धरानः धरान–१६ अन्नपूर्ण चोक निवासी निवा सुुब्बा सानैदेखि प्रतिभावान हन् । ७ वर्षमै गीत गाएर ९ वर्षको उमेरमा पुग्दा उनले पूर्वाञ्चलस्तरीय प्रतियोगिताममा जितेपछि झनै चर्चा चुलियो नै । उनले ९ वर्षमै गीत गाएर मख्ख मात्रै पारेकी थिइनन् उपाधि पनि जितेकी थिइन् ।
उनले कक्षा–४ मा हुँदा उनले प्रतियोगितामा भाग लिएकी थिइन् । त्यतिबेला जल्दोबन्दो ‘पूर्वाञ्चल प्रतिक २०६८’ कार्यक्रम चलिरहेको थियो । उनको दमदार स्वर र प्रस्तुतिले उपाधि हुत्यायो । १८ वर्षमुनिका अधिकांश प्रतियोगीलाई उछिन्दै उनी उपाधि बिजेता बनेकी थिइन् ।
उपाधि जितिसकेपछि उनले बाल एल्वम निकालिन् । एल्वम ‘फुल्दैछन् फूलहरू’ निकालेपछि उनको चर्चा अझै चुलियो पनि । ‘उपाधि जितेपछि आयोजकले एल्वम निकाल्ने भनेको थियो, सोही अनुसार एल्वम निकालिएको हो ।’ उनले भनिन् ।
उनले धरानस्थित सुरसाज संगीतालयमा दुई वर्षको कोर्ष लिएकी छिन् । बाबु भरत र आमा शशी सुब्बाकी छोरी उनी शुरुमा कक्षाद्द५ सम्म धरानस्थित सिदार्थ शिशु सदनमा पढिन् । धरान–१८ स्थित दिल्ली पब्लिक स्कुलबाट कक्षा १२ (विज्ञान सङ्काय) सकेकी उनी पढाइका कारणले सङ्गीत कक्षालाई स्थगित गरेको सुनाउँछिन् । उसो त उनले गीत समेत रेकर्ड गराइसकेकी छिन् । ‘सुरसाज सङ्गीत विद्यालयबाट गु्रप एल्वमका लागि कृपा दृश्य डिजिटल रेकर्डिङ स्टुडियोमा गीत रेकर्ड भइसकेको छ । रिलिज हुन मात्रै बाँकी छ ।’ उनले भनिन् ।
उनी जुनसुकै फिल्डमा काम गरेपनि म्युजिक छोड्दिन भन्छिन् । ‘भविष्यमा म मेडिकल क्षेत्रमा प्रवेश गर्न चाहन्छु’, उनले भनिन्, ‘गीत सङ्गीतलाई पनि सँगै अगाडि लान्छु ।’




































