Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

प्रदेश १ मा १२ जना संक्रमित थपिए

हाम्रो कोशी आवाज
असार १६ २०७७, मंगलबार
प्रदेश १ मा १२ जना संक्रमित थपिए

धरानः नेपालमा पछिल्लो २४ घण्टामा थप ३१६ जनामा कोरोना पुष्टि भएको छ ।
मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले थप ३१६ जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको बताए ।
संक्रमण पुष्टि हुनेमा ७१ महिला २४५ पुरुष रहेका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १३ हजार ५६४ पुगेको छ ।
डिस्चार्ज हुनेमा २७७ महिला २ हजार ९१७ र पुरुष रहेका छन् । योसँगै नेपालमा उपचारपछि घर फर्कनेको संख्या ३ हजार १९४ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ४ हजार ७११ जना को आरटीपीसीआर परीक्षण गरिएको थियो ।
संक्रमितमध्ये प्रदेश १ का १२ जना छन् । सुनसरीका २ सहित झापाका ५, उदयपुरका २ र संखुवासभाका ३ जना संक्रमित छन् । यस्तै, सप्तरीका २५, सिरहाका १०, धनुषाका ३, रौटहटका ७, महोत्तरीका २९, अछामका २७, बाजुराका ५१, काठमाडौंका १२, स्याङ्जाका ४, गुल्मीका १, सिन्धुपाल्चोकका २, गोरखाका १, सर्लाहीका ८, भक्तपुरका १, बागलुङका १, डडेलधुराका ३, ललितपुरका १, अछामका १, बैतडीका ४, डोटीका १५, म्याग्दीका १, कास्कीका ९, लमजुङका ३, तनहुँका ६, अर्घाखाँचीका ७, पाल्पाका १८, सल्यानका २, दाङका २१, रुकुम पश्चिमका ८, बाँकेका १, दैलेखका ३, डोटी १५ र कैलालीका ५ जना रहेका छन् ।

प्रकाशित मिति: असार १६ २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend