संक्रमण देखिएको जानकारी दिए ।
विभिन्न अस्पतालका ल्याबमा गरिएको पीसीआर परीक्षणमा उनीहरुलाई संक्रमण देखिएको हो । हालसम्म नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १० हजार ९९ पुगेको छ ।
उनीहरु मध्ये ४४८ जना पुरुष र ९० जना महिला महिला छन् । कोरोना संक्रमण निको भएर डिस्चार्ज हुनेको संख्या २२२४ रहेको छ । त्यसमा १८९ महिला र २०३५ पुरुष छन् । गत चौबिस घण्टामा मात्रै ८ महिला र ६८ पुरुष गरी ७६ जना डिस्चार्ज भएका हुन् ।
नेपालमा कोरोना भाइरस संक्रमित फेला परेका जिल्लाहरुको संख्या ७६ छ । बागमती प्रदेशको रसुवा बाहेकका सबै जिल्लामा कोरोना संक्रमण फैलिएको छ । दैलेखका एक पुरुषको मृत्यु भएसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २४ पुगेको छ ।
संक्रमित कहाँका ?
संक्रमितमध्ये पदेश १ का झापा, मोरङ, सुनसरी, तेह्रथुमलगायतका छन् । सुनसरीका सुनसरीका ३ जना, झापाका १२ जना, मोरङका २ जना, तेह्रथुमका २ जना छन् । यस्तै, सप्तरीका २२, महोत्तरीका १२ जना, अर्घाखाँचीका २ जना, बाग्लुङका ६ जना, बझाङका २२ जना, बाजुराका २० जना, डडेलधुराका ४ जना, धादिङका १८ जना, गोरखाका २९ जना छन् ।
यस्तै, गुल्मीका ५ जना, कैलालीका ३८ जना, कञ्चनपुरका १७ जना, कास्कीका ८ जना, नवलपरासी पूर्वका २२ जना, पर्वतका २२ जना, प्युठानका ५० जना, रौटहटका १३ जना, रुपन्देहीका ३ जना, सर्लाहीका २ जना , सिरहाका ७ जना, स्याङजाका २२ जना, तनहुँका ८ जना, धनुषाका ३९ जना, बाग्लुङका ८ जना, लमजुङका ५ जना, पाल्पाका ४८ जना, दाङका १९ जना, सल्यानका ४ जना, सुर्खेतका २३ जना, दैलेखका ३५ जना, हुम्लाका १ जना, कालिकोटका १ जना र अछामका ७ जना रहेका छन् ।

प्रकाशित मिति: असार ९ २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend