Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

दिनहुँ बढ्दै संक्रमित

हाम्रो कोशी आवाज
असार १४ २०७७, आइतबार
दिनहुँ बढ्दै संक्रमित

काठमाडौंः नेपालमा पछिल्लो २४ घण्टामा ४६३ जनामा कोरोना संक्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित प्रेस बिफ्रिङमा उक्त संख्यामा नयाँ संक्रमित देखिएको जनाएको हो । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा १०५ जना महिला र ३५८ जना पुरुष छन् ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १२ हजार ७ सय ७२ पुगेको छ । पछिल्लो २४ घण्टामा १७९ जना डिस्चार्ज भइ घर फर्किएका छन् । हालसम्म डिस्चार्ज हुनेहरुको संख्या ३ हजार १३ पुगेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका डाक्टर गौतमले विगत २४ घण्टामा २० वटा प्रयोगशालामा चार हजार नौ सय ६२ जनाको पिसिआर विधिबाट परीक्षण गरिएको जानकारी दिए ।
शनिबारसम्म १२ हजार तीन सय ९ जनामा संक्रमण देखिएको थियो । यो संख्या बढेर आइतबार १२ हजार सात सय ७२ पुगेको हो । अहिलेसम्म तीन हजार १३ जना कोरोना निको भएर घर फर्किएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
उनले मोरङ, झापा, उदयपुर, इलाम, सुनसरी, धनुषा, महोत्तरी, दार्जुला, गोरखा, खोटाङ, रौतहट, सर्लाही, सिन्धुपाल्चोक, गुल्मी, धादिङ, ललितपुर, बाजुरा, कास्की, नवलपुर, बागलुङ, सल्यान, लमजुङ, म्याग्दी, कपिलबस्तु, पाल्पा, प्युठान, दाङ, रोल्पा, रुकुम पश्चिमलगायतका जिल्लामा गरी थप ४६३ जनामा कोरोना संक्रमण पुष्टि भएको बताए ।
संक्रमित हुनेमा मोरङका १७ जना, उदयपुरका ६ जना, खोटाङका ४ जना, झापाका २ जना, इलामका १ जना, सुनसरीका १ जना, धनुषाका १० जना, महोत्तरीका ५६ जना, डडेलधुराका १ जना, अर्घाखाँचीका ६ जना, दार्चुलाका १ जना, दोलखाका २ जना, गोरखाका १ जना, गुल्मीका ३८ जना, रौतहटका १७ जना , सर्लाहीका १ जना, सिन्धुलीका १ जना, कपिलवस्तुका ८ जना, धादिङका १ जना, ललितपुरका १ जना, बाजुराका ९५ जना, कास्कीका ५ जना, नवलपरासी पूर्वका ३१ जना, बागलुङका २९ जना, पर्वतका २ जना, सल्यानका २ जना, तनहुँका ६ जना, लमजुङका १ जना, म्याग्दीका २ जना, पाल्पाका २ जना, प्यूठानका ३५ जना, रुपन्देहीका १२ जना, दाङका ३४ जना, रोल्पाका १ जना, रुकुम पश्चिमका १ जना, कैलालीका १७ जनाा र डोटीका १३ जना रहेका छन् ।

प्रकाशित मिति: असार १४ २०७७, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend