Hamro Koshi Aawaj

सोमबार, असोज ५ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

प्रदेश १ मै पनि कुरा उठ्यो

हाम्रो कोशी आवाज
असार १५ २०७७, सोमबार
प्रदेश १ मै पनि कुरा उठ्यो

विराटनगरः प्रदेश १ की सांसद उषाकला राईले तीनपानेलाई ब्राण्ड बनाएर विदेशी रक्सीलाई ब्याण्ड गर्नुपर्ने बताएकी छिन् ।
उनले शुद्ध कोदोको रक्सीलाई ब्याण्ड नगरी ब्राण्ड गर्नुपर्ने बताइन् । प्रदेश सभाको बजेट अधिवेशनको सोमबारको बैठकमा विनियोजन विधेयकमाथि छलफल गर्दै सांसद राईले घरेलु रक्सीलाई सरकारले ब्याण्ड गर्नुपर्ने बताइन् । ‘नेपाली शुद्ध कोदो र जडीबुटीयुक्त घरेलु रक्सीहरू औषधि पनि भएकाले त्यसलाई ब्रान्ड बनाउन सके विदेशमा माग उच्च हुन्छ’, उनले भनिन् ।
सांसद राईले प्रतिबन्धित गाँजा खेतीलाई पनि फकुवा गर्न माग गरिन् । उनले गाँजा खेती फुकुवा गरेर विदेशमा निर्यात गर्न सकिने बताएकी छिन् । ‘घरेलु मदिरा आदिबासी दिदी बहिनीहरूले उत्पादन गरेपनि त्यसबाट सबैले फाइदा लिन सकिन्छ’, उनले भनिन् ।
यसअघि धरानमा ‘तीनपाने रक्सी’ लाई ब्रान्डिङ र कालो बङगुरलाई व्यवसायिकरणमा जोडिने नीति तथा कार्यक्रम नै सार्वजनिक भइसकेको छ । आव ०७७–७८ को नीति कार्यक्रममा ‘तीनपाने रक्सी’ लाई ब्रान्डिङको व्यवस्था गरिने जनाइएको छ । नीति तथा बजेट तर्जुमा समितिकी संयोजक समेत रहेकी उपप्रमुख मञ्जु भण्डारी सुवेदीले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा सो कुरा जनाइएको छ ।
नीति तथा कार्यक्रममा भनिएको छ, ‘आदिवासी जनजातिहरूको पुस्तैनीकला र संस्कृतिको रूपमा रुपान्तरण हुँदै आएको ‘तीनपाने रक्सी’ लाई पहिचान र प्रवद्र्धन गर्न आवश्यक नीति निर्माण गरी व्यवसायीकरण गर्ने कार्यक्रम लागू गरिनेछ । यसको लागि सरोकाराला पक्षहरूसँग समन्वय गरी प्रशोधन र ब्राण्डिङ समेत गरिनेछ ।’

प्रकाशित मिति: असार १५ २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend